Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आस्था र आशाका कविः उपेन्द्र श्रेष्ठ

प्रभातफेरी अनलाइन ४०९ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
आस्था र आशाका कविः उपेन्द्र श्रेष्ठ

मोहन दुवाल, वरिष्ठ साहित्यकार
कवि उपेन्द्र श्रेष्ठ नेपाली साहित्यमा नौलो नाम होइन । विद्रोही भावनाका कविता कोर्ने उनी आफ्नो कवितामा अभिव्यक्तिको तीक्ष्णता बडो मार्मिक ढङ्गले प्रस्तुत गर्दथे । उनका कविताहरु मान्छेकै अस्तित्वका लागि जिउँदो आवाज बोकेर देखा पर्छन् । प्रगति र जागरणका लागि उनका कविताका पङ्क्तिहरु सृजित हुन्छन् । यथार्थप्रतिको अटल विश्वास र निष्ठामा उनका कविताहरु आस्था र आशाका केन्द्रविन्दुमा केन्द्रित भएर अनुभूति पोख्छन् । उनी आफ्ना असन्तुष्टि कवितामा यसरी पोख्छन् ः
फेरि यतिखेर
मभित्र बाँचेको दासले
मसँग
आफ्नो मुक्ति मागेको छ ।
कवि उपेन्द्र श्रेष्ठले आफ्ना धेरै कवितामा आफ्नो विद्रोही भाव र आस्थालाई अभिव्यक्त गर्ने गर्दथे । जीवन र जगत्प्रतिको उनको विश्वास नै उनको अटल भावना र चाहना पनि हो । नेपालीहरुका दुःख र बेथितिमा जनतालाई साथ दिने हुँकार फुकेका छन्, विद्रोह ओकलेका छन् । सत्ताको पिछलग्गू बनेर स्वाभिमानलाई बन्धकी राख्ने दिवास्वप्नका विरुद्ध कविता लेखेर आफ्नो चिन्तनलाई अगाडि राखेको देखिन्छ ।
सामन्तकालीन सोचकै विकृति हो व्यक्तिपूजा । कवि श्रेष्ठ सामन्ती सोचका विरुद्ध आफ्नो कविता यो व्यक्तिपूजा कति गर्ने हामीले ? मा यसरी व्यक्तिन्छन् ः
मात्र बुद्धको नाममा
निर्लज्ज भएर
कति माग्ने हामीले दालभात ?
मात्र ईश्वरको नाममा
मोक्षका लागि
यो बलिपूजा कति गर्ने हामीले ?
प्रजातन्त्र प्राप्तिपछि पनि जनताका चाहनाहरु पूरा हुन नसक्नु, देशमा विकास र प्रगतिका लहरहरु उठ्न नसक्नु, नेताजीहरुको संस्कार र स्वभावमा बेथितिहरु छरपष्ट देखा परिरहनु आदि प्रसङ्गहरु देखेपछि आफ्नो प्रतिक्रियास्वरुप कवितामा कविले अनुभूति पोख्न खोज्नु कविको समसामयिक स्थितिप्रतिको चिन्तन मान्नुपर्छ, जुन स्वाभाविक ठहर्छ । कवि उपेन्द्र श्रेष्ठ पनि आफ्ना कविताहरुमा देशको स्थिति, सामाजिक परिवेश, जनमानसको चाहना स्वरुप आफ्नो दृष्टि व्यवहार कवितामा सटिक अनुभूति पोख्न खोज्थे । नयाँ ऋतुको चाहना गर्ने उनका दृष्टिकोण कवितामा अस्वस्थ मौसम दूषित हावा विरुद्ध लक्षित छन् ।
कुबेलामा नाङ्गिनु परेको
जीउभरि दुःख र पीडाका
काँडैकाँडाहरु उम्रेको क्याम्टस हुँ म
नयाँ मौसम र नयाँ ऋतुको चाहनामा
कतिपल्ट हुने म नाङ्गो
नाङ्गो भएर पनि
मैले कति भोग्ने यो अस्वस्थ मौसम
मैले कति भोग्ने यो दूषित हावा … ? अँध्यारो परिस्थिति र परिवेशका विरुद्ध विद्रोह उठ्नु नराम्रो होइन । विद्रोहका स्वर अन्य अनुभूतिहरु कवितामा पोखिनु प्रगतिउन्मुख नै हुन्छ । उनका कविताले यस्तै विद्रोही भावधारा बोकेर जीवन्तता रोज्ने गर्छ । क्षत् विक्षत भएको छ मेरो वर्तमान कवितामा मानवीयतामा दरिद्रताको प्रवेश भएकोमा यसरी चिन्ता व्यक्त गर्छन् ः
ए मेरो मित्र
यो जातीय द्वन्द्व र संघर्षले
मरिसकेको छ मान्छेभित्रको प्रेमस्नेह
तिमीलाई के भनूँ म
यो जातीय कलहमा
बलमा डढेको छ मेरो बौद्धमय
क्षत विक्षत भएको छ मेरो वर्तमान ।
जीवनमा भोगेका दुःख, पीडा, विरह, आस्था, अनास्थाकै अनुभूति नै साहित्यमा प्रकट हुन्छ । साहित्यिक अनुभूति भनेको हावादारी कल्पनाको विषयवस्तु होइन । लेखनमा कसरी परिमार्जन ल्याउने भन्नेबारेमा लेखकहरुमा राम्रो किसिमको सोच हुनुपर्ने हो । यदि यसप्रकारको सोच नराखीकन लेखनलाई मनपरि लेखनको रुपमा स्वीकार्ने बाध्यता र कमजोरी देखाउँछ भने त्यो साहित्य फगत कोरा साहित्य बन्छ । यस्तै सोच बोकेर साहित्य सिर्जनामा रमाएका उनले कविताविधामा मान्छेको हितखातिर आफूलाई लगाइरहे । उनका कविताहरु त्यति क्लिष्ट छैनन् । भावधारा बुझ्न त्यति गाह्रो पनि छैन । विद्रोहलाई सटिक ढंगले व्यक्त गर्दथे उनका कविताहरुले ।
नयाँ मूल्य र मान्यताका लागि लेख्नुपर्छ, प्रत्येक नेपालीहरु मुक्त हुनुपर्छ । समाज, देश र जनमानसलाई शोषण, अन्याय लगायतका कुप्रवृत्तिबाट मुक्त बनाइनुपर्छ भन्ने विचार बोकेका उनले केही कथा र केही समालोचनाहरु लेखेता पनि कवितामै उनको कलम धेरै पोखियो ।
वि.सं. १९९२ माघ २० गते उनका बाबु जागीरे भई चिसापानीगढीमा रहँदा त्यही जन्मेका उनी ७४ वर्ष ४ महिना ४ दिन बाँचेर वि.सं. २०६७ जेठ २४ गते यस धर्तीबाट विदा भए । एम.ए.सम्म अध्ययन गरेका उनले थुप्रै संघ संस्थामा पनि सेवा पु¥याए । नारायणी कला मन्दिरका संस्थापक (२०१९), युवक साहित्य सेमिनारको संयोजक (२०२१), रामपुरमा भएको देशव्यापी साहित्य सेमिनारको संयोजक (२०२२) भई सेवा पु¥याएका थिए । उनका प्रकाशित कविताका कृतिहरुमा निम्तो (२०१७), पञ्चायत (२०२५), उपेन्द्र श्रेष्ठका कविता (२०३९), अस्वीकृति (२०५६), दासले मसँग मुक्ति मागेको छ  (२०५९) रहेका छन् । उनका कविताहरु हिन्दी र अँग्रेजीमा पनि अनुवाद भई प्रकाशित छन् भने उनले आधुनिक कविताको सम्वद्र्धनमा नयाँ योगदान पु¥याएवापत युगकवि सिद्धिचरण पुरस्कार (२०५४), प्रसिद्ध प्रबल गोदवा(२०३९), गद्दी आरोहण रजत महोत्सव पदक (२०५३), मधुपर्क पुरस्कार (२०६३), युगकवि सिद्धिचरण पुरस्कार (२०५३), हरिहर शास्त्री–सावित्रीदेवी स्मृति पुरस्कार र चितवन वाङ्मय प्रतिष्ठानबाट सम्मानित भइसकेका छन् ।
कविले आफ्नो तत्कालीन अवस्था र व्यवस्थालाई यसरी कवितामा चित्रण गरेका छन् ः
यो कत्रो विडम्वना आज सूर्य विहानी भएको छ
मेरो बोधिवृक्षको बुद्धले हिंसा र हत्यामा विश्वास राख्न थालेको छ
म फूलजस्तो कोमल सपना
यो हावा, पानी र माटोमा गर्भमै तुहिएको छ
म चेतना
म प्रकाश
म खण्डित भएर पनि इतिहासमा जीवितै छु ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0