logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

काभ्रे रेडक्रसले १५ सयलाई राहत दिने

प्रभातफेरी अनलाइन१८४ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलबार(१ साल अघि)
काभ्रे रेडक्रसले १५ सयलाई राहत दिने

काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले गत असोज १० देखि १२ गतेसम्म आएको अविरल बर्षातको कारण गएको बाढी पहिरो १५ सय पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले राहत रकम प्रदान गर्ने तयारी गरेको छ ।
सोही अनुसार रेडक्रसले पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाको वडा नं. २ र ४ मा पिडितहरुलाई राहत रकम वितरण गरिँदै आएको नेरेसोका कार्यक्रम संयोजक विनोद लामिछानेले जानकारी गराउनु भयो ।
बेथानचोक गाउँपालिकामा १ सय ५ जना र पनौती नगरपालिका गरी जम्मा १५ सय प्रभावितहरुलाई रकम वितरण गर्ने तयारीका साथ रेडक्रस अगाडि बढेको छ । संयोजक लामिछानेका अनुसार ५ सदस्य रहेको घरपरिवारलाई १५ हजार र ५ भन्दा बढी रहेको घरपरिवारलाई २० हजार दिने सरकारको योजना अनुरुप रेडक्रसले पनि राहत वितरण कार्यक्रम अगाडि सारेको हो ।
रेडक्रसले राहत वितरण गर्नाको साथ साथै २० वटा खानेपानीमा २० लाख बराबरको मर्मत सुधारका खानेपानीका कार्यक्रम र ५० भन्दा बढी स्वयंसेवकहरुलाई स्वास्थ्य र सरसफाईमा सूचना सामग्री सहित प्रभावित क्षेत्रमा खटाइएको जानकारी प्राप्त भएको छ ।