Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव बेचबिखनमा महिला मात्र होइन पुरुष पनि प्रताडित छन्ः प्रहरी निरीक्षक कार्की

प्रभातफेरी अनलाइन ५५२ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण १७, बिहिबार (१ साल अघि)
मानव बेचबिखनमा महिला मात्र होइन पुरुष पनि प्रताडित छन्ः प्रहरी निरीक्षक कार्की

धुलिखेल । “मानव अधिकारको सम्मान गरौं, मानव बेचबिखन तथा ओसारपसार अन्त्य गरौं” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस आज जुलाइ ३० लाई मनाउने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले श्री सञ्जीवनी नमूना माविका छात्रछात्रा माझमा मानव बेचबिखनका बारेमा वृत्तचित्र सहित भव्य रुपमा मनाएको छ ।
बालबालिका माझ आफ्नो प्रस्तुती राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक सरस्वती कार्कीले मानव बेचबिखनमा आर्थिक चलखेलतर्फ चर्चा गर्दै ५० अर्ब अमेरिकी डलरको कारोबार हुने तथ्य सार्वजनिक गर्नुभएको छ । मानव बेचबिखनमा हामीले बुझ्दै आएको महिलासँग मात्रै भन्ने बुझाइलाई चिर्दै प्रहरी निरीक्षक कार्कीले यसमा पुरुषहरु पनि पिडित भएको वृत्तचित्र प्रस्तुत गर्ने क्रममा खुलासा गर्नुभएको छ ।
आज जति पनि मानव बेचबिखन भएका छन्, त्यसको पछाडि गरिबी, अशिक्षा, बेरोजगार लगायतका समस्याहरु नै प्रमुख कारक भएको बताउनुहुँदै मानव बेचबिखनलाई कसरी बुझ्ने भन्ने सवालमा बालबालिकामाझ मानव बेचबिखन तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कुनैपनि उद्देश्यले मानिस बच्न वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानून बमोजिम बाहेक मानिसका अङ्ग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन भनिने उल्लेख गर्नुभएको छ ।
त्यस्तै सम्बोधनका क्रममा विषयवस्तुमाथि प्रकाश पार्दै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, अंग प्रत्यारोपण गर्न, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिका फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक या संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिन वा कुनै स्थानमा राख्न वा नेपाल भित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिन कार्यलाई मानव ओसाारपसारलाई भनिने तर्क राख्दै समाधानका बारेमा पनि प्रहरी निरीक्षक कार्कीले बालबालिकाहरुलाई प्रष्ट्याउनुभएको छ–
मानव बेचबिखन तथा ओसारपसार गरेका, गरिरहको वा गर्न लागेको थाहा पाउने जुनसुके व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सकिनेछ । जहाँ पीडित आफै उपस्थित भई उजुरी दिएमा प्रहरी कार्यालयल निजको तत्काल बयान गराई त्यस्ता बयान प्रमाणित गराउनको लागि पीडितलाई तुरुन्त नजिकैको बिल्ला अदालतमा उपस्थित गराउनु पर्नेछ । जिल्ला अदालतको न्यायाधिशले त्यस्ता बयान पीडितलाई पढी बाँची सुनाई प्रमाणित गर्नु पर्नेछ। पीडित मुद्दाको कारबाहीको सिलसिलामा अदालत उपस्थित नभए पनि त्यसरी प्रमाणित गरिएका बयान अदालतले प्रमाणमा लिन व्यवस्था प्रचलित कानूनमा रहेको प्रहरी निरीक्षक कार्कीले खुलासा गर्नुभएको छ ।


सम्बोधनकै क्रममा प्रहरी निरीक्षक कार्कीको थप कथन छ– कसैले पनि पीडितका स्वीकृति नलिई पीडितका वास्तविक नाम, तस्विर वा चरित्रमा प्रतिकूल हुने कुनै विवरण पत्रपत्रिकामा छाप्न वा अन्य सञ्चार माध्यमबाट प्रचार प्रसार गर्नु हुँदैन । मानब बेचबिखन तथा ओसारपसार मुद्दाको कारवाही र सुनुवाई बन्द इजलासमा हुन्छ । बन्द इजलासमा कारवाही तथा सुनुवाई हुँदा मुद्दाका पक्ष, विपक्ष, उनीहरुका कानून व्यवसायी र अदालतल अनुमति दिएका व्यक्ति मात्र बन्द इजलासमा प्रवेश गर्न सक्दछन् । त्यस्तो अवस्थामा कानून व्यवसायीको साहारा लिनुपर्ने हुनसक्छ । जुन मुद्दाको सुनुवाई अदालतमा हुँदा पीडितले छुट्टे कानून व्यवसायी मार्फत प्रतिनिधित्व गराउन चाहेमा निजले त्यस्तो कानून व्यवसायी राख्न सक्दछ । मुद्दाका काम कारवाहीमा प्रयोग हुने भाषा पीडितले नबुझ्ने भएमा सम्बन्धित अदालतको अनुमति लिई दोभाषे वा अनुवादक राख्न सक्ने व्यवस्था छ । त्यस्तै मानव बेचबिखन तथा आसारपसार (नियन्त्रण) एन, २०६४ अनुसार मानव बेचबिखन तथा ओसारपसार कसूरको मात्रा र प्रकारका आधारमा अधिकतम बीस वर्ष कैद र पाँच लाख स्पैयाँसम्म जरिवाना तोकिएको छ भने दुरुत्साहन, षड्यन्त्र, उद्योग वा मतियारलाई सम्बन्धित सजायको आधा सजाय हुने कानूनमा व्यवस्था छ । साथै अदालतले कसुरदारलाई भएको जरिवानामा ५० प्रतिशत बराबरको रकममा नघट्ने गरी पीडितलाई मनासिव माफिकका क्षतिपूर्ति भराई दिनुपर्छ भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतका कसूर गरेको अभियोग लागेकोमा सो कसूर आफुले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पु¥याउनुपर्ने कानूनमा छ ।
मानव बचचिखन तथा ओसारपसारका कसूर मानिने कुनै कार्य गरका वा गर्न लागका छ भन्न कुराको सूचना कसेल दिएका आधारमा कसैलाई उद्धार गरिएमा वा संलग्न व्यक्ति पक्राउ परेमा सूचना दिने व्यक्तिलाई कसूर बमोजिम भएको जरिवानाको १० प्रतिशत बराबरको रकम पुरस्कार स्वरुप प्रदान गरिने व्यवस्था पनि कानूमा रहेको प्रहरी निरीक्षक कार्कीले खुलासा गर्नुभएको छ ।
सम्बोधनकै क्रममा मानव बेचबिखन किन हुन्छ भन्ने सवाललाई प्रष्ट्याउँदै प्रहरी निरीक्षक कार्कीको थप कथन छ– यौन शाषण गर्न, श्रम शाषण गर्न, मानव अंग प्रत्यारोपण गर्न, सर्कसमा खेलाउन, अवैध रुपमा धर्मपुत्र तथा धर्मपुत्री राख्न, कानुनले निषेध गरेको काम गराउन, घरेलु कामदार बनाउन, बाल श्रम गराउन, जोखिमपूर्ण काममा लगाउन मानव बेचबिखन हुने गर्छ ।
यसका कारणहरु खुलाउने क्रममा घरलु तथा लैंगिक हिंसा, निम्न आर्थिक अवस्था, शिक्षामा कमी, बेराजगारी, राम्रा र सुखी जीवनका चाहना, असुरक्षित बसाईसराई, वैदेशिक रोजगारीको प्रलोभन, राजनैतिक अस्थिरता, प्राकृतिक विपद तथा महामारी, सामाजिक संजालका असुरक्षित प्रयोग रहेको समेत प्रहरी निरीक्षक कार्कीले विद्यार्थीहरुलाई जानकारी गराउनुभएको छ ।
यसबाट जोगिने उपायहरु भनेको नेपाल सरकारले श्रम स्वीकृती दिएको देशमा राम्रोसँग बुझेर मात्र जाने, कुनै पनि परिचित अथवा अपरिचित व्यक्तिलाई झट्ट विश्वास नगर्ने, विदेशमा आफूले गर्ने काम, आफुले पाउने तलब र अन्य सुबिधाहरुका बारेमा राम्ररी बुझ्ने साथै विदेशमा आफूले गर्न चाहेका काम अनुसारको सिप सिक्ने, राहदानी बनाउँदा आफै उपस्थित भई सम्बन्धीत कार्यालयबाट राहदानी बनाउने तथा वैदशिक रोजगारमा जाँदा सबै कानूनी प्रकृया अनिवार्य रुपमा पूरा गर्ने, वैदेशिक रोजगारमा जानुपूर्व वीमा, स्वास्थ्य परिक्षण एवं श्रम स्वीकृति लिने र नेपाल सरकारबाट दिइने अभिमुखिकरण तालिम लिने, आफुलाई समस्या पर्दा सहयोगको लागि आवश्यक सम्पर्क नम्बरहरु साथमा लैजाने, विदेशमा काम गर्न जाँदा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको मात्र प्रयोग गर्ने, नयाँ ठाउँमा जाँदा घर परिवार नातेदार तथा जानकार व्यक्तिहरुसँग सल्लाह गरेर निर्णय लिने, यदि कसैले राम्रो जागिर लगाई दिन, घुमाउन, विवाह गर्ने, सामानहरु किनिदिने प्रलोभन देखाउँछ भने त्यस्ता प्रलोभनमा नपर्ने, शंका लागेमा नजिकको प्रहरी, स्थानिय निकाय वा आफन्तहरुलाई तुरुन्त खबर गर्ने जानकारी गराउनुहुँदै मानव बेचविखन तथा ओसारपसारमा परेमा अपनाउनुपर्न सावधानीका बारेमा समेत जानकारी दिनुभएको छ ।
जसअन्तर्गत नआतिन तथा नहड्बढाउन, आफुले विश्वास गरेका व्यक्तिसँग सहयोग माग्ने, मानव बचचिखनमा संलग्न व्यक्तिहरु विरुद्धका प्रमाणहरु सुरक्षित राख्ने, उद्धार संरक्षण र कानूनी सेवाका लागि सम्बन्धित निकाय तथा संस्थामा सम्पर्क गर्ने, सम्बन्धित निकायमा उजुरी गर्ने बताउनुभएको छ ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक कल्पना लामाको कथन छ– सामाजिक दायित्वअन्तर्गत नेपाल प्रहरीले यस किसिमका चेतनामूलक कार्यक्रमहरु सामुदायिक विद्यालयहरुमा निरन्तर गर्दै आएको छ । त्यसमा पनि काभ्रे जिल्लाको मुटुमा रहेको राष्ट्रके प्रतिष्ठित विद्यालयमा यस किसिमका चेतनामूलक कार्यक्रमहरु गर्न पाउनु नेपाल प्रहरीका लागि पनि गौरवको विषय हो । विद्यालयले सहयोग पु¥याएको खण्डमा विकृति, विसंगति विरुद्धका अभियानहरु निरन्तर विद्यार्थी माझमा नेपाल प्रहरीको तर्फबाट आइरहने जानकारी गराउनुभएको छ ।
त्यसैगरी विद्यालयका निमित्त प्रधानाध्यापक टंकबहादुर थापाको प्रतिक्रिया छ– अहिले नेपाली समाज अनुशासन बाहिर जाँदै गर्दा नेपाल प्रहरीले हाम्रो विद्यालय छनौट गरेर अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको चेतनामूलक अभियान सञ्चालन हुनुमा हामी कृतज्ञता ज्ञापन गर्दछौं । आशा छ, यस किसिमका कार्यक्रम सम्बन्धित निकायले दिवसै पर्खिनु पर्दैन, जुनसुकै बेला पनि विद्यार्थी माझमा राख्न सक्ने धारणा राख्नुहुँदै नेपाल प्रहरी मात्र होइन, यस किसिमका नैतिकवान्, दक्ष नागरिक उत्पादनका लागि आवश्यक पर्ने कुनै पनि अभियानहरुलाई विद्यालयले सधैं स्वागत गर्ने कुरा संवादका क्रममा बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0