Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मास्टर लिटल स्टार मदरल्याण्ड सिजन २ का उपाधि अप्रेश र न्युरान

प्रभातफेरी अनलाइन ३४३ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ९, मंगलबार (१ साल अघि)
मास्टर लिटल स्टार मदरल्याण्ड सिजन २ का उपाधि अप्रेश र न्युरान

भक्तपुर । मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ को उपाधी अप्रेश थापा मगर र न्युरोन लोहोलाले हात पारेका छन् ।
मिस लिटल स्टार मदरल्याण्ड सिजन २ को उपाधि भने जेशिका श्रेष्ठ र हृदयानी सिलवालले जितेका छन् । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ को मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ सिजन २ कोउपाधी सिनियर तर्फ हृदयानी सिलवाल र अप्रेश थापा मगरले र जुनियर तर्फ जेशिका श्रेष्ठ र न्यूरोन लोहालाले जितेका हुन् ।
मदरल्याण्ड स्कुलको आयोजनामा करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात पौष ५ गते शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा सम्पन्न मिस एण्ड मास्टर लिटिल स्टार २०८१ सिजन २ मदरल्याण्ड कार्यक्रम को ग्राण्ड फिनाले सम्पन्न भएको हो ।
प्रतियोगिताको फाइनल जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड २०८१ घोषित भईन् भने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ न्यूरोन लोहला भए । यस्तै सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड २०८१ र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड २०८१ विजेता भएका छन् ।
मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड २०८१ सिजन २ को उद्घाटन गर्दै प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर वासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसणीय भएको बताए । मेयर थापाले विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठन पाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे ।
प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई विद्यालयले छात्रवृत्ति प्रदान गर्ने विद्यालयकी संचालक शर्मिला देउजाले घोषणा गरे । छात्र र छात्रा तर्फको वीनरलाई ६ महिना, फस्ट रनर अपलाई ३ महिना, सेकेण्ड रनर अपलाई २ महिना, थर्ड रनर अपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयकी संचालक शर्मिला देउजाले जानकारी दिए । प्रतियोगितामा ८, ९ र १० वर्ष उमेर समूहकाले जुनियर तथा ११, १२ र १३ वर्ष उमेर समूहकाले सिनीयर तर्फ प्रतिष्पर्धा गरेका थिए ।
२६ छात्रा र २६ छात्र गरी जम्मा ५२ जनाले प्रतियोगीताको फाइनलमा प्रतिस्पर्धा गरेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिदै कार्यक्रमको सपोर्टर मिड भ्याली कलेज भक्तपुर, सलिको ईन्सोरेन्स, सत्यशक्ति पुस्तक भण्डार र वल्डट्रेक्स फेब्रिक हाउस, डोलेश्वर भिलेज रिसोर्ट, ड्रेस डिजाइन वीणा टेलर्स जगाति, बद्री फोटोग्राफर ९बद्री थापा० र भिडियो ग्राफर सुमन खत्री, एरी व्यूटी प्वाइन्ट ९ग्रीष्मा शाक्य० तथा सबै मिडिया पार्टनरलाई धन्यवाद दिएका थिए ।
अब्बल एवं अनुभवी सुमी बानियाको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गरेका थिए । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव टाइटलद्वारा सम्मान गरिएको थियो ।
प्रतियोगितामा जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनर अप, अक्षा श्रेष्ठ सेकेण्ड रनर अप, श्रीयम्शी श्रेष्ठ थर्ड रनर अप भए भने जुनियर छात्रतर्फ फष्ट रनर अप सविन श्रेष्ठ, सेकेण्ड रनर अप रियान लामा र थर्ड रनर अप अभिषेक थापा हुन सफल भए । साथै सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनर अप, समृद्धि थापा सेकेण्ड रनर अप र थर्ड रनर अप प्रसादी बस्नेत भए । सिनीयर छात्र तर्फ फस्ट रनर अप रसिक लवजू, सेकेण्ड रनर अप सामुयल खड्का र थर्ड रनर अप जेशन बराल भए ।
मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड २०८० सिजन १ वीनर मास्टर जेशिक नेपाल र मिस सुवास्ना कार्कीले सिजन २ को विजेतालाई क्राउन र अवार्ड प्रदान गरेका थिए । ट्यालेन्ट राउन्डका विजेतासहित सबै प्रतिस्पर्धीलाई विविन्न सव टाइटलद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमको ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगित प्रेमी कुमार थापा मगर, केयू यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शसी कायस्थ (कस्पाल), मोडर्न हण्ट २०२३ का वीनरद्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए । भने ट्यालेन्ट राउन्डको निर्णायकमा कलाकार, निर्देशक, वरिष्ठ नृत्य निर्देशक, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ, संगित प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सह प्रिन्सिपल राधेश्याम केसी रहेका थिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नं २ का वडाध्यक्ष प्रदिप कार्की, नेसनल प्याव्सन बागमति प्रदेश सह कोषाध्यक्ष साधुराम गैडा, नेसनल प्याव्सन काठमाण्डौं जिल्ला समिति अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, नेसनल प्याव्सन भक्तपुर जिल्ला कोषाध्यक्ष विक्रम थापा, मिड भ्याली कलेज भक्तपुरका प्रिन्सिपल गोविन्द बल्ल जोशी, पुस्तक व्यवसायी भक्तपुर जिल्ला उपाध्यक्ष महेश थापा, सलिको ईन्सोरेन्सका जिएम रुपेन्द्र थापा, हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा शिक्षासँग सरोकार राख्ने विज्ञ, विभिन्न मिडियाका पत्रकार र अभिभावकहरुको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0