Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा एक महिने ब्युटीसियन तालिम सुरु

प्रभातफेरी अनलाइन ५६२ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा एक महिने ब्युटीसियन तालिम सुरु

उर्मिला यादव
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखी एक महिने ब्युटीसियन तालिम सुरु भएको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा एक महिने ब्युटीसियन तालिमको उद्धघाटन गरिएको हो ।
तालिमको उदघाटन गर्दै नगरप्रमुख खानले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिपमुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको छ । उहाँले हरेक क्षेत्रमा महिलालाई सक्षम र सवल बनाउन सिद्धार्थनगर नगरपालिकाले बिभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताउनु भएको छ । नगर प्रमुख खानले महिलाले कुनै न कुनै सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै उद्यमी बन्ने गरी सीप सिक्न तालिमका सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ मा महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताउनु भएको छ । उहाले तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सिपको उपयोग गरि आत्मनिर्भर उद्यमी बन्नुपर्नेमा जोड दिनु भएको छ । वडाध्यक्ष श्रेष्ठले महिलालाई सक्षम र व्यवसायी बनाउनको लागि तालिम आयोजना गरिएको बताउदै यसले तालिममा सहभागी महिला दिदिबहिनीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले वडा नम्बर ५ ले यस्तै बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको बताउदै वडाबाट आउने तालिमहरुको फाइदा दिन आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा क्रियापुत्री घरको अभावलाई मध्यनजर गर्दै यस बिषयमा नगरपालिकासंग कुरा राख्ने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगले सिद्धार्थनगर नगरपालिकाले हरेक वडामा महिलाहरुलाई बिभिन्न किसीमका तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले महिलाहरुको क्षमता बृद्धि गरी जिबिकोपार्जन संग जोडनका लागी यस्ता किसिमका तालिमहरु प्रदान गर्दै आएको उल्लेख गर्नु भयो । उहाले महिलाहरु अब चुलो चौको मात्र सिमित नभइ आर्थिक क्षेत्रमा बलियो हुनुपर्ने बताउदै तालिममा सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ ।

यस्तै गरी चेम्बर अफ कर्मस रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई सीप सिकाएर रोजगारी संग जोडन आग्रह गर्नु भएको छ । उहाले तालिमबाट सिकेका सीपहरुलाई ब्यवसायिक रुपमा लैजान सके मात्र तालिम प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले कतिपय तालिमहरु सरकारले प्रदान गरे पनि त्यसको सहि सदुपयोग र सहज बातावरण नहुदा सिकेका सीपहरु सदुपयोग हुन नसकेको बताउनु भएको छ ।

उहाले आगामी दिनहरुमा यस्ता तालिमहरु शिक्षा संगै जोडदै लैजानुपर्ने बताउनु भएको छ । शिक्षा संगै सीप मुलक तालिमहरु जोडिएमा स्वदेशमा नै दक्ष जनशक्ति उत्पादन गर्न सकिने श्रेष्ठको भनाइ छ ।

यस्तै गरी कार्यक्रममा समाजसेवी शम्भु कुमार गुप्ताले वडा नम्बर ५ ले बिभिन्न किसीमका सिपमुलक तालिमहरु प्रदान गरी अवसर दिएको बताउनु भएको छ । उहाले तालिमको सार्थकतालाई बुझेर सीप सिक्न आग्रह गर्नु भएको छ । समाजसेवी गुप्ताले तालिममा सिकेका कुराहरु उपयोग गरी ब्यवसायिक बन्न सकेमा ब्यक्तिलाई मात्र नभइ नगरको लागी पनि उत्तिकै राम्रो हुने उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रशिक्षक पल्लबी न्यौपानेले सीपमुलक तालिमहरु पाठयक्रममा पनि राख्नुपर्ने बताउनु भएको छ । उहाले सीपमुलक तालिम अति आवश्यक बिषय भएकोले यसमा स्थानिय पालिकाहरुले पनि पहल गर्नुपर्ने बताउनु भएको छ ।

सिनपा वडा नम्बर ५ को वडासदस्य किरनदेवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन महिला वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो भने तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0