२०८१ सालको असार १५ गतेको शनिबार । आज बिहान खाना खान र आत्मियता साटासाट गर्न प्रेम श्रेष्ठ र विन्दु श्रेष्ठले आमन्त्रण गरे अनुसार सीतापाइला पुग्नु थियो । बिहान ७ः३० तिर रिङ्गरोड घुम्ने बस चढ्यौं । पानी पर्ने खालको मौसम रहेकोले दुवैले आ–आफ्नो झोलामा छाता राख्यौं । चक्रपथ घुम्ने बस अलिक ढिलै पुग्ने अनुमानले गर्दा अलिक चाँडै बनेपामा बस चढ्यौं । साँच्चिकै यस रुटमा चल्ने बसहरु अचाक्ली ढिला पो चल्दा रहेछन् । सीतापाइलासम्म पनि नजाने बसमा पो चढिएछ । २ घण्टा पूरा समय गयो चावहिलसम्म पुग्दा । ढिलै हुने छाँट देखेर भारती र म ओर्लिएर एउटा ट्याक्सी चढ्यौं । रु.७००।– लाग्ने कुरा ड्राइबरले ग¥यो । ड्राइबरसाहेबको कुरोमा सहमति जनाएर हामी सीतापाइला पुग्ने धोको मनमा राखेर ट्याक्सीबाट कुद्यौं । जहाँतहीँ विग्रह, बेथिति, भ्रष्ट मनका डोबहरुसँग सङ्घर्ष गर्नुपर्ने स्थिति पो छ त नेपालमा ! ड्राइबरसाहेबले भित्र–भित्रबाट सीतापाइला पु¥याउने भनेर फनफनी पो ट्याक्सी घुमाई पो दियो । अर्थात् रु.७००।– लाग्दोरहेछ देखाउन भरमग्दूर प्रयत्न गरेको जस्तो पो देखियो । बस ढिला भएर ट्याक्सी चढेको त ट्याक्सीले पनि ढिला पु¥याउने देखियो । ढिला भएकोमो गुनासो गरियो । मेरो गुनासो सुनेजस्तो मात्र गरियो । ट्याक्सीले बल्ल हामीलाई सीतापाइला चोक पु¥याई दियो ।
प्रेमजीको घरमा धेरै वर्ष अगाडि पुगेको थिएँ । सीतापाइला पाखोमा रहेको आलीशान साढे पाँच तल्लाको घर बाटैमा रहेर पनि पत्ता लगाउन सकिएन । प्रेमजीको फोन निर्देशनबाट ड्राइबरले घर पत्ता लगाइदियो । प्रेमजी मोटर आउँछ भनेर हेर्दै रहेछन् कौसीमा बसेर । हामीलाई घर अगाडि देखेपछि ढोकामा प्रेमजी देखा परे । साढे पाँच तल्लामा रहेछन् प्रेमजीहरुले प्रयोग गरेका कोठाहरु । प्रेमजीको ठूलो बैठक कोठामा भारती र म अढेस लगाएर बस्यौं । विन्दुजीले चिया र नास्ता ल्याई पु¥याए । अचेल आत्मीयता साटासाट गर्न पनि निकै गा¥हो ! — पुग्न गा¥हो; नपुगिकन केही उपलब्धि प्राप्त नहुने । सबै व्यस्त, सबै आ–आफ्नो ढङ्गले दौडादौड— दौडादौड नगरिकन बाँच्नै गा¥हो – आजको परिस्थिति अजङ्गको छ । त्यत्रो ठूलो घर छ — बहालमा बसेका कोही देखिंदैनन् । कसरी थेगे होलान् — मन–मनमा प्रश्न राखेर म पनि विस्मयमा पर्न वाध्य भएँ । देशको स्थिति भयावह छ । देशमा नयाँ पुस्ता बस्ने मनै गर्दैनन् । विश्वास गर्न नसकिने भट्किंदो परिवेशमा बस्न कोही चाहँदैनन् । प्रेमजीका पनि छोरा÷छोरी दुवैजना विदेशमा पढ्न गएका छन् । हामी पुग्दा बुढेसकाल लागेका बुबा–मुमासँग प्रेम र विन्दु माया साट्दैछन् ।
एकछिनको बसाईमा जनमतको यात्राको कुरा, देशमा पनपिएको भ्रष्टताका कुरा हामीले गर्न पायौं । राजनीति नै बिग्रेपछि सबैथोक बिग्रिने रहेछन् । यहाँ यस देशमा राजनीतिलाई मनपरी गर्न रुचाउने नेताहरुले नै देश बिगारेकोमा सबैको चित्तदुखाई भएजस्तै हाम्रो पनि चित्त दुख्यो । दुखाउनु बाहेक उपाय छैन, दुखाई कहिलेकाहीँ कवितामा र कुराकानीमा व्यक्त गर्ने गर्छु । कविताहरु उनीहरु पढ्दैनन् सायद कविता पनि उनीहरु बुझ्दैनन् । यस्तै–यस्तै कुरामा मन दुखाउनुबाहेक हामीसँग पनि केही उपाय छैन । विन्दुजीले खाना ल्याउने कुरा गरिन् । टेबुलभरि खाना सजाई दियो । मीठो मानेर खपाखप प्रेमजीसँग भएर खाना खायौं । प्रेमजी मेरा पुराना ४० वर्ष अगाडिका मित्र । कहिले पनि एक–अर्कामा विद्वेष भएन, उनी कलाकार सङ्घका भरपर्दा अभियन्ता यिनी हाल ‘नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ’ का केन्द्रीय अध्यक्ष पनि छन् । यस्तो व्यक्तित्व बनाएर पनि यिनले कहिले जनमतबाट टाढा बस्न खोजेनन् । हाल यिनी जनमत वाङ्मय प्रतिष्ठान नेपालका उपाध्यक्ष पनि हुन् । यिनै मित्रकै अनुरोधमा आज हामीहरु क्रोधकला शिरोमणि कालु कुमालेको निवासघर हात्तीवनमा पुग्ने योजना बनाएका हौं । हात्तीवनसम्म एउटा ट्याक्सीबाट कालु कुमालेको सिर्जना घरमा हामीहरु पुग्यौं । उहाँकी साहिली बुहारी ढोकामा प्रतिक्षामा रहेकी रहेछन् । हाम्रो स्वागत भयो; हामी भित्र छि¥यौं । साहिलो छोरा राकेश अवाले पनि हाम्रो स्वागतमा देखा परे । अहिले आफ्नो बुबाको कीर्तिको अमरता बोध गरेर राकेश छोरा बुबालाई सघाउँदै छन् । राकेशजीले हामीलाई सबै खालका भयानक देखिंदा मूर्तिहरु देखाए मात्र होइन कलाको परिचय दिंदै सबै कोठाहरु घुमाए । करिव ६ वर्ष भिक्षु जीवन व्यतीत गरिसकेका राकेशले बुबाको कलाकारिता मन पराएर ९० वर्ष नाघिसकेको आफ्नो बुबाको सेवामा जुट्न पाउँदा गौरव महसूस गर्दै सेवामा जुटेका देखिन्छन् । बुबाको मूर्तिमा आफ्नैपन लुकेकोमा यिनी गौरव गर्छन् । थुप्रै सम्मान पाइसकेका, पाटनका गौरव कलाकार, नेपालकै सन्दर्भमा राखेर विवेचना गर्दा क्रोधकलाका शिरोमणि हुन् उनी । छोरा राकेशले हामीलाई भेट्ने मौका जुराई दिए । सँगै फोटाहरु खिँच्यौं । जनमतबाट बनेपामा सम्मान गर्ने धोका फुकायौं । शरीरले थाम्न सके बनेपामा नै ल्याई पु¥याई दिने वचन दिए छोरा राकेशले । भेटपछि पुनः कार्यशाला निरीक्षण ग¥यौं । हालसम्म पनि बसेर मूर्ति खोप्ने ठाउँ देखाई दिए । सबैथोक बुझेर हामीहरु बाहिर निस्क्यौं । कालु कुमालेको मूर्तिकलाको महत्व गम्दै, नेपालकै गौरवशाली मूर्तिकारको बिम्बमा मन राख्दै, ओझेलमा परेको त देखिँदैन तर ओझेलमा नै छन् जस्तो देखिंदा असाधारण व्यक्तित्वका चर्चित मूर्तिकार कालु कुमालेको मूर्ति भवनबाट कालु कुमालेलाई मनमा मायाले बाँध्न लगाई सबैसँग नमस्कार फर्काई हामी बाहिर निस्क्यौं ।
इमाडोलमा छोरी सिर्जनाको घर छ । छोरी सिर्जना, जुवाईं सन्तोष र नातिनी नूरलाई भेट्न र त्यहीँ खाजा खान सिर्जनाले डाकेको कारणले हामीहरु एउटा ट्याक्सीमार्फत् इमाडोल पुग्यौं । जुवाईसाहेब इशराज बाजाका सर्वमान्य संगीतकार, सङ्गीतमा नै जीवन समर्पित गर्दै आउन सफल संगीतकार, भावुक देखिंदा शास्त्रीय सङ्गीतका सङ्गीतकार सन्तोष श्रेष्ठसँग भेट भयो । सिर्जना र नून पनि घरैमा रहेछन् । छोरी सिर्जना पनि पत्रकार र साहित्यकार । भोलिका जनमतका अभियन्ता । हामीलाई स्वागत गरे — हामी रमायौं । खाजाको व्यवस्था गरेको रहेछ— मीठो मानेर खाजा खायौं । प्रेमजी र विन्दु पनि रमाए । भारती र म पनि रमायौं ।
सिर्जनाकहाँ पुग्दा अचानक पानी बर्सियो । ट्याक्सी घरैछेऊ रोकेको कारणले पानीले भिज्नु परेन । जुवाईं सन्तोषभक्त श्रेष्ठ, छोरी सिर्जना दुवाल श्रेष्ठ र नातिनी नूर श्रेष्ठ हाम्रै प्रतिक्षामा रहेछन् । भेटघाट भयो । मीठो खाजा जोरजाम गरेको रहेछ । खाजा खायौं । यात्राका केही कुरा ग¥यौं । यसैगरी केहीछिन ईमाडोलमा बितायौं ।
आजको शनिबार रमाइलोढङ्गले बित्यो । प्रेमजीसँग माया साट्यौं — पारिवारिक सम्बन्धमा समेत गाढापन आउने कुरामा हामी विश्वस्त भयौं । प्रेमजी कलाकार मात्र हुन् भनेको त आज उनले कविता पनि सुनाए — प्रेमजीको कविता सुन्न पाएर खुसी लाग्यो । आज सीतापाइलामा माया र आत्मीयता साट्यौं प्रेम÷विन्दुसँग भारती र मैले । हात्तीवनमा पुगेर सुन्दर कलाका मूर्तिहरु आँखा र मनमा सजाउन पायौं । निकै क्रोधित अजङ्गका मूर्तिहरु नियाल्न पायौं । कलाका आस्थाघरमा पुगेर मूर्तिहरु छाम्न पायौं — धेरै रमाइलो भयो ।
०००
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |