Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाढी पहिरोबाट जे–जे क्षति भएको छ, त्यसको सम्बोधन नगरले गर्नेछः नगर प्रमुख लामा

प्रभातफेरी अनलाइन ५६३ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार (१ साल अघि)
बाढी पहिरोबाट जे–जे क्षति भएको छ, त्यसको सम्बोधन नगरले गर्नेछः नगर प्रमुख लामा

विपद्ले सबैभन्दा प्रभावित महिला र बालबालिकालाई बनाएको छः एलिश एकुङ्गा युनिसेफ प्रतिनिधि

काभ्रे । बाढी प्रभावित समुदायका लागि नगद वितरण गर्न काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका आइपुग्नुभएका युनिसेफ प्रतिनिधि एलिशाले यो विपद्को घडीमा दाता निकाय हातेमालो गर्न तयार भएको बताउनुहुँदै विपद्ले सबैभन्दा बढी प्रभावित महिला र बालबालिकाका लागि विशेष योजनाका साथ आएको बताउनुभएको छ ।
आज नमोबुद्ध नगरपालिका वडा नं. ६ धुँवाकोट आइपुग्नुभएका युनिसेफ प्रतिनिधि एलिश एकुङ्गाले पिडितहरुलाई नगद हस्तान्तरण गर्दै यो विपद्को घडीमा भएको क्षतिको लेखाजोखा गरिरहन सकिँदैन । स्थानीय स्तरमा स्रोत साधनहरुको उपयोग गरेर पुनर्निर्माणतर्फ स्थानीय नेतृत्व अगाडि बढ्न आवश्यक रहेको चर्चा गर्नुहुँदै खानेपानी लगायतका क्षेत्रमा युनिसेफले सहयोग गर्न कञ्जुस्याईं नगर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
बाढी पहिरो प्रभावित समुदायका लागि दाता निकाय सहकार्य गर्न तयार रहेको बताउँदै यसका लागि स्थानीय जनप्रतिनिधिहरु पनि सोही किसिमबाट तयार हुनुपर्ने आशय व्यक्त गर्दै जति भौतिक क्षति भएका छन्, त्योभन्दा बढी त्यसले महिला र बालबालिकामा धेरै मानसिक रुपमा असर पु¥याएको छ । त्यसका लागि दाता निकायबाट पु¥याउनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।


कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले असोज १० देखि १२ गतेसम्म परेको भिषण वर्षाका कारण आएको बाढी पहिरोमा परी नमोबुद्ध नगरपालिकामा ठूलो जनधनको क्षति भएको अधिकांश घरहरु पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएको, नगरभित्रका अधिकांश सडकहरु बाढीले बगाएको तथा पहिरोमा पुरिएको अवस्थामा रहेको सयौं रोपनी खेतीयोग्य जमिन नष्ट भएको, नगरभित्र झण्डै २ अर्बभन्दा बढीको खानेपानी योजनाहरुमा क्षति पुगेको, ४५ वटा विद्यालयमा आंशिक क्षति र एउटा विद्यालय पूर्ण रुपमा क्षति भएको, आवास, सञ्चार, भौतिक पूर्वाधार, विद्युत्, आवागमन लगायतका क्षेत्रहरुमा क्षति पु¥याएको कारणले नै संघीय सरकारले यस नगरलाई संकटग्रस्त नगर घोषणा गरेको सम्बोधनका क्रममा स्मरण गराउनुभएको छ ।
बाढी पहिरो र भिषण वर्षाका कारण घरबारविहिन सुकुम्बासी बन्न पुग्नुभएका नगरवासीहरुले आफूलाई सम्हाल्न आग्रह गर्दै नगर प्रमुख लामाले कुनै पनि नगरवासीलाई सुकुम्बासी हुन नदिने प्रण समेत गर्नुभएको छ । मानवीय संकट तथा हृदयविदारक यस अवस्थालाई महसुस गरी पिडितहरुको उद्धार, राहत, पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि राहत वितरण, अस्थायी खानेपानीको व्यवस्थापन तथा प्रभावित घर परिवारलाई गुजारा चलाउने, पोषणयुक्त खानेकुराका लागि नगद रकम हस्तान्तरणका साथै आगामी दिनमा अन्य सहयोग र सहकार्य गर्न युनिसेफले प्रतिबद्धता जाहेर गर्नुले सिंगो नगरवासीको तर्फबाट आभार व्यक्त गर्दै यस विपत्को घडीमा युनिसेफले पु¥याएको सहयोगको उच्च सम्मानका साथ आगामी दिनमा जनप्रतिनिधिको हैसियतबाट आफूले खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने प्रतिबद्धता नगर प्रमुख लामाले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ ।


सम्बोधनकै क्रममा ६ नंं वडा अध्यक्ष एवं नगर प्रवक्ता टिका बहादुर केसीले बाढी पहिरोको कारण १ सय १९ वटा खानेपानी आयोजनाहरुको संरचनामा क्षति पु¥याएको, २ सय ४७ वटा नगर तथा वडास्तरीय सडकहरुमा क्षति पु¥याएको जसको कारण यातायात एवं मानव आवतजावतमा अवरोध सिर्जना भएको अधिकांश नगरभित्रका पक्की तथा झोलुंगे पुलहरु क्षतिग्रस्त भएकोले यि तथ्यहरुलाई मनन गर्दै मानव तथा भौतिक विकासलाई प्राथमिकतामा राखी नगरले आफ्नो नीति कार्यक्रम तथा बजेट तर्जुमा गरी विविध क्रियाकलाप सञ्चालन गरिरहेको बताउनुहुँदै गत असोज १० देखि १२ गतेसम्म परेको भिषण वर्षाका कारण पूर्ण, आंशिक र सामान्य रुपमा क्षतिग्रस्त भएका घरधुरी तथा परिवारको विस्तृत तथ्यांकको आधारमा ९ सय ६० घरधुरी तथा घरपरिवारहरु रहेको स्मरण गराउँदै कार्यपालिका बैठकले गरेको निर्णयानुसार प्रमाणीकरण गरी आज राहत वितरणका लागि तयार रहेको बताउनुभएको छ ।
यसरी प्रभावित घरपरिवारलाई युनिसेफको सहयोगमा नमोबुद्ध नगरपालिकाद्वारा सञ्चालन गरिने CERF AA कार्यक्रमका लागि पूर्ण तथा आंशिक रुपमा प्रभावित ५ जनासम्म परिवार सदस्यका लागि नगद रु. १५ हजारका दरले ४ सय ५३ घरपरिवारलाई आवश्यक पर्ने ६७ लाख ९५ हजार नगद व्यवस्था भएको छ भने ५ जनाभन्दा बढी परिवार संख्या रहेका घरधुरीका लागि प्रति परिवार २० हजारका दरले ३ सय ९२ घरपरिवारका लागि आवश्यक पर्ने कुल रकम ७८ लाख ४० हजार र कार्यालय सञ्चालन खर्च ४ लाख ५ हजार ५ सय गरी जम्मा १ करोड ५० लाख ४० हजार ५ सय नगद युनिसेफले व्यवस्था गरी नमोबुद्ध नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिसकेको जानकारी गराउनुहुँदै उक्त राहत रकम युनिसेफ प्रतिनिधिकै हातबाट पिडितसम्म पु¥याउन पाउनुले हामी जनप्रतिनिधिमा उर्जा प्राप्त भएको बताउनुभएको छ ।
सोही सम्बन्धी जानकारी दिँदै प्रवक्ता केसीले नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित दाप्चा खानेपानी, वडा नं. ११ स्थित बिमिरे खानेपानी, वडा नं. ६ स्थित धुँवाकोट खानेपानी र वडा नं. ११ स्थित डाँडाकटेरी खानेपानीमा युनिसेफले पु¥याएको सहयोग साथै सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषणयुक्त खानेकुरा तथा न्यानो कपडा, सरसफाईका सामग्री समेत सहयोग पु¥याउनुहुने दाता युनिसेफलाई म व्यक्तिगत र नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमको सहयोगको अपेक्षा राखेको बताउनुभएको छ । कार्यक्रममा जनाएअनुसार बाढी प्रभावित समुदायलाई प्राप्त नगद सहयोग शुक्रबारसम्म सबै पिडित सामु वडा कार्यालय मार्फत् पु¥याइने जानकारी गराइएको छ ।
उक्त कार्यक्रमको सहजीकरण सामाजिक अभियान्ता एवं रेडक्रसकर्मी बिलबहादुर श्रेष्ठले गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0