logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

नेता हुमागाईं मातृशोकमा

प्रभातफेरी अनलाइन४५५ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १६, मंगलबार(१ साल अघि)
नेता हुमागाईं मातृशोकमा

काभ्रे । सामाजिक रुपमा प्रखर एवं प्रष्ट वक्ताका रुपमा परिचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा यातायात विभाग प्रमुख शिवप्रसाद हुमागाईं, नेपाल पत्रकार महासंघ काभे्र शाखा सदस्य एवं नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका निवर्तमान सभापति रघुनाथ हुमागाईं, पनौती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सहकुल हुमागाईं र सामाजिक व्यक्तित्व श्रीकृष्ण हुमागाईंका ममतामयी माता देवमाया हुमागाईंको मंगलबार देहान्त भएको छ ।
पारिवारिक स्रोतका अनुसार १९९१ चैत २ मा जन्म लिनुभएकी देवमाया हुमागाईंको देहान्तले सामाजिक रुपमा समेत आघात पुगेको स्थानीयले सम्बोधनका क्रममा पीडा पोखेका छन् । स्वर्गवासी आमा देवमाया हुमागाईंप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा प्रभातफेरी साप्ताहिक परिवार गहिरो समवेदना व्यक्त गर्दछ ।