प्रभातफेरी अनलाइन२५९ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलबार(१ साल अघि)
काभ्रे । अनेरास्ववियू (क्रान्तिकारी) भुम्लु गाउँपालिका समितिको दोस्रो सम्मेलन नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश सचिवालय सदस्य तथा काभ्रे जिल्ला सचीव क. दैवलाल घिसिङ (अनुशिल) प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सम्बोधनका क्रममा प्रमुख अतिथि घिसिङले राष्ट्रको मेरुदण्ड भनेको विद्यार्थी शक्ति भएको हुँदा समाज रुपान्तरणको अभिन्न अंग भएर अगाडि बढ्न निर्वाचित कार्यसमितिलाई निर्देशन दिनुभएको छ । पछिल्लो समय विद्यार्थी संगठनहरु विधि, नीति भन्दा बाहिर रहेको जनगुनासो आइरहेको तर्फ इंकित गर्दै प्रमुख अतिथि घिसिङले विद्यार्थी नेतृत्व अनुशासित र संयमित भएर अगाडि बढ्न आग्रह समेत गर्नुभएको छ ।
सम्मेलनबाट सबिन थापाको अध्यक्षतामा चयन भएको समितिमा उपाध्यक्षमा रमिला थापा, सुमन महत, आयुष्मा श्रेष्ठ, सचिवमा करुण राज गिरी, सहसचिवमा निकेश पहरी, सुजन तामाङ, सुशील पहरी, कोषाध्यक्षमा सन्तोषी कुँवर, सदस्यहरुमा मनिष राज गिरि, कुमार ढलाकोटी, सुरज खडका, प्रकृति महत, सदिक खडका, नवराज खडका, सुनमाया तामाङ, सृष्टि उप्रेती, लिजा तामाङ, सबिन पहरी, पुष्पा भुजेल, अरिमा पहरी, प्रशान्त गिरि, सरोज भन्डारी, करिष्मा दर्जी र सीता भुजेल निर्वाचित भएका छन् ।
