Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जनैपूर्णिमा र ऋषितर्पणीको के छ त ? धार्मिक महत्व !

प्रभातफेरी अनलाइन ३४७ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ३, सोमबार (१ साल अघि)
जनैपूर्णिमा र ऋषितर्पणीको के छ त ? धार्मिक महत्व !

श्रावण शुक्लपक्ष पूर्णिमालाई जनै पुर्णिामा भन्ने गरिन्छ  यो दिनलाई  रक्षाबन्धन  जनैपूर्णिमा र ऋषितर्पणी पनि भनिन्छ।ऋषिहरुले श्रावण महिनामा स्वाध्याय र यज्ञको पूर्णाहूति यसै तिथिमागर्ने गरेको हुनाले ऋषितर्पणी भनिएको हो।यो दिन सप्तऋषिहरु कश्यप ,अत्रि ,भरद्वाज,विश्वामित्र ,गौतम ,ज्यमदग्नी र वशिष्ठ आदिको,पूजा ,अर्चनागर्नुको साथै उहाँहरुलाई तर्पण पनि दिनु धार्मिक मान्यता रहेको छ। जनैपूर्णिमा सनातनी हिन्दू धर्मलम्वीहरुले बिहानै नदी, तलाउमागई गाईको गोबर तथा तुलसीको मोठको माटोलगाई नुहाएर शुद्धभई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै –यज्ञोपवित्र फेरेर जनैपूर्णिमा मनाइन्छ ।हिन्दू दर्शन अनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ ।जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् ।यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ ।मूलतः हामीले धारण गर्ने जनैको आयु सरदर चार महिनाको हुन्छ । हाम्रा शास्त्र अनुसार ‘ सूतके मृतके चैव गते मासचतुष्टये ।नव यज्ञोपवीतानि धृत्वा जीर्णानि संत्यजेत् ।’ अर्थात् सूतक र मृतक आशौच वा चार महिना बितेको कारण तिम्रो मिति गुज्रियो अतः म अब नयॉ यज्ञोपवीत धारणा गर्दछु ।हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ ।धार्मिक शास्त्रअनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ ।शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् ।यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ ।शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो ।शास्त्रअनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ ।यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ ।नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने जनै प्रयोग गर्दा मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ ।नयॉ जनै पहिरिंदा यो श्लोक पढ्नु पर्दछ —‘ यज्ञो–पवीतं परमम् पवित्रम् , प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रम् प्रतिमुञ्च शुभ्रम् , यज्ञोपवीतं बलमस्तु तेजः ।’ अर्थात् जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो , यो सृष्टिकर्तासँगै जन्मिएकोहुँदा यसलाई धारण गर्नाले आयु , बुध्दि , तेज र बलको श्रीवृध्दि हुन्छ।त्यसै गरी ब्रह्मचर्याश्रम , गृहस्थाश्रम र वानप्रस्थ आश्रमको बेला यसको धारणा अनिवार्य हुन्छ भनेर जनाउ दिन पनि तीन तीन डोरा बनाइएको हो ।जनैमा पॉचवटा ग्रन्थी वा शिखा बनाइएको हुन्छ।ती गॉठाहरुले पञ्च महायज्ञलाई लक्ष्य गरेका हुन् भने हामी प्राणीहरुको रचनामा पृथ्वी , पानी , तेज , हावा र आकाशका पञ्चतत्वलाईसङ्केत गरेको प्रतीत पनि हुन्छ ।देवऋण , पितृऋण , ऋषिऋण र पॉच यज्ञलाई हृदयतः यज्ञोपवीत्र धारीले स्वीकार गर्दछन् ।मान्छेको शरीरमा मुटु बायॉ भागमा भएकोहुँदा यो ब्रह्मसूत्र पनि बॉया कॉधपटिबाट धारणगरी दॉयापटि झारिन्छ ।यसरी हाम्रो केन्द्र भागलाई सन्तुलित र सुरक्षित गराउन यो संयम–सूत्रलाई यसरी लगाउने प्रचलन गरेको हो।शौचको समय जनैलाई दक्षिणपटिको कानमा सिउरिनु पर्दछ ।यो कुरालाई वैखानस धर्म प्रश्न , बौधायन गृहसूत्र र याज्ञवल्क्यस्मृतिले आ–आफ्ना प्रकरणमा बताएका छन् । कानमा सिउरिनु पर्ने कुरालाई मनु यसरी स्पस्ट पार्दछन् ‘ ऊध्र्वं नाभेर्मेध्यतरः पुरुषः परिकीर्तितः ’ अर्थात् पुरुष नाभिभन्दा माथि पवित्र हुन्छ ।नाभिभन्दा तल्लो भाग मलमूत्रधारक अङ्ग भएकोले यो अपवित्र हुन गएकैले जनैको शुध्दता जोगाउन यो उपाय गरिएको हो । अनि अर्को कुरा कान अत्यन्त पवित्र ज्ञानको भण्डार पनि हो ।हाम्रो शरीर पार्थिव इन्द्रिय नाक हो भने जलीय इन्द्रिय जिब्रो , तेजस इन्द्रिय ऑखा वायव्य इन्द्रिय छाला र आकाशीय इन्द्रिय कान हो ।अरु इन्द्रियहरु अपवित्र हुन्छन् तर आकाशीय इन्द्रिय कान कहिल्यै अशुध्द हु‘दैन ।त्यसले जनै मल ,मुत्रगर्दा कानमा जनै हाल्नुपर्दछ।
जनै पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरूलाई इन्द्रका गुरु बृहस्पतीद्वारा रक्षाबन्धन तयार गरी जोगाएको र वामन अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जनै पूर्णिमाको महत्व छ । जनै पूर्णिमामा बाँधिएको डोरी गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ ।यो दिन भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्ध ‘ललितविस्तार’ मा उल्लेख गरिएको पाइन्छ ।
‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल ।’
यी मन्त्रहरु जप्दै रक्षाशुत्र लगाउने र बाँध्ने काम गरिन्छ ।अर्थात् भगवान् वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धन तपाईंको हातमा पनि बाँधिदिएको छु , तपाईंको रक्षा होस्।जुन रक्षा सूत्रले बाँधेर शुक्राचार्यले महाबलि राजाको रक्षा गरेका थिए, उही सूत्र ‘धागोले’ म तिमीलाई बाँधेर तिम्रो रक्षाको कामना गर्छु ।
रक्षाबन्धनको सुरुवात कहाँ र कहिलेबाट भयो यकिन प्रमाण भेटिँदैन ।अड्कल लगाउँदा यसको जन्म पुरुषको रक्षा भावाले भएको हो भन्न सकिछ । ऋग्वेद (दशम मंडल) का अनुसार शची (इन्द्राणी) ले देवगुरु बृहस्पतिको सल्लाअनुसार ईन्द्रको हातमा बाँधेर लडाइँमा गएकाले विजय प्राप्त गरेको भनाइ पाइन्छ ।भविष्य पुराणका अनुसार ईन्द्र असुरसँग पराजित भएर स्वर्ग छोडेर भाग्नुपर्ने स्थिति आयो।त्यस बखत उनी आत्तिएर त्रिदेवका शरण पुगे ।त्रिदेवले मद्धतगर्न नसक्ने बताएपछि पार्वतीको शरणमा पुगे ।पार्वतीले दैवीशक्ति संयुक्त रक्षासूत्र इन्द्रको हातमा बाँधिदिएपछि दैत्यहरूलाई पराजित गरे । वामन पुराणमा राजा बलिलाई विष्णुले पैतालाले पातालमा पुर्याएको कथा पाइन्छ । भागवतमा यशोदाले दुष्ट आत्माबाट कृष्णलाई बचाउन रक्षासूत्र बाँधेको उल्लेख छ ।महाभारतमा कृष्णको औँलामा चोट लागेर रगत नरोकिएपछि द्रौपदीले आप्नो साडीको किनार च्यातेर बाँधेपछि रगत रोकिएपछि खुसी भएर के बर माग्छ्यौ माग भन्दा समय आएपछि माग्नेछु भनेकी थिइन् ।त्यो चीरहणका बेला कृष्णले साडी दिएर लाज बचाएको इतिहास पाइन्छ ।
वास्तवमा यस संसारमा दुई थरी बन्धन हुन्छन् मानिसलाई एक ईश्वरीय अर्को सांसारिक बन्धनले दुःख दिन्छन् ।यो सांसारिक बन्धनबाट मुक्तहुन मानिस महात्माकहाँ गएर प्रश्न गर्छन्। हामीले ईश्वरको स्वरूपमा मनलाई कसरी जोड्ने रक्षाबन्धन केबल सांसारिक बन्धनबाट नारी जातिको रक्षाका लागि मात्र होइन, नर तथा नारी दुवैले रक्षाबन्धन बाँधेर पवित्रताको व्रत धारण अन्य मानव आत्मालाई पनि कल्याणकारी बन्धनमा बाँध्नु यसको सार्थकता हो ।रक्षाबनधन केबल शारीरिक रक्षाका लागि मात्र होइन, सबै मनुष्यलाई मन, वचन र कर्ममा पवित्र रहने भन्ने भनाई पाइन्छ ।जब जीवनमा पवित्रताको धारण हुन्छ तब जीवन, परिवारमा, समाजमा विश्वमा सच्चा सुख तथा शान्ति मिल्छ । वास्तवमा रक्षा बन्धनलाई सबै मानवको रक्षाको रुपमा लिइन्छ।
आज संसारमा मानिसलाई पाँच प्रकाका रक्षाको आवश्यकता देखिन्छ । पहिलो सुरक्षा तनको रक्षा अन्तिम दिन आइसकेपछि कसैले पनि कसैले पनि मृत्युलाई रोक्न सक्दैन ।दोस्रो रक्षा धर्म हो ।दुःख परेको बेला मलाई सहायता गर्नुहोस् भनेर वर माग्नु हो ।तेस्रो कालको भयबाट मुक्त हुनु हो ।मानिस स्वयं नै कालको अधिनमा छ।कसैलाई पनि कालले छाड्दैन ।अमर कोही छैन्।कालका पनि महाकाल महाकालेश्वर शिवको मृत्युन्जयको पाठ गर्छन् ।चौथो प्रकारको रक्षा सांसारिक अपवाद, पारिवारिक संकटबाट रक्षा ।पाँचौँ रक्षा मायाको विघ्नबाट रक्षा ।वास्तवमा सूत्र बाँध्नु संकल्प गर्नु नेपाली संस्कृतिमा दृढ प्रतिज्ञा गर्नुको प्रतीक हो ।यो पर्व हिन्दूहरूको मात्र नभई सबै मानवको कल्याणका लागि हो ।रक्षाबन्धनको अर्थ आप्नो रक्षाका लागि बाँध्नु ।आपत्ति अथवा आयु, आरोग्य वृद्धिकोलागि रक्षाबन्धन बाँधिन्छ ।भगवान् कृष्ण गीतामा भन्नुहुन्छ।‘मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव’ अर्थात् ‘सूत्र’ अविच्छिन्नताको प्रतीक हो ।‘सूत्र’ धागो भिन्नभिन्न फूल, मोतीलाई एउटै मालामा समाहित गर्छ ।आफ्न्तलाई जोड्छ ।जब संसारमा नैतिक मूल्यको ह्रास हुन्छ। तब भगवानद्वारा धर्तीमा पवित्र धागो पठाउनुहुन्छ ।यो दिन क्वाँटी खाने पनि चलन छ।किनकि हाम्रो नेपालका कृषकहरुको सन्दर्भमा खेतीको काम साउनमा सकिने भएकाले वर्षायाममा हिलोमा खेल्दा शरीरमा चिसो पस्ने भएकाले त्यसबाट शरीरलाई मुक्ति दिलाउन पनि क्वाँटी खाने गरिन्छ।यो खानाले शरीरमा ओज ,तेज ,शक्ति प्राप्त भै शरीरमा शक्तिको संचय हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0