प्रभातफेरी अनलाइन३०७ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार(१ साल अघि)
काभ्रे । नेपाल समाजवादी पार्टीले संगठन विस्तारको क्रममा गैर भौगोलिक समितिलाई पूर्णता दिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी महासचिव एवं पुर्व माननीय रमेश यादवले बदलिँदो राजनैतिक परिस्थितिका बारेमा चर्चा गर्नुभएको छ । विभिन्न आन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्न चनाखो भएर लाग्न महासचिव यादवले निर्देशन दिनुभएको छ ।
नेपाल समाजवादी पार्टीको गैर भौगोलिक समितिको भेलाले राधा थापालाई अध्यक्षमा चयन गरेका छन् । शनिबार सम्पन्न पार्टीको गैर भौगोलिक समितिको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो । उक्त भेलाले राधा थापाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति चयन गरेको छ । भेलाबाट निर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै पार्टी ईन्चाज एवं पूर्व सांसद ज्ञानेन्द्र कुमालले जिम्मेवारी प्राप्त गर्ने नेतृत्व प्रती पार्टीले ठूलो आशा भरोसा राखेको बताउँदै आफ्नो जिम्मेवारी भुई मान्छे सम्म पुर्याउन आग्रह समेत गर्नुभएको छ ।
यसैगरी पार्टीको केन्द्रीय समितिको बैठकले प्रचारप्रसार विभाग प्रमुखमा काभ्रे बनेपाका सबर कुमार प्रजापतिलाई चयन गरेको छ । पार्टीको भदौ ११ र १४ गते बसेको पार्टीको बैठकले प्रजापतिलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।