Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आन्तरिक पर्यटकको गन्तव्य बन्दै काभ्रेको ताराखसे लेक

प्रभातफेरी अनलाइन ४५२ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलबार (१ साल अघि)
आन्तरिक पर्यटकको गन्तव्य बन्दै काभ्रेको ताराखसे लेक

काभ्रे । प्राकृतिक तथा धार्मिक महत्व बोकेको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३, को ताराखसे पोखरीमा सार्वसाधारण र धार्मिक व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । जनैपूर्णिमा तथा गोने ङ्याको दिन झाँक्रीहरुको बाग्लो उपस्थितिका साथ पोखरी परिसरमा पूजापाठ तथा सेरग्याम संपन्न गरेका छन् ।
करिव २ सय बढि झाँक्रीहरु (महिला÷पुरुष) ले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि पुजा गरेका थिए । साथै बर्षभरी रोगी भईरहने, विरामी हुने, डराउनेहरुलाई सातो बोलाएर मन्छाउने काम गरेका थिए । बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थलको रुपमा विकसित हुँदै गरेको ताराखसे पोखरीको विशेषता थुप्रै छन् । जंगलको बीच भाग जहाँ पहाडको थुम्को अनि जमेको पानी पोखरीले सबैलाई अचम्मित तुल्याउँछ । ताराखसे पोखरी (सार ताईबा घ्योई) प्राचीन समयमा तारा खसेर खाल्डोको रुपमा परिणत भएको र पछि नागहरु आएर बसेको भनाई बोन्बो (झाँक्री) हरुको छ ।


यसैबीच तारा खसे पोखरीलाई थप ब्यवस्थित बनाउने कामले मुर्त रुप लिने क्रममा पोखरी क्षेत्रमा निर्माण गरिएको विभिन्न भौतिक संरचनाको जनैपूर्णिमाको अवसर पारेर गाउँपालिका अध्यक्ष दिनेश लामाले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पालिका अध्यक्ष लामाले रोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्न दुरदृष्टि बनाएर अगाडि बढेको बताउनुभएको थियो । रोशी गाउँपालिकामा पर्यटन प्रवद्र्धनको लागि कहाँ कहाँ के के संभावना छ बिस्तृत अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न पहलकदमी लिएका छौं । सडक पूर्वाधारको पहुँच राम्रो छैन । तर पोखरी क्षेत्रलाई भने व्यवस्थित बनाउने काम थालिएको गाउँपालिका अध्यक्ष लामाले बताउँदै गाउँपालिकाभित्र रहेको धेरै पर्यटकीय स्थलहरु मध्ये यो पोखरी पनि एक ईतिहास बोकेको स्थल हो । यो पोखरीलाई व्यवस्थित गराउने काम सुरु भैसकेको र संघीय सरकारबाट एक करोड बजेट छुट्याएर काम गरेको जानकारी दिनुभएको थियो ।


त्यस्तै गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबा (ज्वाला) ले गाउँपालिकाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर काम गरेको बताउँदै ताराखसे लेकबाट परिचित यो भूगोललाई आन्तरिक पर्यटन र बाह्य पर्यटनको गन्तव्य बनाउन लागिपरेको बताउनुभएको थियो । यसका लागि सबै पक्षसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकास गर्न प्रयत्न गरिरहेका छौँ । हाम्रो गाउँपालिकाको बलियो आधार पर्यटन नै हो । यसलाई टेवा पुर्याउन तारा खसे पोखरीले मद्दत गरेको उपाध्यक्ष वाईबाले बताउनुभएको थियो ।
कार्यक्रममा रोशी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष धनजीत लामाले ताराखसे पोखरी वडाको मात्रै नभएर सिँगो गाउँपालिकाको पर्यटन विकासका लागि बलियो आधार भएको बताउनुभएको थियो । ताराखसे पोखरीको थुप्रै किम्बदन्ती र पौराणिक महत्व रहेको बताउँदै यसलाई युवा पुस्तासम्म पुर्याएर आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थलको रुपमा विकास गर्न पहल भएको समेत कार्यक्रममा चर्चा गर्नुभएको थियो । संघीय सरकार बन्नुअघि पनि पुर्वाधार निर्माणको कामहरु भएको र संघीय सरकार गठनसँगै स्थानीय सरु गाउँपालिकाले तिव्रता दिएको जानकारी दिँदै संघीय सरकारको १ करोड आर्थिक सहयोगमा पोखरी क्षेत्र वरिपरि रेलिङ लगाउनुका साथै दर्शनार्थीको सहजताका लागि सिँढी निर्माण गरिएको, पार्किङ, स्नान घर, आवास भवन, शौचालय, पिकनिक स्पट, पानी धारा लगायतको निर्माण गरिएको बताउनुभएको थियो ।


यस ताराखसे लेक समुन्द्री सतहबाट २५ सय ५० मिटरको उचारमा रहेको हुँदा यो पोखरीमा जनैपुर्णिमाको दिन विशेष मेला लाग्ने गर्छ । यस वर्ष पनि सोमबार यहाँ विशेष मेला लागेको र मेला भर्न टाढाटाढाबाट सयौंको संख्यामा भक्तजनहरु आएको स्थानीय समाजसेवी दिपक राउतले बताएका छन् ।
किंवदन्ती अनुसार प्राचीन समयमा सोही ठाउँमा आकाशबाट तारा खसेको ठाउँमा पानीको उत्पत्ति भई पोखरी बनेपछि सोही ठाउँको नाम रहन पुग्यो तारा खसे पोखरी । पोखरी वरिपरि यति धेरै घना जङ्गल छ तर पोखरीमा रुखबाट झरेको पात एउटा पनि देख्न पाइन्न । हेर्दा जत्ति नै कालो पानी देखेता पनि तर अञ्जुलीमा लिंदा निर्मल स्वच्छ पिउन योग्य हुन्छ । कतिपय बाटोमा हिड्ने बटुवा, गोठाला र घाँस दाउरा जानेहरु यही पोखरीको पानी पिई आफ्नो प्यास मेटाउँछन् । अग्लो शिरमा अनौठो किसिमले पानी पोखरी बन्नुमा त्यहाँ केही शक्ति रहेको विश्वास राखिन्छ । यस लेकमा हजारौ प्रकारका जडिबुटीहरू पाईन्छन्, जसलाई मानव जीवनमा आएका विभिन्न रोगहरूलाई समेत निको पार्ने औषधीको रुपमा प्रयोग गर्दै आईरहेको स्थानीयहरु बताउँछन् ।
त्यसैगरी तीन धारा झरना पनि सोही लेकको एउटा उदाहरण मात्र हुन् । यसरी नै खोजीनिती गर्ने हो भने तीन धारा झरना, कमल पोखरी, घ्वाई झाङ, रानी पोखरी, म्हभीर, तारा खसे पोखरी, सीता पाइला, हात्ती आहाल जस्ता कयौं रमणीय ठाउँहरु यस क्षेत्रमा रहेको छ । ताराखसे लेक पुग्नको लागि काभ्रेको सदरमुकाम धुलिखेल देखि ५०–५५ किलोमिटरको अनुमानित दुरीमा रहेको स्थानीय दीपक राउतले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0