Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जटिल परिस्थितिमा पनि चलायमान हुन सक्नु नै काँठु गणेश साकोसको पहिचान होः नगर प्रमुख

प्रभातफेरी अनलाइन ४६४ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (१ साल अघि)
जटिल परिस्थितिमा पनि चलायमान हुन सक्नु नै काँठु गणेश साकोसको पहिचान होः नगर प्रमुख

काभ्रे । सहकारीहरुमा छुट्टै पहिचान राख्दै आएको काँठु गणेश साकोसको २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि शान्ति रत्न शाक्यले अहिलेको अवस्थामा शेयर सदस्यहरुबाट कुनै किसिमको गुनासो आउने काम नभएकोमा काँठु गणेश साकोसप्रति आभार व्यक्त गर्दै जटिल परिस्थितिमा पनि आफूलाई चलायमान राख्न सकेकोमा काँठु गणेश साकोसप्रति आभार व्यक्त गर्नुभएको छ ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि शाक्यले आज सहकारीहरु जुन चुनौतीमा छन्, त्यसको समाधान गर्नसक्नु नै त्यो सहकारीको पहिचान हो । आफ्ना शेयर सदस्यहरुको भावना अनुसार आफूलाई रुपान्तरण गरेर स्थापित हुने कार्य भएको छ । जसका लागि सिंगो सञ्चालक समिति जिम्मेवार ढंगबाट परिचालित छ भन्ने उदाहरण पनि हो । पारदर्शी ढंगबाट कार्यालय सञ्चालन, व्यवस्थापन गरेर शेयर सदस्यहरुमा लोकप्रियता प्राप्त गरेकै नमूनाका रुपमा काँठु गणेश साकोसलाई लिन सकिने बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपमन्त्री राजु सिग्देल लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुले अहिलेको अवस्थामा काँठु गणेश साकोसले सहकारीको क्षेत्रमा पु¥याएको योगदानको उच्च चर्चा गर्नुभएको छ ।
२१औं वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन संस्थाका सचिव दिपेन्द्र श्रेष्ठ, आर्थिक प्रतिवेदन कोषाध्यक्ष निर्मल मुस्याजु, लेखा तथा सुपरीवेक्षण प्रतिवेदन संयोजक राममाया मानन्धरले सभामा पेश गर्नुभएको थियो भने सभाको अध्यक्षता संस्थाका अध्यक्ष हरिगोपाल मानन्धरले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष इन्द्रलाल मानन्धरले राख्नुभएको थियो ।
खुल्ला सत्रमा सहकारीप्रति अनुकरणीय योगदान पु¥याउने विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा उत्कृष्ट दैनिक बचततर्फ पवित्रा अधिकारी, उत्कृष्ट क्रमिक बचततर्फ माया देवी कटिला, उत्कृष्ट नियमित कारोबारमा बसन्त कुमार महत, त्यसैगरी जेष्ठ नागरिक शेयर सदस्यतर्फ शिवहरि गिरी, तुलसीमाया मानन्धर, हरिभक्त कारञ्जित, ज्वारलाल मानन्धर, घनश्याम चौप्रधान, प्रकाश चौप्रधान हुनुभएको छ भने बाल बचततर्फ ४३ जना बालबालिकाहरुलाई सम्मान गरिएको जानकारी सभामा गराउनुभएको छ । त्यस्तै सुत्केरी महिला शेयर सदस्यहरुमा ५ जनालाई सहयोग प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाको आ.व. ०८०।०८१ को कारोबार पश्चात् वित्तिय स्थिति वासलात ११ करोड ४४ लाख १० हजार ४४ रुपैयाँ ५२ पैसा, ऋण लगानी १ करोड २३ लाख २९ हजार १ सय २७, बैंक मौज्दाता ब्याज १६ लाख ८४ हजार ७ सय ९० रुपैयाँ ४६ पैसा, अन्य सञ्चालन आम्दानी १६ लाख ३९ हजार ७ सय ८१ र गैर सञ्चालन आम्दानी ४ हजार ३ सय २७ रुपैयाँ ८५ पैसा समेत गरी संस्थाको कुल आम्दानी १ करोड ५६ लाख ५८ हजार २६ रु रुपैयाँ ८१ पैसा भएकोमा प्रशासनिक खर्चतर्फ १९ लाख ७६ हजार ४ सय ३७ रुपैयाँ ३ पैसा, कर्मचारी खर्चमा १३ लाख ८० हजार ५ सय ५८ रुपैयाँ र ब्याज खर्चमा ८६ लाख ४१ हजार ५ सय ५७ गरी जम्मा रु. १ करोड १९ लाख ९८ हजार ४ सय ५२ रुपैयाँ ३ पैसा खर्च भई कुल नाफा ३६ लाख ५९ हजार ५ सय ७४ रुपैयाँ ७८ पैसा रहेकोमा ह्रास कट्टी व्यवस्था अन्तर्गत १ लाख १८ हजार ६ सय ३५ रुपैयाँ ७९ पैसा र आयकरतर्फ ३ लाख ५३ हजार ६ सय ६१ रुपैयाँ ११ पैसा व्यवस्थापन गर्दा खुद नाफातर्फ ३१ लाख ८७ हजार २ सय ७७ रुपैयाँ ८८ पैसा रहेको प्रतिवेदनमा उल्लेख गर्दै कोषाध्यक्षले यस वर्षको खुद मुनाफा सहकारी ऐन नियमावली र संस्थाको विनियममा तोकिएको व्यवस्था अनुसार ३१ लाख ८७ हजार २ सय ७७ रुपैयाँ ८८ पैसा रहेको उल्लेख गर्नुभएको छ ।
त्यसैगरी आ.व. ०८१।८२ का लागि अनुमानित ११ करोड ६१ लाख ७७ हजार स्रोत व्यवस्थापन गरिएको रकम मध्ये ७० प्रतिशत अन्तर्गत ८ करोड १३ लाख २९ हजार ९ सय शेयर सदस्यहरुलाई ऋण लगानी गर्ने र बाँकी ३० प्रतिशत अर्थात् ३ करोड ४८ लाख ५३ हजार १ सय दैनिक आर्थिक कारोबारका लागि तरलता व्यवस्थापन गरिने समेत सभामा जानकारी गराइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

  • Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0