Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहयोगी हातहरु पिडितसम्म पुग्नुपर्छ ! जहाँ विपद् त्यहाँ लायन्स

प्रभातफेरी अनलाइन ४०३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
सहयोगी हातहरु पिडितसम्म पुग्नुपर्छ ! जहाँ विपद् त्यहाँ लायन्स

काभ्रे । सेवा नै धर्म हो भन्ने मुल नारा सहित मानवीयता पहिलो प्राथमिकता भन्दै लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल उद्देश्यलाई आत्मसाथ गरेर लगातारको वर्षाका कारण बाढी पहिरोमा परेका पिडितहरुलाई राहत उपलब्ध गराउने कार्य सोमबार काभ्रेको होक्सेबाट सुरु गरेको छ ।
लगातार आएको बर्षाको कारणले बाढीपहिरो पीडित काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ८ स्थित होक्सेका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥याएको र त्यहाँका केही स्थानमा मानिसहरुलाई खानाको अभाव भएको स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीले जानकारी गराएपछी आपतकालिन खाद्य सामग्री लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालको टिम घटनास्थल पुगेर राहत वितरण गरेको छ ।

प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेको नेतृत्वमा राहत सामाग्री वितरण गर्दै हामी पहिलो चरणमा यहाँ होक्सेमा आइपुगेका छौं हामी विभिन्न चरणमा पीडितहरुकै ठाउँसम्म पुगेर राहत सामग्री उपलब्ध गराउनेछौं । लायन इन्टरनेशनल ३२५ आइ नेपालको फुड बैकमार्फत् यो अभियानलाई पिडितसम्म पु¥याउन डिष्ट्रिक्ट लागि परेको छ । यो संगीन अवस्थामा बाँच र बचाउनका लागि सम्पूर्ण लायन मित्रहरुमा डिष्ट्रिक्टले आव्हान समेत गरेको लायन खरेलले जानकारी गराउनुभएको छ । राहतलाई दुरुपयोग नगर्न इंकित गर्दै लायन खरेलको आग्रह छ– राहतमा प्रत्येक लायनहरुको श्रम, पसिना जोडिएको छ । यहाँ कसैको निगाहा जोडिएको छैन । स्वतः स्फूर्त रुपमा लायनहरुले आफ्नो छाक काटेर पिडितहरुको पिडामा मलमपट्टि लगाउन लागिपरेका छन् । यसलाई गलत रुपमा नबुझ्न पनि आग्रह गर्नुभएको छ ।

सम्बोधनकै क्रममा हामीले कसैको सहयोग मागेर ल्याउने हैन हामी हाम्रै लायन साथिहरुसँग फन्ड तयार गरेर तपाइहरुलाई सहयोग गर्ने हो, हामी एन.जि.ओ. आइ. एन. जि.ओ. जस्तो डलर ल्याएर सहयोग गर्दैनौ हामी आफैं सहयोगी संस्था हौं, हामी हाम्रै सदस्यबाट रकम उठाएर तपाईं पिडितहरुलाई सहयोग गर्छौं भन्नुभएको छ ।

उक्त अवसरमा प्रमुख अतिथि मल्टिपल ३२५ कोअर्डिनेट एमसिसि÷पिसिसि लायन मन बहादुर रोक्काले लायन हाम्रै परिवार भएकोले दुःखद परिस्थितिमा लायन अगाडी सरेर सहयोग गर्ने बताउनुभएको छ । लायन रोक्काले लायनवादको उद्देश्यलाई आत्मसाथ गर्ने प्रत्येक लायन अभियान्ताको दायित्व हो । “जहाँ विपद् त्यहाँ लायन” भन्ने नारालाई सार्थक दिनु प्रत्येक लायनको धर्म पनि हो । जो जहाँ छौं, त्यहिँबाट सेवाका हातहरु अगाडि बढाउनु हामी प्रत्येक लायनको दायित्व पनि हो । त्यहि कारण छिटोभन्दा छिटो पिडितसम्म पुगेर राहत दिनु हाम्रो जिम्मेवारी पनि हो । जसको पहिलो प्रयास पाँचखाल नगरपालिका वडा नं. ८ होक्सेका पिडितहरु समक्ष आइपुगेका छौं । तपाईं पिडितहरुले हाम्रो यो सानो प्रयासलाई न्यायोचित ढंगबाट लिनुहुनेछ भन्ने पूर्ण विश्वास आफूले लिएको पिसिसि लायन रोक्काले सम्बोधनका क्रममा बताउँदै पिडितहरुको बाँच्न पाउने अधिकारलाई लायनवादले सुनिश्चित गर्नेछ । यो प्रत्येक लायनको जिम्मेवारी पनि भएको बताउनुभएको छ । डिष्ट्रिक्ट को–चिफ एडभाइजर (फुड बैंक) लायन जनार्दन फुयालले पिडितको घाउमा मलमपट्टी लगाउने प्रतिबद्धतासहित मानवीय दृष्टिकोणबाट यो अभियान लिएर तपाईं पिडितसामु आएको बताउनुभएको छ ।

कार्यक्रमका कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सुर्य केसीले लायन्स क्लबले नेपालमा दैबी प्रकोप तथा अन्य बिपत्ति परेको बेला सदैब सहयोग गर्दै आएको बताउनुभएको छ । त्यस्तै यस राहत कार्यलाइ छिटो भन्दा छिटो पिडित माझ पुर्याउन प्रमुख भुमिका खेल्ने पि.आर.ओ. इन चिफ लायन बिष्णु भण्डारी, क्लस्टर चिफ लायन संगिता के सि लगायत लायन लिडर लायन प्रल्हाद शर्मा हुमागाईं, जोन ४५ का जोन चियर पर्सन लायन रामप्रसाद ढकाल लगायतले राहत वितरणमा समन्वय भुमिका गरेकोमा डिष्ट्रिक्ट एवं सबै क्लब र सहयोगी हातहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।


लायन्स क्लब अफ काठमाडौं पूर्वक्षितिज काभ्रे, लायन्स क्लब अफ काभ्रे गोसाइस्थानका अध्यक्ष लायन भेषराज शाह, लायन्स क्लब अफ काठमाडौं चौरीदेउरालीका अध्यक्ष सन्तोष गौतम, लायन्स क्लब अफ काठमाडौं टेम्पल पिसका अध्यक्ष लायन दिपक थापा, लायन्स क्लब अफ काठमाडौ माँ चण्डेश्वरीका प्रथम उपाध्यक्ष लायन जेनिशा श्रेष्ठ लगायत अन्य क्लब र डिष्ट्रिक्टको सामुहिक उपस्थितिमा करिब ३० परिवारलाई खाद्य सामाग्री स्थानिय प्रशासनको रोहबरमा वितरण गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0