Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

व्यवसायीहरुको नेतृत्व बहन गर्दै प्रताप वैद्य

प्रभातफेरी अनलाइन ५३९ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)
व्यवसायीहरुको नेतृत्व बहन गर्दै प्रताप वैद्य

बनेपा । व्यवसायीहरुको छाता संगठन काभ्रे उद्योग वाणिज्य संघको ४२औं वार्षिक साधारणसभा तथा अधिवेशन भव्य र सभ्य रुपमा शनिबार सम्पन्न गर्दै सामाजिक अभियान्ता एवं व्यवसायी प्रताप वैद्यलाई नेतृत्वको जिम्मेवारी सुम्पेका छन् ।
निर्वाचन परिणामलाई सूक्ष्म ढंगबाट नियाल्ने हो भने संस्थाको नाम जस्तै काम भने हुँदैन भन्ने संकेत शनिबार सम्पन्न अधिवेशनले पुष्टि गरेको छ । काभ्रेका व्यापारीहरुको प्रतिनिधित्व काभ्रे उद्योग वाणिज्य संघले गरेको छैन भन्ने बलियो उदाहरण निर्वाचितहरुको उपस्थितिले खुलासा गरेको छ । हुन त धुलिखेल, पनौती, भकुण्डे, पाँचखाल लगायतका केही पालिकाहरुमा वेग्ला वेग्लै वाणिज्य संघको अस्तित्व रहिआएको छ । ऐतिहासिक व्यापारिक केन्द्र बनेपामा प्रमुख कार्यालय रहेको काभ्रे उद्योग वाणिज्य संघका बारेमा विगत लामो समय देखि मनमुटाव हुँदै आएको छ । २०२३ सालमा व्यापारी शेरबहादुर श्रेष्ठ, अत्तरकाजी दिक्पाल श्रेष्ठ, आशाकाजी श्रेष्ठ, रामेश्वर श्रेष्ठको एकल परिवार (सेतो घरबाट) मा सीमित रहेको संस्थालाई मणिराज कायष्ठले मुक्त गरेर बनेपा चारदोबाटोमा कार्यालय स्थापना गरि चल्तीमा ल्याएका थिए । सो संस्था आज पनि विवादरहित हुन सकेन । काभ्रे उद्योग वाणिज्य संघलाई यो स्थानमा पु¥याउन मणिराज कायष्ठको अथक योगदान रहेको स्थानीय व्यवसायी कृपेन्द्र श्रेष्ठ बताउँछन् । विगत केही कार्यकालदेखि चुनावको विवादमा काभ्रे उद्योग वाणिज्य संघ मुछिँदै आएको भएता पनि संघको भवन निर्माण, जग्गा खरिद र एकताको सुत्रमा तत्कालिन अध्यक्षहरु पूर्ण पलाञ्चोके र दियेश रत्न शाक्यको कार्यकाल स्वर्ण युगको रुपम व्यवसायीहरुले लिएका छन् । चन्दा संकलन, भवन निर्माण अभियान अत्यन्त राम्रो थियो तर सुरकृष्ण वैद्यको पालादेखि कहिल्यै एकता हुन नसक्ने गरी चुनावी प्रतिस्पर्धामा काभ्रे उद्योग वाणिज्य संघ पुगेको तथ्य दिनको घामजस्तै छर्लंग छ । तत्कालिन अवस्थामा उद्योगी दिलिप कुमार श्रेष्ठलाई कर्नरमा पारिने खेल भएता पनि उहाँ राष्ट्रिय रुपमा उद्योगी व्यवसायीमा राम्रै परिचित भएका व्यक्तित्व हुन् ।
आर्थिक मन्दीको चरम मार भोगिरहेका व्यापारीहरुलाई आपसी चुनावी प्रतिस्पर्धाले दुवै पक्षलाई आत्मआलोचनाको संघारमा पु¥याएको छ । सम्पन्न भएको चुनावमा प्रताप वैद्य र राजन मानन्धर बीच कडा प्रतिस्पर्धा देखियो भने गत निर्वाचनमा कडा प्रतिस्पर्धीका रुपमा आफ्नो प्रभाव छोड्न सफल व्यवसायी वसन्तनारायण भोछिभोयाले नगन्य मतमै चित्त बुझाउनु प¥यो । तीन पक्षलाई एकतामा बाँध्न नसक्नु व्यवसायीहरुको असक्षमता यो प्रतिस्पर्धाले उदाङ्गो बनाएको छ ।
यो चुनावमा अध्यक्ष पदमा प्रताप वैद्य निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी राजन मानन्धरलाई ३० मतले पछि पार्दै वैद्यले जित हासिल गरेका हुन् । वैद्यले ४ सय ८७ मत पाएका थिए भने मानन्धरले ४ सय ५७ मतमै चित्त बुझाउनु परेको थियो । अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष वैद्य, विशिष्ट आमन्त्रित सदस्य मानन्धर र गत निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका भोछिभोयाले उम्मेदवारी दिएका थिए । वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार, उपाध्यक्षद्वयमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य, महासचिवमा रजिन पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा श्यामकुमार भालु (मुनाल) विजयी भएका छन् ।
त्यस्तै खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमनचौ प्रधान, गौतम मानन्धर, सजन मानन्धर, नरेशराज कायस्थ, रजेन्द्र पसछे, राजनवहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन् । भुगोलगत संयोजक पदमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, वस्तुगत सदस्यमा प्रेमवहादुर तामाङ र एशोसिएट सदस्यमा दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0