Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुमधामका साथ क्रिसमस डे मनाइने

प्रभातफेरी अनलाइन ४७७ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
धुमधामका साथ क्रिसमस डे मनाइने

आज देशभरका ईसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । ईसाईहरुको सबैभन्दा ठूलो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ क्रिसमस मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर पछिल्लो समय गैर ईसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदै आएका छन् । यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको देख्न सकिन्छ ।
क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तो हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्ता क्लज र अरु पनि त्यस्ता परम्पराहरु क्रिसमससँग जोडिएर आउने पर्वहरु हुन् । तिनै पर्वहरुको महत्व र सुरुवातको चर्चा गर्ने जमर्काे गरेका छौं ।
तत्कालिन समयमा मिस्र र रोमको पुरानो सभ्यतासँग सम्बद्ध व्यक्तिहरू हरियो बोटबिरुवा र रूखहरूद्वारा घरहरू सजाउँथे, जुन वर्षभर हरियो हुन्छ । उनीहरुको विश्वास थियो कि त्यसो गर्नाले सो घरमा बोक्सीहरुको कुनै असर पर्दैन । दुष्टात्मा, भूत र रोगहरू टाढा भाग्छन् । पुरातन इजिप्ट र रोमका मानिसहरू सदावहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैं हरियो हुने बिरुवा राख्न सुरु भएको भन्ने मान्यता छ ।
अध्ययन अनुसार जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ को आसपासबाट सुरु भएको मानिन्छ । जर्मनीको सेन्ट बोनिफेसले केही दुष्ट व्यक्तिले एउटा विशाल रुख मुनि बच्चाको बलि चढाउने गरेको कुरा थाहा पाए । सेन्ट बोनिफेसले बच्चालाई बचाउनको लागि भनेर त्यो रुख नै काटिदिए । तर, सोही रुखको नजिकै अर्काे एउटा रुख बढ्न सुरु भयो । सेन्ट बोनिफेसले मानिसहरूलाई यो एउटा पवित्र रूख हो भन्दै प्रचार गर्न सुरु गरे । उनले रूखका हाँगाहरू स्वर्गतिर फर्किएको भन्दै भगवानसँग रुखको तुलना गरे । यसले रूखको बारेमा व्यक्तिहरूको दिमागमा धेरै आदर उत्पन्न गराउँदै लगेको किंवदन्ती छ ।
त्यस्तै मानिसहरूले यसलाई १६ औं शताब्दीका महान् ईसाई सुधारक मार्टिन लूथरसँग पनि जोेड्ने गरेको भएता पनि प्रमाणित भने छैन । यस कथा अनुसार सन् १५०० तिर क्रिसमसको पूर्वसन्धामा उनी एउटा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए । बाटामा उनले हिउँले चम्किरहेको एउटा रूख देखे । रूखका हाँगाहरू हिउँले भरिएका थिए र चन्द्रमामा चम्किरहेका थिए । त्यसबाट प्रभावित भएका उनी जब घर आए, उनले आफ्नो घरमा सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्तीहरु पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानको लागि तयार पारेका थिए । त्यस समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको पाइन्छ ।
अध्ययनअनुसार प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । भिक्टोरिया कालमा यी रूखहरूसँगै मैनबत्ती केक आदि रुखमा नै राख्ने गरियो । यो विश्वास गरिन्छ कि जब प्रभु येशूको जन्म भएको थियो । सो समयमा उनका बाबुआमाहरु मरियम र युसुफलाई बधाई दिनको लागि स्वर्गका प्रतिनिधिहरू पनि आएका थिए । सो अवसरमा उनीहरुले एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाएका थिए । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । त्यही समयदेखि जसको घरमा यी रुखहरु लगाइन्छ उनीहरुको घरमा खुशीको बहार छाउने ईसाईहरुको विश्वास छ ।
साथै मान्यता यो पनि छ कि क्रिसमस ट्रिमा मैनबत्ती बाल्ने चलन १७ औं शताब्दीदेखि सुरु भएको हो । प्राचीन कालमा क्रिसमस ट्रीलाई जीवनको प्रतिक मान्ने गरिन्थ्यो । यो जीवनको निरन्तरता दर्शाउने प्रतिकको रुपमा पनि मान्ने गरिएको छ । त्यसकारण पनि यस दिन क्रिसमस ट्री घरमा सजाउँदा त्यसले बच्चाहरुको उमेर लामो हुने विश्वास राखिँदै आएको छ ।
वास्तुशास्त्रको आधारमा पनि क्रिसमस ट्री जस्तै आकारको रुखहरु राख्दा त्यसले घरमा सकारात्मक उर्जाको विकास गराउँछ भन्ने मान्यता रहँदै आएको छ । त्रिकोणात्मक रुपमा तयार पारिएको त्यस्ता रुखहरु पञ्च महाभूत मध्येको अग्निको प्रतिक मान्ने गरिन्छ । यसकारण यसलाई सजाउँदा घरबाट नकारात्मक शक्तिको सञ्चार हुने विश्वास गरिन्छ ।
यिनै विश्वासका आधारमा क्रिसमसलाई एउटा पर्वको रुपमा नेपालीजनहरुमा स्थापित हुँदै आएको छ । जसको प्रतिकको रुपमा आज प्रत्येक इसाई धर्म मान्ने नेपालीजनहरुले मनाउँदै छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0