Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तामझामका साथ काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशन सम्पन्न

प्रभातफेरी अनलाइन ५२६ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १९, शनिबार (१ साल अघि)
तामझामका साथ काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशन सम्पन्न

काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको ४२औं अधिवेशन आज शान्तिपुर्ण वातावरणमा सम्पन्न भएको छ । स्थानीय र संघीय चुनावको झल्को मेटाउने गरि सजिएको बनेपा नगरिमा आईपुगेका कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा उद्योग फस्टाउन नसक्दा बेरोजगारी बढेको चर्चा गर्दै सम्भावनाहरु खोज्न विदेशिहरुको ढोका चहार्न बाध्य हुनुपरेको खुलासा गर्नुभएको छ ।

उहाँले उद्योग वाणिज्य संघले चाहेको समृद्धिको यात्रा तयार गर्न लगानीको सुनिश्चिततामा सरकार लागिपरेको बताउनु भएको छ । पछिल्लो समय लगानीकर्तामा उत्सुकता पैदा हुँदै गएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई उत्साहित हुने विश्वास लिएको बताउनु भएको छ ।जसका लागि बाधक भएका कानूनहरुलाई सुधार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ । उहाँले सफल व्यवसायी नीति, वाणिज्य नीति, आपूर्ति नीति लागू गरी निजी क्षेत्रलाई अगाडि बढाउने सरकारको लक्ष्य रहेको समेत बताउनु भएको छ । कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले उद्योगी व्यवसायीहरुको हितमा रही प्रदेश सरकार अघि बढेको चर्चा गर्दै ढुक्क भएर आफ्नो व्यवसाय गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य लगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनमा अध्यक्ष पदमा ३ जना उम्मेदवार आफ्नो एजेण्डा सहित चुनावी मैदानमा छन । सो कार्यक्रमको सभापतित्व अध्यक्ष राजेन्द्र पसछेंले गरेका थिए भनेसंस्थाको वार्षिक आयव्यय कोषाध्यक्ष रजित पलाञ्चोकले प्रस्तुत, महासचिव रविन्द्र वैदारले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि मन्त्री भण्डारी स्थापक अध्यक्ष स्व शेर बहादुर श्रेष्ठको शालिक अनावरण समेत गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0