बिपशना शाक्य
काभ्रे । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार इस्कोनसँगको सहकार्यमा बिग केयर हस्पिटल एण्ड ट्रमा सेन्टरले बनेपामा हेल्थ क्याम्प गरेको छ ।
सो हेल्थ क्याम्पमा सयभन्दा बढीले लाभ लिएको हस्पिटलका म्यानेजर रबिकराज कायस्थले जानकारी दिएका छन् । कायस्थका अनुसार क्याम्पमा हाडजोर्नी, सुगर, प्रेसर, थाइराइडका बिरामीहरुको संख्या बढी आएको जानकारी दिनुभएको छ । कायस्थका अनुसार श्रीकृष्ण जन्माष्टमीको महाउत्सवमा आएका भक्तजनहरुलाई जीवनजल र सिटामोल वितरण गरिएको जानकारी दिनुभएको छ ।
हस्पिटलका एचआर मेनेजर ग्रीष्मा शाक्यले बिग केयर हस्पिटल नयाँ व्यवस्थापनबाट यही भदौ महिनाभित्र सञ्चालन हुने पनि संवादका क्रममा बताउनुभएको छ । उहाँका अनुसार उक्त हस्पिटलबाट बहुविशेषज्ञता सेवाहरु स्त्री रोग, बाल रोग, हार्डजोर्नी, सामान्य चिकित्सा, नशा रोग विशेषज्ञका साथै २४सै घण्टा आकस्मिक सेवा तथा फार्मेसी, छिटो र छरितो प्रयोगशाला सेवा रहेको जानकारी दिनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |