बनेपा, पुस २४ गते / नेवार एकता दिवस मूल आयोजक समिति, काभ्रेपलाञ्चोकले नेवार एकता दिवसको कार्यक्रममा साहित्यकार तथा पत्रकार मोहन दुवालले निरन्तर विविध क्षेत्र र विधामा पु¥याउनुभएको योगदानलाई कदर गरेर दोसल्लासहित सम्मान–पत्र पूर्वमन्त्री तथा नेपालभाषा आन्दोलनका अभियन्ता राजेन्द्रप्रसाद श्रेष्ठले एक भव्य समारोहका बीच सम्मान प्रदान गरिएको छ । सम्मानित दुवाललाई नेपालभाषा, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा गरेको विस्तार, विकास र योगदानका लागि विशेष सम्मान प्रदान गरिएको हो ।
साहित्यकार दुवालका नेपालभाषामा ३ वटा पुस्तकहरु १) चुलिजागु स्वां २) जः = जीवन, जीवन = जः (कवितासङ्ग्रह) र ३) विविध विधाका पुस्तक ३ जि न्हाय्कँ, न्हाय्कनेदुने जि प्रकाशित छन् । दुवालका अन्य ३० वटा नेपाली भाषाका पुस्तकहरु प्रकाशित छन् । नेपालभाषामा उहाँबाट सम्पादन भएका पत्रिकाहरुमा ‘फसंपुगु लप्ते (हस्तलिखित पत्रिका–२०२०), ‘सः (काभ्रे क्याम्पसबाट प्रकाशित पत्रिका–२०४२), झी नेवाः (दँपौ–११२८), मत÷अभिमत खण्ड ३ (नेपालभाषाका लेखकहरुको विचार सङ्ग्रह–२०५४), जनमत–नेपालभाषा विशेष अङ्क (२०६३ कार्तिक) छन् । उहाँ नेपालभाषा मंका खलः अन्य नेपालभाषाका सङ्गठनहरुमा सल्लाहकार भई सहयोग पु¥याइसकेका व्यक्तित्व हुनाका साथै हाल उहाँ नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ । शिक्षणसेवाको हकमा करिव ३ दशक विभिन्न विद्यालय र क्याम्पसहरुमा शिक्षणसेवा पु¥याइसक्नुभएको देखिन्छ । पत्रकारितामा जनमत पाक्षिक र मासिकमा गरी ४१ वर्ष सम्पादन गरिसक्नुभएका उहाँले हालसम्म पनि जनमत मासिकको सम्पादन गर्दै हुनुहुन्छ ।
हाल उहाँ प्रभातफेरि साप्ताहिकका स्तम्भकार पनि हुनुहुन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |