Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

छैठौं दिनसम्म आइपुग्दा ५औं बनेपा महोत्सवले इतिहास रच्न पुग्यो

प्रभातफेरी अनलाइन ३७५ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलबार (१ साल अघि)
छैठौं दिनसम्म आइपुग्दा ५औं बनेपा महोत्सवले इतिहास रच्न पुग्यो

काभ्रे । बनेपा बोइज क्लब (बिबिसी) द्वारा आयोजित ‘५औं बनेपा महोत्सव २०८१’ को छैठौं दिनसम्म आइपुग्दा यस अघिका महोत्सवहरुलाई ओझेलमा पार्दै इतिहास रच्न सफल भएको अवलोकनकर्ताहरुले समिक्षा गरेका छन् ।
गत शुक्रबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले स्थानीय उत्पादन संरक्षण तथा प्रर्बद्धन गर्न प्रदेश सरकार अग्रसर रहने बताउनुहुँदै शुभारम्भ गर्नुभएको महोत्सवले स्थानीय, जिल्लावासीलाई मात्र नभई छिमेकी जिल्लाका आन्तरिक पर्यटनमा रम्नेहरुका लागि आकर्षक गन्तव्य थलो बन्न पुगेको छ बनेपा महोत्सव २०८१ ।
उद्घाटन कार्यक्रममा मन्त्री काफ्लेले पछिल्लो समय देशमा सबै क्षेत्रका आर्थिक क्षेत्र घाटामा गइरहेको अवस्थामा स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरुको संरक्षण र प्रवद्र्धन गर्नाले आर्थिक समृद्धि हुने अपेक्षा गरिएको बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले यस प्रकारको मेला महोत्सवले स्थानीय उत्पादन तथा कलाको संरक्षण तथा प्रर्बद्धन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
असोज ४ गतेदेखि १९ गतेसम्म चल्ने बनेपा महोत्सव–२०८१ मा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांंस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन गर्ने, खेलकुदको विकास, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने प्रमुख उद्देश्य रहेको बनेपा बोइज क्लब (बिबिसी) का अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिँदै कृषि, घरेलु सामाग्री लगायत १ सय भन्दा बढी व्यापारिक स्टल रहने महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बाल उद्यानको समेत व्यवस्थाले अभिभावक तथा बालबालिकाहरुको रोजाइमा यो पटकको महोत्सव परेको छ भने साथमा नयाँ आकर्षण दिएको खेलकुदले पनि खेलप्रेमीहरुलाई महोत्सवहरुलाई तान्न महत्वपूर्ण भूमिका खेलेको अवलोकनकर्ताको बुझाई छ ।
प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकार सम्मिलित सांस्कृतिक कार्यक्रमका साथै जिल्ला भित्रका नवप्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता दिइनेछ भने महिला भलिबल, युथ फुटबल, खुल्ला नृत्य तथा गायन, मार्सलआर्ट र धिमे बाजा समेतको दैनिक प्रस्तुतीले अवलोकनकर्ताहरुलाई दोहो¥याई–दोहो¥याई मनोरञ्जन लिनका लागि प्रेरित गरेको आयोजक प्रतिनिधि एवं बिबिसीका अध्यक्ष कर्माचार्यले जनाएका छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0