Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सधैंभरि संस्थापक र अग्रजहरुको नाम भजाएर खाने दिन सकियोः पूर्व प्रधानमन्त्री देउवा

प्रभातफेरी अनलाइन ४८१ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
सधैंभरि संस्थापक र अग्रजहरुको नाम भजाएर खाने दिन सकियोः पूर्व प्रधानमन्त्री देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव विपी कोइरालाको प्रतिमा अनावरण गर्ने क्रममा कांग्रेसी नेता तथा कार्यकर्ताहरुलाई सधैंभरि संस्थापक र अग्रजहरुको नाम भजाएर खाने दिन सकिएको जानकारी दिँदै कांग्रेसको नेता बन्ने हो भने जनतासँग हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले पछिल्लो गठबन्धनप्रति इंकित गर्दै जनताले राखेका जुन अपेक्षासहित सरकार बनेको छ, ति अपेक्षाहरु पूरा गर्न सकिएन भने जनतामा निराश पैदा हुने हुँदा जनमानसमा सकारात्मक सन्देश जाने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार धुलिखेलमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले धेरै साना दलहरु मिल्नुभन्दा ठूला दलहरु मिलेर सरकार बनाउनुलाई नागरिकले दिगो हुने विश्वास लिएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले महामानव बिपी कोइरालाले देखाएको बाटो कांग्रेसका लागि सधैं प्रेरणादायी रहने भन्दै आम कांग्रेसजनले उहाँका सिद्धान्तलाई कहिल्यै भुल्न नहुने बताउँदै बिपी कोइरालाले देखेको सपना अनुसार निर्माण भएको बिपी राजमार्गले पूर्वी नेपाललाई काठमाडौंसम्म जोड्ने छोटो मार्गको काम गरेको भनाइ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले राख्नुभएको छ । हामी अहिले काम भएन भएन मात्र भन्छौं तर किन भएन भनेर खोजी गर्दैनौं भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति देउवाले नेताहरुलाई गाली मात्र गरेर भन्दा आफ्नो तहबाट काम गरेर मात्र देशको विकास सम्भव हुने बताउनुभएको छ ।
अग्रज नेताहरुले छोडेर गएका अधुरा कामहरु पूरा गर्ने जिम्मेवारी अब पछिल्लो पुस्ताको काँधमा आएको बताउँदै देउवाले अप्ठ्याराहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । जनताका कामहरुमा सबैले जिम्मेवारीपूर्ण रुपमा कर्तव्य पूरा गरेर जानुपर्ने आवश्यकता औंल्याउँदै आगामी दिनमा पार्टीलाई कसरी राम्रो गरेर अगाडी लैजान सकिन्छ भन्नेमा सबैले सोच्नुपर्ने र पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने भन्दै नेता कार्यकर्तालाई यसमा लाग्न निर्देशन समेत दिनुभएको छ ।
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपी पुत्र शशांक कोइरालाले पार्टीमा युवापुस्तालाई स्थान दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अहिले देशमा जे जे विकास भएका छन् ती सबैमा कांग्रेसको ठूलो योगदान रहेको बताउँदै कोइरालाले युवाहरु विदेश गएर होइन, स्वदेशमै काम गरेर देश विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वमहामन्त्री एवं बिपी पुत्र कोइराला थप्नुहुन्छ– हामीले कहिले पनि युवाहरुलाई स्थान दिएनौं, सधैं नेतामा मात्र केन्द्रीत भयौं । त्यसैले आज लाखौं युवा अवसरको खोजीमा विदेश गएका हुन् । बिपीले देखाएको त्यागलाई हामीले भुल्नु हुँदैन । उहाँले देखाएको बाटो बिराउनु नहुने बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता शिव हुमागाईंले महामानव विपीको योगदानका बारेमा चर्चा गर्दै पहाड, तराई र राजधानीलाई जोड्ने जुन किसिमको परिकल्पना गर्नुभयो, त्यसले आज सार्थक रुप पाएको छ । तत्कालिन राणा शासकले २२ दिन लगाएर राजधानी ल्याउने क्रममा उहाँ पाइलाहरु जहाँ–जहाँ परे, त्यहाँ–त्यहाँ समृद्धिका ढोकाहरु खुल्न पुगे । जसको उदाहरण विपी राजमार्गलाई लिन सक्छौं । विपीको सपना अनुसार कांग्रेस चल्न सकेको भए, आज यो मुलुकमा कम्युनिष्टहरुको उदय हुने थिएन । नेपाली कांग्रेसभित्र जुन किसिमको संकीर्णता मौलायो, त्यो नै आजको अवस्थाको जड हो । यसबाट हामी माथि उठ्न जनताले घच्घच्याइरहेका छन् । हामी भने हाम्रो अहमता छोड्न सकिरहेका छैनौं । जसको तीतो अनुभव बेला बेलामा भोग्ने गरेका छौं । विकास कांग्रेसको पर्यायवाची शब्द हो । समग्र मुलुकदेखि काभ्रे जिल्लाका अनकन्टार बस्तीहरुसम्म विकासको ढोका खुलेको छ त त्यहाँ कांग्रेसकै योगदान छ । यसलाई हाम्रा कार्यकर्ता, शुभेच्छुकहरुले नगदेबालीको रुपमा विकास गर्न सक्नु भएन जसका कारण काम गर्ने कालु मकै खाने भालु भनेजस्तै कम्युनिष्टहरुले कुरा जोतेरै जनतालाई भ्रममा बाँच्न बाध्य बनाए । जसको पछिल्लो उदाहरण धुलिखेल–खावा सडक खण्डलाई लिन सकिन्छ । जसको नेतृत्व कम्युनिष्ट सत्ताले लिएको छ । यहिँबाट पनि हामी आँकलन गर्न सक्छौं, कम्युनिष्ट काम गर्दाे रहेछ कि कुरा गर्दो रहेछ ! प्रष्ट भाषामा भन्नुपर्दा आज धुलिखेल–खावा सडक उपयोग गर्ने लाखौं यात्रुहरुको दर्दनाक पिडालाई रमिते बनेर कम्युनिष्ट सत्ता बसेको छ । यसतर्फ कांग्रेसी नेतृत्वजनले ध्यान पु¥याउनुहुनेछ भन्ने कुरा यही मञ्चबाट अनुरोध गर्न चाहन्छु ।
सम्बोधनकै क्रममा नेता हुमागाईंले हजारौं निष्ठावान् तरुण युवाहरुको भावनालाई कदर गर्दै जिल्ला नेतृत्वले अतितबाट पाठ सिक्दै वर्तमान र भविष्यमा काभ्रे कांग्रेसका बारेमा इतिहास रच्नुपर्ने अवस्था हाम्रा अगाडि रहेको बताउनुभएको छ । यो चुनौतीलाई सबै नेतृत्वजनहरु मिलेर सामना गर्नसके मात्र काभ्रे कांग्रेसको भविष्य सुनिश्चित हुने देखिन्छ । यसको पछाडि कुशल युवा नेतृत्व, जिल्ला सभापति तिर्थ लामाजीको महत्वपूर्ण भूमिकाकै कारण आज यो मञ्च उल्लासमय बनेको छ । लाखौं–लाख कांग्रेसी शुभचिन्तकहरुमा उर्वरा मिलेको छ यसलाई कुण्ठित गर्ने काम कुनै तह र तप्काबाट हुने छैन भन्ने विश्वास आफ्नो रहेका नेता हुमागाईंले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।
यस्तै कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेस फुटेर नभइ जुटेर अघि बढ्ने हो भने अरु दलले आँखा खोल्न पनि आँट नगर्ने बताउनुभएको छ । बस्नेतले कांग्रेसभित्र कुनै कुराको कमी नभए पनि किन सफल हुन सकिरहेको छैन भन्दै प्रश्न समेत राख्नुभएको छ । अर्का केन्द्रीय सदस्य मधु आचार्यले बिपीले देखाएको विकासको मार्ग, विकृति र विसंगतिविरुद्ध लाग्नुपर्ने सन्देश लगायतले अहिलेको कांग्रेस बनेको बताउँदै आगामी पुस्तामा बिपीवाद हुनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले कांग्रेस अब सबै सधैं सँगै मिलेर जाने भन्दै बिपी कोइरालाको शालिक निर्माण गर्दाका समस्या र अहिलेको अवस्थामा आइपुग्दासम्मका घटनाक्रमहरुका बारेमा जानकारी दिनुभएको छ । कार्यक्रममा केन्द्रीय सदस्य गणेश लामा, कांग्रेस वागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेलगायतले बिपीका सिद्धान्तलाई आत्मसाथ गर्दै सबै अघि जान सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0