Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा

प्रभातफेरी अनलाइन ४९१ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३२, सोमबार (१ साल अघि)
मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा

काभ्रे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बुधबार बनेपामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व समिक्षा कार्यक्रममा मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाले विगत वर्षहरुको तुलनामा यस वर्ष व्यक्तिगत हत्या, वालिका बलात्कार र यौन दुव्र्यवहारका घटना बढेको बताउनुभएको छ । अभिलेख भएका घटनाको अध्ययनबाट जिल्लाको बनेपामा सबैभन्दा बढी घटना, खानीखोला र बेथानचोक गाउँपालिकामा कम भएको पाइएबाट आर्थिक मन्दिको विषयलाई बढी ध्यान दिन जोड दिनुभएको छ ।
कार्यक्रममा इन्सेकका पूर्व जिल्ला प्रतिनिधि हिरामान लामाले आफ्नो व्यक्तित्व विकास इन्सेकको बाल क्लवबाट भएको बताउँदै सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबाट कानुन कार्यान्वयनको पाटोमा सहजीकरण गर्न अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेल महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाकी राजकुमारी श्रेष्ठले घरेलु हिंसाका घटनामा कमी आएको उल्लेख गर्नुभएको छ । अग्रज पत्रकार सुरेश हुमागाईले कानुन र पाठ्यक्रममा केही सुधार गरेर समुदाय र विद्यालयमा सचेतनाका कार्यक्रम संचालन गर्न जोड दिनुभएको छ ।
गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोेङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले आर्थिक मन्दिका कारण समाजमा हिंसा र आत्महत्याका घटना बढेको उल्लेख गर्दै वित्तिय संस्थाहरुलाई अनुशासित र मर्यादित बनाउन आवश्यक भएकोमा जोड दिनुभएको छ ।
कार्यक्रममा माइती नेपाल काभ्रेपलाञ्चोककी सुपरभाइजर गायत्री गौतम, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्माले वर्ष पुस्तकमा समेट्नुपर्ने विषयबस्तुका विषयमा आफ्नो भनाई राखेको कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले गर्नुभएको थियो । समिक्षा कार्यक्रममा १४ जना पुरुषसहित ३० जनाको सहभागिता थियो ।
छ महिनाको अवधीमा व्यक्तिगत हत्याका ६ वटा घटनामा ३ जना पुरुषसहित सात जनाको हत्या भएको पाइयो । होटलमा ल्याएर बलात्कार गरी हत्या गरिएकी ममता सुवेदी तथा मुख र छातिमा फलामको तारले बाँधेको र जलेको अवस्थामा पाँचखाल नपा–४ विराजे खोल्सामा फेला परेका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै आएका ५४ वर्षीय विष्णुप्रसाद सुवेदीको हत्याका आरोपितहरूको अझै पहिचान भएको देखिन्न । मादकपदार्थ खाएको तालमा निगालोको लठ्ठिले टाउकोमा प्रहार गरी पतिको हत्या गरेको आरोप लागेकी नमोबुद्ध नगरपालिका–५ कानपुरकी ४० वर्षीया कमला परियारलाई बयान लिंदा प्रहरीलाई गालीगलौज र अपशव्द बोलेको भनी एकसय रुपैया धरौटी लिएर छाडियो । फलामको रड र रथको चुकुल प्रहार गरी हत्या भएका केही कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको देखिन्छ । हत्याका आरोपी केहीलाई अभद्र व्यवहारको मुद्दा लगाएर थुनामा राखी अनुसन्धान गरेर कर्तव्य ज्यानसम्वन्धी मुद्दा लगाएको देखिन्छ ।
भतिजलाई घरमा बोलाएर रक्सी खुवाई निदाएपछि करौतीले घाँटी रेटेको, चुकुल लगाएर बसेको भनी पत्नीलाई कुटेको, नसोधी नागरिकता बनाएको भनी दाजूले बहिनीलाई चिर्पटले हान्दा घाइते भएको, खानेपानीको विषय र बाख्रा चराउन जाँदा चुप्पी प्रहार गरेको तथा होटलमा काम गर्ने महिलाको भिडियो बनाएको भनी कुटपिट गरी घाइते बनाएका घटना यस अवधीमा चर्चामा रहे । फुटपाथका व्यापारीहरूको समूहले नगर प्रहरीहरूलाई हातपात गरेको विषय यस अवधीमा चर्चामा रह्यो । यस अवधीमा समूहमा जम्मा भएर कुटपिट र दुव्र्यवहार गरेका केही घटना जानकारीमा आए । मादक पदार्थ खाएर गाडी तथा एम्बुलेन्स चलाउने चालकलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको पाइयो । मादकपदार्थ सेवन गरी झैझगडा गर्नेलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाएर पक्राउ गरेको भएपनि केही घटनाका आरोपितलाई धरौटी राख्न नसकी कारागार पठाइएको पाइयो । ६ महिनाको अवधीमा प्रहरी कार्यालयहरूमा अभद्र व्यवहारका ३८ र ज्यानमार्ने उद्योगसम्वन्धी ४ थान मुद्दाहरु देखिए । अभद्र व्यवहारका अधिकांश आरोपितहरुलाई धरौटीमा रिहा गरेको पाइयो ।
महिला बलात्कारका १० घटनामा १९ देखी ४५ वर्षसम्मका महिलाहरु पीडित भएका छन् । आरोपितमध्येका ७ जना पुर्पक्षका लागि थुनामा, २ जना फरार र १ जनाले आत्महत्या गरेका छन् । घर डेरा, कार्यालय, जंगल अर्थात एकान्त स्थानमा पतिबाट पत्नी, शिक्षकबाट शिक्षिका, प्रहरीबाट महिला प्रहरी, ससुराबाट बुहारी र सुस्त मनस्थितीकी महिला पनि पीडित भएका छन् । एक वटा सामूहिक बलात्कारको घटना भएको देखिन्छ ।
बुबा, हजुरबुबा, भिनाजु, बसका चालक, साथीभाई, मगन्ते र चिनजानको व्यक्तिबाट बालिकाहरु बलात्कृत भएका छन् । चिनजानको व्यक्तिसँग घुम्न जाँदा ३ वटा घटना भएको देखिन्छ । मन्दिर, घरकोठा, खाली बस, जंगल, बारी, खाली टहरा र होटलमा लगेर वालिका बलात्कृत भएका छन् । ५ देखी १७ वर्ष उमेर समूहका १७ जना वालिका छ महिनामा पीडित भए । बालकद्वारा भएका ३ घटनाका आरोपित सुधार गृहमा पठाइएका छन् भने पुर्पक्षका लागि ११ जना आरोपित थुनामा र ३ जना फरार देखिन्छन् । घटनामा एक जना सुस्त मनस्थितीकी वालिका पनि पीडित देखिन्छिन ।
चिनजानको व्यक्तिबाट भएका यौन दुव्र्यवहारका ४ वटा घटनामा ५ जना वालिका पीडित भए । प्रलोभनमा पारेर दुव्र्यवहार गर्ने केही आरोपित धरौटीमा रिहा भएको देखिन्छ । छ महिनाको अवधीमा जातिय विभेदको एक, बालविवाहको एक, आर्थिक अधिकारमा किशानले दुधको मूल्य नपाएर विरोधमा उत्रिएको, बनमा आगो लगाएको र पत्रकारलाई धम्की आएको समेत गरी ८५ वटा घटना अभिलेख भएका छन् । यसैगरी घरेलु हिंसाका ४४ वटा घटना यस अवधीमा अभिलेख गरिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0