Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग

प्रभातफेरी अनलाइन ५५४ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १५, मंगलबार (१ साल अघि)
संस्कृतिपरक निबन्धका प्रयोगकर्ता र व्यवहारपरक तेजेश्वर ग्वंग

उमेरको उकालो लागेर ८८ नाघिसक्नुभएका तेजेश्वरबाबु ग्वंगले अहिलेसम्म पनि जाँगर चलाउनुभई उहाँकहाँ आउनुहुने आगन्तुकहरुलाई स–सम्मान स्वागत गर्ने गर्नुहुन्छ । निकै जाँगरिला, फुर्तिला, मिलनसार व्यक्ति पनि उमेरको हदबन्दीमा पुगेपछि ऊर्जा स्खलन हुँदै जाँदो रहेछ । यस्तै देखियो तेजेश्वर ग्वंगः पनि । निकै फरासिला, ज्ञानगुनले सम्पन्न उहाँ सुस्त–सुस्त पो देखियो । यही २०८१ जेठ ४ गते राममणि ढुङ्गेल र जितेन्द्र रसिकसँग भएर जनमत मासिकको भक्तपुर अङ्कका लागि अन्तार्वार्ता लिने क्रममा तेजेश्वरदाईको ‘निष्ठा छेँ’ मा हामी पुग्दा उहाँको ऊर्जा स्खलन हुँदै गएको शारीरिक स्थिति मनमा राख्न वाध्य भएँ । हामी उहाँकहाँ कोठामा पुग्दा कोही थिएनन्, एकजना नातिको सहारामा हातमा लठ्ठी बोकेर हामी बसेको कोठामा आई पुग्नुभयो । मलाई आत्मियढङ्गको माया पोखेर ‘के छ मोहनजी’ भनि प्रश्न तेस्र्याउनु भयो । बस्नै पाएको थिइनँ; स्याउ, बर्फि, दही ल्याई दिए घरका सहयोगीहरुले । जुजुधौसँग बर्फि र स्याउ मीठो मानेर हामीले खायौं ।
लेखक तथा साहित्यकारहरु आफ्ना कृतिहरु अरुलाई बाँड्न, पु¥याउन पाउँदा गौरव गर्ने गर्छन् । तेजेश्वरदाईले पनि भर्खरै २०८० मा प्रकाशित आफ्नो नयाँ निबन्धसङ्ग्रह ‘संस्कृतिका आयाम’ हातमा लिनुभयो र “मान्यवर मित्रवर भाजु मोहन दुवालज्यूप्रति सादर समर्पण” लेख्नुभई मलाई उपहारस्वरुप दिनुभयो । मैले पनि मेरा केही पुस्तकहरु र जनमत मासिकका केही अङ्कहरु उहाँलाई उपहारस्वरुप प्रदान गर्न पाएँ ।


भक्तपुरका एकजना विशिष्ट लेखक तेजेश्वरबाबु ग्वंगःसँग आज उहाँकै निवासघरमा पुगेर भेट गर्न पाउँदा ज्यादै खुसी लाग्यो । विक्रम सम्वत् १९९२ कात्तिक कृष्णद्वादशी, खौमा, भक्तपुरमा जन्मिनुभएका तेजेश्वरबाबु ग्वंगः संस्कृतिविज्ञ तथा विशिष्ट निबन्धकार लेखकका रुपमा विख्यात हुनुहुन्छ । उहाँका निबन्ध तथा लेख–रचनामा संस्कृति–चेतना मात्र लुकेको हुँदैन जीवनसँग गाँसिएका संस्कृतिका मर्महरु पनि लुकेको हुन्छ । संस्कृति–वोधले उहाँका निबन्धहरु ओतप्रोत भएका हुन्छन् । हाल उहाँ सूर्यविनायक नपास्थित ‘निष्ठा छेँ’ मा बसोबास गर्नुहुन्छ । उहाँको निवासघरमा नेपालका धेरैजसो विशिष्ट लेखकहरु पुगिसकेका छन् । घरमा आउनुहुनेहरुलाई सत्कार गर्न पनि उहाँ निपुण हुनुहुन्छ । यसैले पनि उहाँ सबैका लागि प्रिय विशिष्ट स्रष्टाका रुपमा पूजनीय हुनुहुन्छ । धु्रवेश्वरी कायस्थकै साथ पाएर उहाँ आफ्नो यात्रामा ऊर्जाशील रहँदै आउनुभएको छ । थोरैमात्र पुस्तक प्रकाशित भएजस्तो देखिएतापनि उहाँका प्रकाशित पुस्तकहरुमा छापिएका लेख–रचनाहरुको आधारमा उहाँ स्थापित÷सम्मानित स्रष्टाका रुपमा चिरपरिचित हुनुहुन्छ । उहाँका प्रकाशित कृतिहरुमा (१) संस्कृतिका आयाम (निबन्ध–२०५२), (२) संस्कृतिया पलं (नेपालभाषा निबन्धसङ्ग्रह–ने.सं. १११०), (३) अवकाशपछिको आकाश (निबन्ध–२०६७) ४) चराको गुँडझैं जन्मस्थल मेरो भक्तपुर (कविता–२०७३), ५) औकातभरिको सौगात (२०७३), (६) रङ्ग अभियान (निबन्ध–२०७४), (७) संस्कृतिका आयाम (निबन्ध–२०८०) छन् ।
‘पर्यावरण अनुकूल जीवनको परिवेश बनाउने संस्कारको संरचनाका संचेतना’ का रुपमा साहित्यको परिभाषा लेख्न रुचाउनुहुने उहाँले ‘आस्था र विश्वाससाथ सकारात्मक गति’ भनेर जीवनप्रति दृष्टि लेख्नुभएको छ । (अक्षरभित्रः स्रष्टाहरु, पृष्ठः १७४) ‘पठनपाठन र चिन्तन’ नै अम्मल सम्झिनुहुने तेजेश्वरबाबु ग्वंगःले सातदशकदेखि नै ‘अक्षर’ प्रति आफूलाई समर्पित तुल्याउनुभएको देखिन्छ । ३४ वर्षसम्म नै सरकारी सेवामा सङ्लग्न रहनुभई राष्ट्रसेवकका रुपमा पनि आफूलाई समर्पित तुल्याइसक्नुभएका उहाँले ६८ जिल्लामा आफूलाई पु¥याइसक्नुभएको देखिन्छ । लेखन, चिन्तन र मनन नै जीवनको प्रमुख लय बनाउन सफल ग्वंगःले शिक्षणसेवाको क्रममा, जागिरे जीवनकै सन्दर्भमा, अमेरिका पढ्न जाँदाताकाको अनुभवमा थुप्रै खालका ज्ञान हासिल गर्नुभई आफूलाई समर्थवान् तुल्याउनुभएको देखिन्छ ।
नेपालभाषा, नेपाली भाषा र अंग्रेजीभाषामा लेख्न र बोल्न सक्षम संस्कृतिविद्, निबन्धकार, कवि, साहित्यिक अभियन्ताका रुपमा प्रख्यात तुल्याइसक्नुभएका तेजेश्वरबाबु ग्वंगःज्यूले आफ्ना लेख–रचनाहरुमार्फत् आफूलाई बिम्बात्मक ढङ्गमा सफल निबन्धकारका रुपमा आफ्नो बिम्ब देखाइसक्नुभएको छ । भक्तपुरका गौरवशाली लेखकका रुपमा चिरपरिचित ग्वंगज्यूले सांस्कृतिक लेख–रचनामा, इतिहासका पानाहरुमा र निबन्धका गर्त–गर्तमा प्रभावशाली ढङ्गले आफूलाई प्रस्तुत गर्नुभएको छ । ९० वर्ष पुग्न लागिसक्नुभयो उहाँ तर थाक्नुभएको छैन । भेट्न आउनुहुने, अन्तर्वार्ता लिन आउनुहुने, लेख–रचना माग्न आउनुहुनेहरुलाई त्यसै फर्काईदिएको देखिंदैन । आधापृष्ठ भए पनि केही न केही लेखिरहनुहुन्छ । चेहरामा ‘तेज’ घटेको देखिंदैन । आफूले बुझेका र भन्नुपर्ने कुराहरुलाई सम्झी–सम्झी भन्नुहुन्छ । यस्तै चेतना र गौरवकै व्यक्तित्व रहिरहनुभएको छ ः तेजेश्वरबाबु ग्वंगः ।
‘निष्ठाछेँ’ का सर्जक । निष्ठा कायम गरेर बाँचिरहन जानुभएका अक्षरकर्मी तेजेश्वरबाबु ग्वंगः संस्कृतिविद् हरिराम जोशी पछिका संस्कृतिविद् हुनुभएर राष्ट्रमा प्रख्यात रहनुभएको छ । सिन्धुपाल्चोक ऐँसेलुखर्कमा प्रधानाध्यापक भई वि.सं. २०१३ सालमा नै सेवा पु¥याइसक्नुभएका उहाँले पछि भक्तपुरस्थित जेसिस विद्यालयका प्रधानाध्यापकसम्म भएर सेवा पु¥याउनुभएको देखिन्छ । पछि उहाँले सरकारका खरिदारहुँदै उपसचिवसम्म भई सेवा पु¥याउनुभएको देखिन्छ । करिव ६८ जिल्लामा पुग्नुभई प्रजिअ, जिल्ला प्रशासकहरुलाई विकेन्द्रीकरण सिद्धान्तका पाठहरु पढाउनुभयो । अमेरिकामा प्रशिक्षक भई सेवा पु¥याउनुभयो । केही समयसम्म अमेरिकामा रहनुभई शिक्षा पनि प्राप्त गर्नुभयो ।
‘ग्वंगः’ भाले कुखुरा । सुषुप्त समयस्थितिमा आवाज उराल्ने व्यक्ति हुन् – ग्वंगः । महाकवि लक्ष्मीप्रसाद देवकोटाकहाँ अंग्रेजी ट्युशन पढेका । उहाँका समकालीन मित्रहरुमा मोहनविक्रम सिंह, मदन रेग्मी, लक्ष्मण राजवंशी, मोहन हिमांशु थापा, कृष्णभक्त श्रेष्ठहरु थिए । आ–आफ्नो क्षेत्रमा परिचय बनाउन सफल यी मित्रहरुको हूलबाट उहाँको प्रादुर्भाव भएको हो । नेपाली निबन्धक्षेत्रमा अलगधारका निबन्धकारका रुपमा उहाँ परिचित हुनुहुन्छ । नेपाली भाषाका मात्र होइन नेपालभाषामा पनि आफ्नै विशेषता पोख्न सिपालु उहाँ विशिष्ट निबन्धकारका रुपमा विख्यात रहेको देखिन्छ । साहित्यिक तथा सांस्कृतिक चिन्तनमा पनि आफ्नो विशेषता देखाउन सफल तेजेश्वरबाबुले निबन्ध र संस्कृतिमा छुट्टै पहिचान देखाउन सफल हुनुभएको छ ।
तेजेश्वरबाबु ग्वंगः भक्तपुरबाट फिँजिएका साँच्चीकैको चेतना र ज्ञानकै विशिष्ट ाष्ट्रव्याप्त ज्योतिका रुपमा प्रख्यात हुनुभएको छ । गाउँमा पुग्नुभएर, सहर बस्नुभएर, जिल्ला–जिल्ला धाउनुभएर र अमेरिकामा बस्नुभएर शिक्षण÷प्रशिक्षण दिनुहुने शिक्षक, प्रधानाध्यापक, प्रशिक्षकका रुपमा उहाँ विख्यात हुनुहुन्छ । कवितामा पनि आफूलाई संप्रेषण गर्न सफल उहाँ निबन्धलेखनमा आफ्नो छुट्टै पहिचान देखाउन सक्षम निबन्धकार हुनुका साथै संस्कृतिका विभिन्न आयामहरु कोर्दै आउनुहुने संस्कृतिविज्ञ तथा प्रख्यात लेखक समेत हुनुहुन्छ । आफ्नो मातृभाषा नेपालभाषामा, राष्ट्रकै भाषा नेपालीमा र अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा समेत दख्खल लेखकका रुपमा चर्चित तेजेश्वरबाबुले बाबुबाट सिकेर अतिथि सत्कार गर्न पनि आफूलाई निपुण बनाई राख्नुभएको छ । उहाँको बोली–व्यवहार लोभलाग्दो रहनुका साथै चिन्तन–दृष्टि पनि सुनिरहूँजस्तो लाग्छ । उहाँ आफूलाई यसरी चिनाउनु हुन्छ – “उकालो उक्लेँ । ओरालो ओर्लें । नागबाटो छेलिएँ । भासमा उफ्रेँ । चिराचिरामा धाँजामा तर्किएँ । गोरेटो जीवनयात्रा गाउँ नै गाउँको नेपाली यथार्थ ।” (युगको तेज, पृष्ठः १३२) “अनेक अनुभूतिको थुँगो पार गर्दै हिंडेडुलेका अनुभूति आफ्नै यात्राका यात्री बहिरहेझैं लाग्नु आफूसित आफैंले सिक्ने मेसो बन्दोरहेछ । सिकी नै रहेछु लगातार । मानौं, निरन्तर जीवनमूलक शिक्षा ९ऋयलतष्लगष्लन बलम ीषभ ीयलन भ्मगअबतष्यल० का शाश्वत बनिरहेछु अझैं पनि ।” (ऐजन, पृष्ठः १३३)
उमेरको उकालो चढ्दै गर्दा मान्छेले भोग्नुपर्ने व्यथा र मार्मिक कथा सोचेर उहाँले आफ्नो गन्तव्यबारे यसरी लेख्नुभएकोे छ – “अक्षरलाई राख्ने व्रत लिइरहूँ, रहूलाग्छ । उपासना मार्गमा पाइला चाल्दै यात्रा भरुँभरुँझैं पाइला चालिरहूँरहूँका उत्कुण्ठा जागिरहन्छ । किन्तु, यी अभौतिक तत्वमयी चिन्तन चेत्मा बेलाबखत यिनै भौतिकदेह आक्रान्त भइदिँदा मेरा चेत् अकर्मण्य स्थल बन्न सक्छ ।” (संस्कृतिका आयाम, पृष्ठः २३३)
उहाँको लेखकीय चेतनालाई प्रणाम गर्दै मैले लेख्न रुचाएँ –
चेतनाका तेज
कस्तो हुँदोरहेछ
ग्वंगः को तीखोस्वर कस्तो खुल्दोरहेछ
एकान्त÷सुनसानमा सुनिरहेछु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0