Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्लाकै उत्कृष्ट गणित शिक्षक कविराज

प्रभातफेरी अनलाइन ७७५ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)
जिल्लाकै उत्कृष्ट गणित शिक्षक कविराज

हामी गुणस्तरीय शिक्षामा विश्वास गर्छाैंः अध्यक्ष मगर

काभ्रे । संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण बढ्नुको पछाडि त्यहाँ अध्यापन गराउने शिक्षकहरुको भूमिका महत्वपूर्ण सावित भएको छ ।
हालै काभ्रे प्याब्सनले गरेको मूल्यांकनले यो कुरालाई पुष्टि गरेको छ । समग्र एसईईको परीक्षाफलमा सबैभन्दा बढी गणित विषयमा परीक्षार्थीहरु अनुत्तीर्ण भएको तथ्यलाई नकार्न सकिन्न । यो अवस्थामा काभ्रेपलाञ्चोक जिल्लाको एभरेष्ट एकेडेमी संस्थागत विद्यालयहरुमा छुट्टै पहिचान राख्ने विद्यालयको रुपमा परिचित छ । प्याब्सनभित्र आबद्ध भएता पनि अभिभावकमाझ सरल र सुलभ शुल्कले स्थापित रहेको विद्यालयमा त्यहाँ कार्यरत शिक्षक, कर्मचारीहरुको भावनामा उर्जा भर्न सफल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरमा रहेको एभरेष्ट एकेडेमीले एसईई २०८० मा उत्कृष्ट नतिजा निकालेसँगै आफूलाई अब्बल सावित गर्दै गणित विषयमा त शिक्षक कविराज न्यौपाने जिल्लाकै उत्कृष्ट शिक्षकका रुपमा सम्मानित भएका छन् ।
सो सम्बन्धमा एभरेष्ट एकेडेमीका संस्थापक व्यवस्थापन समिति अध्यक्ष सुन्दर थापा मगरको टिप्पणी छ– हामी गुणस्तरीय शिक्षामा विश्वास गर्छाैं । जसको परिणाम सार्वजनिक भइसकेको छ । हामी कुनै पनि देखावटी तडकभडक भन्दा पनि हाम्रो उत्पादन विश्वका कुनै पनि शैक्षिक संस्थामा बिक्न सकोस् भन्ने चाहना सहित शैक्षिक उन्नतितर्फ अग्रसर छौं । जहाँ विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समितिको तारतम्य मिलेको भर्खरै सार्वजनिक भएको एसईईको परिणामले प्रमाणित गरेको छ । हुन त सगरमाथा चढ्न सजिलो होला, त्यसलाई स्थायित्व दिन कष्टकर हुन्छ । आज हाम्रा शिक्षकहरुको अथक मेहेनत र विद्यार्थीहरुको परिश्रमबाट जुन इतिहास एभरेष्ट एकेडेमीले रचेको छ, त्यसलाई निरन्तरता दिन अझ संघर्ष गर्नुपर्ने चुनौती हाम्रा सामु आएको छ । हामी अभिभावकसँग अरु अपेक्षा राख्दैनौं, राख्छौं त केवल प्रत्येक आफ्ना बालबालिकाहरुको स्कूले झोला साँझ र बिहान जाँच गरिदिनुस् । जसले प्रत्येक बालबालिकाहरुलाई आफ्नो जिम्मेवारी बोध गराओस् । यति मात्र गर्न सक्नुभयो भने पनि दक्ष जनशक्ति उत्पादनमा तपाईं अभिभावकको महत्वपूर्ण भूमिका सावित हुनेछ ।
नीजि तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन काभ्रेले आउट्स्ट्यान्डिङ अचिभमेन्ट अवार्डद्धारा एक समारोहका बिच विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । एभरेष्ट एकेडेमीबाट २०८० सालको एसईईमा सहभागी विद्यार्थीमध्ये ६० प्रतिशत भन्दा बढी विद्यार्थीले ३.६१ भन्दा माथी जिपिए प्राप्त गरेका थिए भने अन्य विद्यार्थीले उत्कृष्ट जिपिए सहित जिल्लाभरीमा सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका छन् । जिल्लाभरीमा सबैभन्दा बढी औसत जिपिए ३.७२ सहित न्यौपाने उत्कृष्ट गणित शिक्षकका रुपमा सम्मानित भएका हुन् ।
सोही अवसरमा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) काभ्रेले एसईई २०८० मा उत्कृष्ट १२ शिक्षकहरुलाई पनि सम्मान गरेको छ । प्याब्सन काभ्रेले विभिन्न विद्यालयका ३८ जना शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरेको छ भने १२ विद्यालयलाई शतप्रतिशत विद्यार्थी उर्तिण गराएकोमा सम्मान गरेको हो ।
  प्याब्सनमा आवद्ध ५१ मध्ये ५० विद्यालयका शिक्षक शिक्षिकाहरुबाट उत्कृष्ट विषयगत शिक्षक छनौट गरिएको थियोे । बागमती ईङ्गलिस बोर्डिङ्ग स्कुल बनेपामा कार्यरत शिक्षिका सोनी केसी लेखा विषय र सोहि विद्यालयमा नै कार्यरत शिक्षिका रुची मानन्धरले ऐच्छिक गणित विषयमा सबै चार जिपिए ल्याएर उत्कृष्ट भएका छन् ।
धुलिखेल हाई स्कुलमा कार्यरत शिक्षक रोमिन मानन्धर कम्प्युटर विषयमा उत्कृष्ट भएका छन् भने सोहि विषयमा मण्डन भ्याली एकेडेमिमा कार्यरत शिक्षक मुकुन्द अधिकारी उत्कृष्ट भएका छन् । त्यस्तै गोल्डेन सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षिका मैना अधिकारी र एभरेस्ट एकेडेमीमा कार्यरत शिक्षक कविराज न्यौपाने जिल्लाकै उत्कृष्ट शिक्षकका रुपमा सम्मानित भएका छन् ।
त्यसैगरी श्रीइन्द्रेणी विद्या मन्दिरमा कार्यरत शिक्षक जनक अधिकारीइन्भारमेन्ट साईन्स विषयमा उत्कृष्ट भएका छन् भने विद्या सागर स्कुलमा कार्यरत शिक्षिका शारदा बल्भव नेपाल र मण्डन भ्याली एकेडेमीमा कार्यरत शिक्षक लक्ष्मण नेपाल उत्कृष्ट भएका छन् । दुबै शिक्षक अनिवार्य नेपाली विषयमा उत्कृष्ट भएका हुन् । विकटेश्वर अंग्रेजी माविमा कार्यरत हरिप्रसाद तिमल्सिना र ग्रेसल्याण्ड सेकेन्डरी स्कुल साँगाका शिक्षक सरोजराज प्रधान उत्कृष्ट भएका छन् । अनिवार्य विज्ञान विषयमा श्री न्यू लिटिल स्टार अंग्रेजी स्कुलमा कार्यरत शिक्षक अनिवार्य सामाजिक विषयमा कार्यरत शिक्षक सञ्जयराज पौडेल उत्कृष्ट भएका थिए ।
यसैगरी दीर्घ सेवा पदकबाट ३८ शिक्षक सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा काभ्रे इङ्गलिस माध्यमिक विद्यालयका लिलादेवी दाहाल र सुदन बञ्जारा रहेका छन् । नवरत्न अँग्रेजी माध्यमिक विद्यालयका कृष्णकला खड्गी, सहदेव राई, सृजन पसछेँ, मञ्जु देउजा रहेका छन् । काभ्रे माध्यमिक विद्यालय बनेपाका केशव श्रेष्ठ, विकास श्रेष्ठ, सिताराम अधिकारी, उद्धव लुईटेल, डम्वर दाहाल, सागर लामा, रामेश्वर राजवंशी, कल्पना तिवारी, नविना श्रेष्ठ, जयन्द्रलाल प्रधानाङ्ग र शिवहरी पराजुलीलाई सम्मान गरिएको छ ।
विद्यासागर स्कुल बनेपाबाट श्रीमला बादे, सुनिल तामाङ, विणा विमली, सविना कायश्थ, रिन्छेन शेर्पा, विनय मंग्राती, शारदा बल्लव नेपाल, दुर्गा राना, मञ्जु भैल सम्मानित भएका छन् । न्यू राईजिङ्ग स्कुल पनौती रयालेबाट कुलप्रसाद सापकोटा र प्रतिमा श्रेष्ठ, माउन्ट भ्यु इङ्गलिस स्कुल धुलिखेलबाट भगवती अधिकारी, अरुणोदय अंग्रेजी आवासीय मावि पनौतीबाट सुरेश ताम्राकार र चण्डेश्वरी मुनांकर्मी रहेका छन् । नमोबुद्ध मावी शंखुबाट नवराज पौडेल, नाईटिङ्गेल एकेडेमी बनेपाबाट मुरारीप्रसाद अधिकारी र सरस्वती खड्का, बागमती इङ्गलिस बोर्डिङ्ग स्कुल बनेपाबाट सरस्वती राजवंशी, सरस्वती कुञ्ज बोर्डिङ्ग स्कुल पनौतीबाट लक्ष्मी शोभा ख्वाउजु, सिद्धार्थ बनस्थली इन्ष्टिच्युटबाट विष्णुनारायण श्रेष्ठ, सिद्धार्थ सेकेन्डरी स्कुल बनेपाबाट श्रीबहादुर कार्की, बनेपा नालामा रहेको लिंकन इङ्गलिस स्कुलकी छात्रा स्मृति श्रेष्ठ ४ जिपिए ल्याएर जिल्ला प्रथम भएकी छिन् ।
एसईई काभ्रेमा संस्थागत विद्यालय अन्तर्गत २ सय १६ वटा विद्यालयबाट ५ हजार ७ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए भने काभ्रे प्याब्सनमा ७२ वटा विद्यालय आवद्ध रहेका छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0