Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खबरदारी सभामा संयुक्त मधेश संघर्ष समितिद्वारा जनतामा आग्रह

प्रभातफेरी अनलाइन २०४ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
Post Thumbnail

जनकपुरधाम । जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले नेपाली काँग्रेस र नेकपा एमालेद्वारा प्रस्तावित भइरहेको संशोधन जनताको समानुपातिक प्रतिनिधित्व र समावेशिताको अधिकार खोस्ने प्रतिगमन हो ठहर गर्दै त्यस्को विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
उक्त सभामा माओवादी केन्द्रको नेता पूर्वमन्त्री मधेश राष्ट्रिय मुक्ति मोर्चा, नेपालको इन्चार्ज मातृका यादव, पूर्व राष्ट्रिय सभा सदस्य तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लाल, मधेश राष्ट्रिय मुक्ति मोर्चाको संयोजक र संविधानसभा सदस्य जगत प्रसाद यादव, एकीकृत समाजवादीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको का. वा. अध्यक्ष रामकुमार महतो, जनाधिकार पार्टीको अध्यक्ष मो. इमदाद गड्डी, पूर्व मन्त्री माओवादी नेता महेन्द्र पासवान, मधेश प्रदेशका पूर्व मन्त्रीहरू भरत साह, ज्ञानेन्द्र यादव, बोधमाया यादव, नेसपाको महासचिव पवन कुमार साह, महोत्तरी गापाको अध्यक्ष दिलिप पाणडेय, तमलोपाका नेताहरु असगर अली, बिभा ठाकुर र सतीश लाल दासले आ–आफ्नो विचार राख्नुभएको थियो ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले सरकारको स्थायित्वको कुरा उठाउँदै के को स्थायित्व भ्रष्टाचार, भूटानी शरणार्थी, सुन तस्करी, ललिता निवास जग्गा घोटाला, गिरीबन्धु टी–स्टेटको जग्गा घोटाला काण्ड वा सहकारीको माध्यमले जनताको पैसा हडप्ने जस्ता कुराहरुको निमित्त स्थायित्व ? भन्ने प्रश्न राख्दै शासक समूहहरु वर्चस्वको निमित्त संविधानमा अनुचित संशोधन गरेर जनताले ठूलो संघर्ष गरेर जे जति अधिकार प्राप्त गर्न सकेका छन् त्यसलाई उल्टाउने षडयन्त्र भइरहेको आरोप समेत लगाउनुभएको थियो । लालले भ्रष्टाचार अन्त्य गर्ने, भागबन्डा, भाईभतीजावाद समाप्त गर्ने र विधिको शासन मजबूत गर्नेतिर बहस किन भइरहेको छैन भन्ने प्रश्नको उठान गर्दै अग्रगामी संविधान संशोधनको मांग गर्दै प्रतिगामी कुरा गरे कडा संघर्षको बाध्यता हुने चेतावनी समेत दिएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेशको मुद्दाको मामिलामा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल डटेर संघर्ष गर्ने कहिल्यै पछाडि नहुने भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति, समानुपातिक समावेशिताको गारन्टी र समग्र मधेश एक प्रदेश हाम्रो लक्ष्य रहेको बताउँदै प्रतिगमनको हामीले डटेर मुकाबिला गर्नेछौं र यसको निमित्त तयार रहेको बताउनुभएको छ ।
खबरदारी सभामा सबै वक्ताहरुले संविधान संशोधन गरी प्रदेशको सीमांकनमा पहचान आधारित सुधार र समग्र मधेश एक प्रदेश, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक निर्वाचनको क्षेत्र प्रदेश हुनु पर्ने, थ्रेस होल्ड हटाइनु पर्ने, प्रादेशिक राजनीतिक दलहरुलाई मान्यता दिनु पर्ने, माग राखेका थिए । वक्ताहरुले प्रतिनिधिसभाबाट समानुपातिक निर्वाचन हटाइने प्रस्तावको कडा बिरोध गरेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेले पंचायतको एक दलीयताको तर्जमा दुईदलीयता लाद्न खोजेको र बहुदलीयता मास्ने षडयन्त्र गरिरहेको आरोप वक्ताहरुको थियो ।
संयुक्त मधेश संघर्ष समितिले मधेशका सबै जिल्लाहरुमा यस्तै खबरदारी सभा आयोजन गरी आन्दोलनको तयारी गर्ने समेत बताइएको थियो । उक्त सभामा सबै संघीयतावादी पहचानवादी दलहरुलाई सत्ताको दलदलबाट निस्केर गोलबन्द हुन आह्वान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0