Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गणतन्त्र दिवसमा महिलामैत्री व्यवस्थासम्बन्धी अन्तरक्रिया

प्रभातफेरी अनलाइन ६५८ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १७, बिहिबार (१ साल अघि)
गणतन्त्र दिवसमा महिलामैत्री व्यवस्थासम्बन्धी अन्तरक्रिया

काभ्रे । काभ्रे जिल्लामा गणतन्त्र दिवसको अवसरमा अगुवा महिलाहरुले गणतन्त्रको पूर्ण रुपमा अझै पनि अनुभूति गर्न नपाएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।
धुलिखेल अस्पतालको सभाहलमा १७ औँ गणतन्त्र दिवस मनाउने क्रममा जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख एव गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिका संयोजक दिपक कुमार गौतमको अध्यक्षतामा ‘गणतन्त्र स्थापना पश्चात् शासकीय तहमा महिलाको अबस्था तथा महिलामैत्री ब्यवस्थाहरु विषयक अन्तरक्रिया’ कार्यक्रममा सहभागि महिलाहरुले आफ्नो चिन्ता व्यक्त गरेका हुन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा तत्कालिन माओवादीको युद्धदेखि २०६२/०६३ को जनआन्दोलनमा प्रत्यक्ष सहभागि भएका महिलाहरुसँगै नयाँ पुस्ताका महिलासम्मको प्रतिनिधित्व मुलक सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले संविधानले परिकल्पना गरे अनुसारको समतामुलक समाज निर्माणमा बजेटले सम्बोधन गर्नु पर्ने बताउँदै संविधानले स्थानीय सरकारसम्म न्यायीक समितिको ब्यवस्था गरेका कारण महिलाहरूलाई पनि न्याय पाउन सहज भएको बताउनुभएको छ ।
जिसस उपप्रमुख रिम बहादुर तामाङले केही सांस्कृतिक र परम्परागत विभेदलाई तोड्नु पर्नेमा जोड दिनुभएको छ । पढेको बुहारी खोज्ने तर छोरी पढाउन नचाहाने प्रवृत्ति समाजमा विद्यमान रहेको भन्दै उहाँले यसलाई तोड्नुपर्नेमा आजको महत्त्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ ।
सोही अवसरमा चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणु चौलागाईंले गणतन्त्र ल्याउन धेरै योगदान गरेको बताउनुहुँदै महिलाको हक अधिकार सुनिश्चित गर्न ठूलै मुल्य चुकाउनु परेको खुलासा गर्नुभएको छ । गणतन्त्रलाई अवमूल्यन नगर्न समेत आग्रह गर्दै अध्यक्ष चौलागाईं थप्नुहुन्छ- गठबन्धनले महिलाहरूलाई राजनीतिमा घाट गरेको दाबी समेत गर्नुभएको छ ।
त्यसैगरी पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराले गणतन्त्रले महिलाहरूको क्षेत्रमा उपलब्धि प्राप्त भएतापनि संविधान प्रदत्त अधिकार ब्यवहारमा नआएको बताउनुभएको छ । आफु निर्वाचित भएर आएपछि नगरपालिकामा महिलाहरूको क्षेत्रमा धेरै काम गरेको दाबी गर्दै नगरपालिकाभित्रका सबै विकास निर्माणका काममा महिलालाई पहिला प्राथमिकतामा राखेर काम गरेको उपप्रमुख बन्जाराले बताउनुभएको छ ।उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा दाहालले गणतन्त्रकै कारण महिलाहरू राज्यको मुल प्रवाहमा आउन सकेको भएतापनि महिला मैत्री कानुनको आवश्यकताका साथै बनेका कानुन कार्यान्वयनमा पनि चुनौती रहेको बताउनुभएको छ ।
त्यस्तै पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले महिलालाई असफल बनाउन महिला नै लाग्ने गरेको दुखेसो पोख्नुभएको छ । उहाँले सबै कार्यालयहरू महिला मैत्री छन् की छैनन भनेर अनुगन गर्न समेत आग्रह गर्नुभएको छ ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनालले शासकीय तहमा महिलाहरूको उपस्थिति गणतन्त्रमा पनि अपेक्षाकृत उपलब्धि नरहेको बताउनुभएको छ ।
धुलिखेल नगरपालिकाका पूर्व उपप्रमुख बिमला शर्माले शिक्षामा विभेद कायमै रहेको र महिलाहरूका लागि निःशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । नमोबुद्ध नगरपालिकाका पूर्व उपप्रमुख रामदेवी तामाङले बजेट विनियोजनमा महिला जनप्रतिनिधिलाई बन्देज गरिएको बताउनुभएको छ भने श्रमिक महिलाहरूलाई गणतन्त्रले समेट्न नसकेको तर्फ चिन्ता ब्यक्त गर्नुभएको छ ।
भुम्लु गाउँपालिकाका पूर्व उपाध्यक्ष कल्पना श्रेष्ठले गणतन्त्रले ब्यक्तिलाई के दियो भन्दा पनि समाज र राष्ट्रलाई के दियो भनेर हेर्नु पर्ने र महिला प्रति हेर्ने दृष्टिकोणमा आमुल परिवर्तनको खाँचो औल्याउनुभएको छ ।
कार्यक्रममा अधिकारकर्मी सावित्री लामिछाने, मञ्जु आचार्य घिमिरे, निर्मला काफ्ले, युवा नेतृ यशु लामा,
अधिकारकर्मी कृष्ण प्यारी नकर्मी, एसपी बशुन्धरा खड्का लगायतले महिलाहरूका समस्या तथा हरेक क्रियाकलापमा अर्थ पूर्ण सहभागिताको खाँचो रहेको बताएका छन् ।
कार्यक्रमको समापन गर्दै जिसस प्रमुख गौतमले हिंसा रहित जिल्ला, महिलामैत्री जिल्ल्ला निर्माणका लागि हरेक ब्यक्ति साथ र सहयोग परिहार्य रहेको भन्दै अन्तरक्रियाबाट आएका सुझाव जिल्ला तहमा कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0