Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाली पत्रकारितामा कृष्ण सेन ‘इच्छुक’ को योगदान

सन्दर्भः प्रेस सेन्टर नेपालको स्थापना दिवस

प्रभातफेरी अनलाइन ३८६ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार (१ साल अघि)
नेपाली पत्रकारितामा कृष्ण सेन ‘इच्छुक’ को योगदान

काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रे शाखाले कृष्ण सेन ‘इच्छुक’ को स्मरण गर्दै आफ्नो २१औं स्थापना दिवस सम्पन्न गरेको छ ।
क्रान्तिकारी पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल आजबाट २० वर्ष पूरा गरी २१ औँ वर्षमा प्रवेश गरेको छ । माओवादी जनयुद्धको क्रममा २०६१ साल माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आरोह अवरोह तथा संगठनहरूबिच एकता, विभाजनका प्रक्रियाहरूपछि अहिले प्रेस सेन्टर नेपालको रूपमा क्रियाशील छ । प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा देशव्यापी कार्यक्रमहरू गरेका छन् । सोही अनुरुप प्रेस सेन्टर नेपाल काभ्रेले पनि कृष्ण सेन ‘इच्छुक’ को तस्वीरमा माल्यार्पण गर्दै एक समारोहका बीच मंगलबार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य इश्वरी राजकुमार मैनालीले आजको दिनमा प्रेस सेन्टरले पत्रकारिताको क्षेत्रमा खेलेको भूमिकालाई अनुकरणीय रुपमा नयाँ पिढिँहरुले लिनुपर्ने धारणा राख्नुहुँदै संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा पत्रकारको भूमिकाको सुनिश्चितता गर्नका लागि महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रेस सेन्टर नेपाल काभ्रे जिल्ला शाखाका निवर्तमान अध्यक्ष रोजन तामाङ, वर्तमान अध्यक्ष रामप्रसाद ढकाल आरडी लगायतले कृष्ण सेन ‘इच्छुक’ ले पत्रकारितामा खेल्नुभएको भुमिकाको बारेमा चर्चा गर्नुहुँदै उहाँको योगदानलाई प्रेस सेन्टर नेपालले सुनौला अक्षरले कोर्ने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल काभ्रेका सचिव चित्रप्रसाद घिमिरे हरिहरले गर्नुभएको छ भने धन्यवाद ज्ञापन प्रेस सेन्टर नेपाल काभ्रेका उपाध्यक्ष सुरज श्रेष्ठले दिनुभएको थियो ।


इतिहासलाई कोट्याउने हो भने २०७३ असोज १३ र १४ गते काठमाडौँमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । संगठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन ग¥यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवेशन मानिएको छ ।
२०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा २ सय ४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत रहे ।
प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट दाहाल संयोजकमा चुनिएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रूपमा लिइएको छ ।
त्यसैगरी प्रेस संगठन नेपालको गठन भएको एकवर्षपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभाको विघटन गरे । उक्त विघटनलाई प्रेस संगठन नेपालले असंवैधानिक र प्रतिगामी भएको ठहर ग¥यो । र, प्रेस संगठनले प्रतिगमनको विरुद्धमा सबै प्रकारको संघर्ष ग¥यो । प्रेस संगठनभित्रको सानो समूहले प्रतिनिधिसभा विघटनलाई सही भन्यो । सोही एजेन्डामा संगठनका सहसंयोजक गणेश बस्नेतले आफ्नो संयोजकत्वमा सानो समूह लिएर प्रेस संगठनको घोषणा गरे । र, उनले प्रेस संगठनमा विभाजन ल्याए । संगठनबाट बस्नेतसहित केही बाहिरिएपछि २०७७ फागुन ११ गते प्रेस संगठन नेपालको केन्द्र, प्रदेश र जिल्लाका सबै समितिहरूको पुनर्गठन भयो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई भङ्ग गर्दै नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पुनस्र्थापित गरिदिएपछि प्रेस संगठन नेपालको पुनर्गठित समितिमा रहेका तत्कालीन प्रेस चौतारी नेपालबाट एकतामा जोडिएकाहरू प्रेस संगठन नेपालबाट अलग भए । नेकपा माओवादी केन्द्रको पुनस्र्थापना भएपछि पनि संगठनको नाम प्रेस संगठन नेपाल नै कायम गरेर संगठनात्मक गतिविधि अगाडि बढ्यो ।
संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौँमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित ग¥यो । महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन गरियो । संगठनको चौथो महाधिवेशन २०७८ मङ्सिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महाधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित ग¥यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौँमा सम्पन्न दोस्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ वरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।
प्रेस सेन्टर नेपाल जिल्ला समिति काभ्रेद्वारा आज स्थापना दिवसमा कृष्ण सेन ‘इच्छुक’ को योगदान र प्रेस सेन्टर नेपालको साइनोको बारेमा जति नै चर्चा गरेपनि अपुग हुने निष्कर्ष वक्ताहरुले निकालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0