Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बिगतमा भएका कमिकम्जोरीबाट पाठ सिकेर समृद्ध मुलुक निर्माण लाग्नु प्रत्येक माओवादी कार्यकर्ताको दायित्व हो: माओवादी नेता उप-महासचिब पोख्रेल

प्रभातफेरी अनलाइन ३३० पटक पढिएको प्रकाशित मिति: २०८१ माघ ९, बुधबार (१ साल अघि)
बिगतमा भएका कमिकम्जोरीबाट पाठ सिकेर समृद्ध मुलुक निर्माण लाग्नु प्रत्येक माओवादी कार्यकर्ताको दायित्व हो: माओवादी नेता उप-महासचिब पोख्रेल

धुलिखेल । नेकपा माओवादी केन्द्र धुलिखेल नगर कमिटीको तेश्रो अधिबेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न यहाँ आईपुग्नु भएको प्रष्ट वक्ता नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘विरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला भर्खरै सम्पन्न स्थानीय निर्वाचनको समिक्षा गर्न आग्रह गर्नुभएको छ ।
काठमाण्डौ लगायतकोमुलुकमा भएको निर्वाचन परिमाणले माओवादी के रहेछ भन्ने प्रमाणीत गराएको बताउनुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा यो भन्दा चर्को सन्देश नेपाली जनताले दिने छन् ।यसका लागि आजैबाट अघि बढ्न सक्ने गरी पार्टी बलियो बनाउनुपर्ने बताउँदै ‘माओवादीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेको थियौँ,उप- निर्वाचनले ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश भएको बताउनुभएको छ ।’ सम्बोधनका क्रममा नेता पोख्रेलले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभएको छ ।
देशमा माओवादी एजेन्डा कै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै उपमहासचिव पोखरेलले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि माओवादी केन्द्रलाई २०६४ को अवस्थामा पुर्याउन मिहिनेत गर्न कार्यकर्ता शुभचिन्तक लगायतका पक्षलाई आग्रह समेत गर्नुभएको छ ।


‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौँ, जनताको विश्वास कायम राख्न नसकेकै हौँ,’ नेता पोखरेलले थप्नु भयो ‘त्यति बेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौँ, हामी धेरै कुरा सम्झेर(जनता माझँ) तपाईंहरुसमक्ष आएका छौँ, तपाईँहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।
माओवादीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नु भयो । नेता पोख्रेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढङ्गले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको जानकारी गराउनु भएको छ ।
अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै उपमहासचिव पोखरेलले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्त्वपूर्ण काम प्रचण्ड सरकारले अघि बढाइएको स्मरण गराउनु भएको छ । विदेशिन वाध्यबाट युवाहरुलाई स्वदेशमै रोक्ने उपायहरू खोज्दै मुलुकलाई समृद्धिको बाटोतिर डो¥याउने कार्यभार माओवादीको काँधमा आएको हुँदा त्यसको लागि आवस्यक पर्ने पुर्वाधारका साथै सामाजिक वातावरण तर्फ ध्यानाकर्षण हुनुपर्ने धारणा राख्नु भएको छ । झण्डै सवाघण्टा लामो सम्बोधनमा देशको समसामयिक बिषय,राजनैतिक घटनाक्रम र यो अवस्थामा कार्यकर्ता निभाउनु पर्ने भुमिकाका बारेमा प्रशिक्षणात्म अभिव्यक्ति राख्नु भएको छ ।
नेकपा माओवादी केन्द्र धुलिखेल नगर कमिटीका अध्यक्ष बाबुराम तामाङको अध्यक्षता र बालकृष्ण सापकोटाले स्वागत मन्तव्य रहेको कार्यक्रममा केन्द्रीय सदस्य दिनानाथ गौतम, कृष्ण अधिकारी ,केन्द्रीय सल्लाहकार सुवासकाजी माकजु श्रेष्ठ, जिल्ला इन्चार्ज तेजबहादुर मिजार,धुलिखेल नगर इन्चार्ज यादव ढुंगेल लगायतका वक्ताहरुले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि मात्रै गठन भएको बताएका बताउदै भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पर्नु,भुटानी श्रणार्थीको मुख्री अभियुक्त काङ्ग्रेस नेतृ आरजु राणा देउवालाई पक्राउ गर्ने तयारी भएकै बेला सरकार रातारात फेरिनु, भ्रष्टाचारीको संरक्षण र बेथितिका लागि नै सरकार बनेको कुरा पछिल्ला गतिविधिले झनै पुष्टी गरेको बताएका छन् ।
कार्यक्रममा शहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरिएको थियो भने पुनः माओवादी फर्केकाहरुलाई स्वागत गरिएको थियो । ने.क.पा.(माओवादी केन्द्र) धुलिखेल नगर समितिको तेस्रो अधिबेशनबाट सुरेन्द्र महतको अध्यक्षतामा ३९ सदस्यीय समिति सर्बसम्मत रुपमा चयन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0