नेपाल पत्रकार महासंघ सबै नेपाली पत्रकारको साझा घर हो । यो घरको एउटा सदस्य, तपाईहरुकै बीचमा रहेर दैनिक पत्रकारिताको दौरानमा सहकार्य गरिरहेको एक पात्र हुँ । मकवानपुरको विकट कैलाश गाउँपालिका–२ स्थित डाँडाखर्कबाट दुई दशक अघि पत्रकारिता र विषेशगरी रेडियोमा बोल्ने सपना बोकेर हेटौंडा झरेको म सामान्य परिवारको गाउँले केटोलाई यो शहरमा संघर्ष गर्न र यो स्थानसम्म पु¥याउन यहाँ उपस्थित सबैको कुनै न कुनै कोणबाट महत्वपूर्ण सहयोग र योगदान छ । यसको म सधैँ ऋणी रहनेछु ।
यहाँहरुकै माया र सहकार्यले पत्रकारिताका अनेकन संघर्षका दिनहरुमा पनि सधैँ उत्साहका साथ अघि बढिरहेँ । अध्ययन र पत्रकारितालाई एकसाथ निरन्तरता दिने क्रममा नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यसमिति सदस्य, सचिव भएर कामगर्ने अवसर यहाँहरुले दिनुभयो । देश संघीय संरचनामा गएपछि नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संस्थापक महासचिव भएर कामगर्ने अवसर मिल्यो । बर्तमान कार्यसमितिमा पुनः महासचिवकै भूमिकामा रहेर काम गर्ने अवसर यहाँहरुले दिनुभयो । तपाईहरुले गर्नुभएको विश्वासलाई परिणाममा परिणत गर्न मेरो तर्फबाट सक्दो प्रयास गरेँ । मैले महासचिव हुँदै गर्दा प्रतिबद्धता ब्यक्त गरेका कतिपय काम सम्पन्नगर्न सकिएन । पछिल्लो समय नेपाल पत्रकार महासंघको सुर्खेत साधारण सभाले निदृष्ट सदस्यता शुद्धिकरण अभियानलाई कार्यान्वयन गर्ने क्रममा प्रदेश तहमा बसेर कामगर्दा कतिपय सहकर्मी तथा अग्रजहरुको भावनामा ठेस पुगेको महशुस गरेको छु । बहुमतीय प्रणालिबाट सञ्चालित संस्थामा बसेर कामगर्दा कतिपय कामहरु चाहेर पनि पुरा गर्न सकिने रहेछ । मबाट यस कार्यको दौरानमा जान अन्जानमा भएका कमिकमजोरी प्रति आलोचित हुन चाहन्छु । कामगर्ने दौरानमा बर्तमानकार्य समितिबाट पाएको साथप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
पत्रकारिता पेशा नै संकटमा रहेका बेला, पत्रकारिता माथि चौतर्फि आक्रमण बढेको समयमा, नयाँ प्रविधिको हस्तक्षेप र पत्रकारिता माथिको विश्वसनीयतामा प्रश्न उठ्दै गरेको अवस्थामा, मिडिया उद्योगले हालसम्मकै संकटपूर्ण दिनहरु झेलिरहेको अवस्थामा पत्रकार महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने छ । यसैको लागि प्रदेश तहमा बसेर कामगर्न र उल्लेखित प्रतिबद्धता पुरा गर्न मैले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदमा उम्मेदवारी दिनलागेको जानकारी गराउन चाहन्छु ।
मैले महासचिव भएर काम गर्दाका प्रतिबद्धता कार्यान्वयनको अवस्था
१) सञ्चारकर्मीहरुको क्षमता विकासको लागि बिभिन्न विषयमा तालिम गरी दुई सय २० भन्दा बढि पत्रकारलाई तालिममा सहभागी गराइएको छ ।
२) श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको सन्दर्भमा महासंघ केन्द्र र जिल्ला शाखाहरुसँग समन्वयमा कामगरिएको छ ।
३) नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आफ्नै भवन निर्माणको लागि आर्थिक वर्ष २०७९÷८० मा बागमती प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जग्गा प्राप्तीमा भएको कठिनाइले उक्त बजेट कार्यान्वयन हुन सकेन ।
४) दुर्घटना, बिरामी, जेष्ठ पत्रकार र समस्यामा परेका पत्रकार÷सञ्चारकर्मीलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्ट्रार कार्यालयमा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । उक्त कोषमा ३० लाख रुपैयाँ बढी जम्मा भएको छ । ब्याज आउने खाता सरकारले चलाउन अनुमति नदिँदा यो कोष सञ्चालनमा आउन सकेको छैन । यो कोषको रकम बृद्धिसँगै सञ्चालनमा ल्याउन पहलगर्नेछौं ।
५) सामाजिक विकास मन्त्रालय बागमती प्रदेश मार्फत ९१ जना पत्रकार महिलाको लागि यो कार्यकालमा लेखनबृत्ति प्रदान गरिएको छ । यो कार्यक्रममा सुत्केरी महिला पत्रकारहरुलाई प्राथमिकता दिइएको थियो ।
६) प्रदेश भित्रका उत्कृष्ट सञ्चारकर्मीहरुलाई वार्षिक रुपमा बिधागत पुरस्कार र सम्मानको थालनी भएको छ । दुई वर्षयता १२ जना पत्रकारलाई प्रदेश सरकारले पुरस्कृति र सम्मान गरेको छ ।
७) बागमती प्रदेश भित्र सञ्चालित तथा सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशमा दर्ता भएका अनलाईन सञ्चार माध्यमलाई सञ्चार रजिष्ट्रार कार्यालय मार्फत लोककल्याणकारी सूचना तथा बिज्ञापन बितरणको सुरुवात भएको छ ।
८) आदिवासी, जनजाति, मधेशी, महिला, दलित, अल्पसंख्यक समुदाय र ग्रामीण क्षेत्रमा बसेर कामगर्ने सञ्चारकर्मीहरुको क्षमता विकासको पत्रकार महासंघको समन्वयमा भएका तालिम तथा कार्यक्रमहरुमा यस वर्गको अधिकतम सहभागितको लागि पहल गरिएको छ ।
९) पत्रकार बीमा कार्यक्रमको सुरुवात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा बागमती प्रदेश समिति सहित उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा आबद्ध १५०० जना पत्रकारको बीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत् गरिएको छ । यो कार्यको निरन्तरताको पहल गर्नेछौं ।
१०.पत्रकार संगठनहरुलाई अनुदानदिने ब्यवस्थाको सुरुवात भएको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपाल पत्रकार महासंघ बागमती प्रदेशलाई १५ लाख, पत्रकार सम्बद्ध संगठनहरु प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेश समितिलाई १० लाख रुपैयाँका दरले अनुदान रकम बितरण भएको छ । आर्थिक वर्ष २०८१÷८२ को लागि ४० लाख रुपैयाँ बजेट प्रदेश सरकार मार्फत बिनियोजन गराउन सफल भएका छौं ।
११.बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालय मार्फत ्बितरण गर्दै आएको लोककल्याणकारी बिज्ञापनको रकम अत्यन्तै न्युन रहेकोमा यो पटक ७० लाख पु¥याइएको छ । कम्तिमा एक करोड रुपैयाँ पु¥याउन पहल गर्नेछौं ।
महासंघ बागमती प्रदेश समितिमा महासचिव भएर कामगर्दा गरिएको समन्वय र भूमिका
१. प्रदेश सञ्चार माध्यम ब्यवस्थापन सम्बिन्धि ऐन २०७५ ल्याउन ।
२. प्रेस रजिष्ट्रारको कार्यालय स्थापनागर्न ।
३. पत्रकार कल्याण कोष स्थापना गर्न ।
४. पत्रकार संगठनहरुका प्रदेश संरचनालाई अनुदानको ब्यवस्थागर्न ।
५. महिला पत्रकारहरुलाई लेखनबृत्ति कार्यक्रम ल्याउन ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्ष पदका उम्मेदवार कृष्ण सारु मगरको प्रतिबद्धता पत्रः
१.दुर्घटना, बिरामी, जेष्ठ पत्रकार र समस्यामा परेका पत्रकार÷सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्ट्रार कार्यालयसँगको सहकार्यमा स्थापित पत्रकार कल्याणको कोष सञ्चालनमा ल्याउने ।
२.पत्रकारहरुको स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने ।
३. पत्रकारहरुको स्वास्थ्य परीक्षणमा सहजिकरण गर्ने ।
४. पत्रकारिता अध्ययनमा छात्रबृत्तिको ब्यवस्था गर्ने
५. स्वरोजगार मुलक मिडियाको प्रवद्र्धनको लागि स्थानीय तहमा समानुपातिक बिज्ञापन नीतिलागु गर्न नीति,ऐन, नियम बनाएर कामगर्न पहलगर्ने ।
६. जग्गा प्राप्ती गरी पत्रकार महासंघ बागती प्रदेश समितिको भवन निर्माण गर्ने ।
७. उत्कृष्ट समाचार लेख्ने पत्रकारहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने ।
८) सञ्चारकर्मीहरुको क्षमता विकासको लागि विषयगत तालिमहरु सञ्चालन गर्ने ।
९) श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा महासंघ केन्द्र र जिल्ला शाखाहरुसँग समन्वय गरी कामगर्ने ।
१०.बागमती प्रदेशका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्ने ।
११) महिला पत्रकारहरुले मात्र सञ्चालन गरेको सञ्चारमाध्यमको लागि प्रदेश सरकार मार्फत अनुदानको ब्यवस्थाको लागि पहल गर्ने ।
१२) सञ्चार उपकरण खरिदमा सहुलियत प्रदान गर्न प्रदेश सरकार मार्फत नीतिगत निर्णय गराई कार्यान्वयन गराउन पहल गर्ने ।
१३) श्रमजिवी पत्रकारहरुको गुनासो तथा समस्या सुनुवाईको लागि समिति बनाएर काम गर्ने ।
१४) आदिवासी, जनजाति, मधेशी, महिला, दलित, अल्पसंख्यक समुदाय र ग्रामीण क्षेत्रमा बसेर कामगर्ने सञ्चारकर्मीहरुको क्षमता विकासको लागि कार्ययोजना बनाएर काम गर्ने ।
१५) बागमती प्रदेश अन्तर्गत महासंघका सदस्यहरुको प्रोफाइल बनाएर महासंघको वेबसाईटमा राख्ने ।
१६.प्रदेश सरकारले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारमा फरक बिधा, फरक समुदाय, अनुज र अग्रजलाई समेट्न पहल गर्ने ।
१७. प्रदेशभित्र रहेर निरन्तर ३० वर्ष बढी समय देखि पत्रकारिता गरिरहेका अग्रजहरुलाई सम्मान गर्दै जाने ।
१८) संचारकर्मीको क्षमता विकासका लागि बिभिन्न मिडिया हाउस भिजिटका कार्यक्रम संचालन गर्ने ।
१९) बिट रिपोर्टिङ गर्ने संचारकर्मीलाई सम्बद्ध बिट पत्रकारिताका लागि बिशेष तालिमको ब्यवस्थापन गर्ने ।
यी योजनाहरु कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मतदान गरी विजयी गराइदिनहुुन बागमती प्रदेश समिति अन्तर्गतका सबै सदस्यमा हार्दिकतासाथ अनुरोध गर्दछु । यीबाहेक थपकामहरु तपाईहरुकै परामर्श, सल्लाह र सुझावका आधारमा हाम्रो कार्य समितिले गर्नेछ । सबैको साझा नेतृत्वको रुपमा कामगर्ने म प्रतिबद्धता ब्यक्त गर्दछु ।
किशोर उमेर पार गर्दैगर्दा मकवानपुरको पत्रकारितामा प्रवेश गरेँ । युवा उमेरको करिब ८० प्रतिशत समय मकवानपुरको पत्रकारिता र तपाईहरुकै माझमा बसेर काम गरेको छु । यस अवधिमा पत्रकार महासंघको बिभिन्न संरचनामा रहेर कामगर्ने अवसर मिल्यो । एकपटक प्रदेश समितिको नेतृत्वगर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमाः भूगोलको दुरीमा रहेपनि सधैँ मनमा रहने मेरो पत्रकारिता जीवनका महत्वपूर्ण पात्र दाजु गिरिजा अधिकारी सहित सबैलाई सम्झन चाहन्छु ।
कष्ण सारु मगर
२०८१÷८÷२३
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |