Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ठुलो माछाले सानुलाई खान्छ भनेझैँ ठूला मिडियाले सानालाई निलेका छन्ः बाँस्कोटा

सन्दर्भः प्रेस चौतारी नेपाल काभ्रेको आठौं जिल्ला अधिवेशन

प्रभातफेरी अनलाइन ३०७ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१ साल अघि)
ठुलो माछाले सानुलाई खान्छ भनेझैँ ठूला मिडियाले सानालाई निलेका छन्ः बाँस्कोटा

काभ्रे । नेकपा एमाले पोलिटब्युरो सदस्य, पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री साथै संघिय सांसद गोकुल बाँस्कोटाले प्रेस चौतारी नेपाल वैज्ञानिक समाजवादी धारको रुपमा गठन भएको बताउनु भयो ।
पे्रस चौतारी नेपालको २७ औ स्थापना दिवस एवं आठौँ जिल्ला अधिवेशनको मङ्गलवार बनेपामा उद्घाटन गर्दै प्रमुख अतिथि बाँस्कोटाले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बाँसकोटाले थप्नुभयो—म यस संस्थाको संस्थापक समेत नाताले भन्नुपर्दा पे्रस चौतारी नेपाल पार्टीको जनसङ्गठनको रुपमा आवद्ध हुनेगरि गठन भएको थिएन । पत्रकारहरूको सङ्गठनको रुपमा २०४९ सालमा गठन भएको प्रेस युनियन चाहिँ ट्रेड युनियन अन्तरगत अगाडि बढेको थियो । पछिल्लो समयमा आएर पे्रस चौतारी नेपाल पार्टीको जन सङ्गठनको रुपमा अगाडि बढ्यो । पे्रस चौतारी नेपाल स्थापना हुदै गर्दा जुन स्वतन्त्र ढङ्गबाट अगाडि बढेको थियो सोही ढङ्गबाट निरन्तर रुपमा अगाडि बढेको भए अझ राम्रो हुने थियो ।
वैज्ञानिक समाजवाद साथै स्वतन्त्र पे्रसको पक्षमा दृढताको पक्षमा उभिरहन सकोस्, व्यवसायिक पक्ष स्वतन्त्र र सम्बृद्द पे्रस राजनीतिक दृष्टिकोणमा सामीप्यताका ढङ्गबाट अगाडि बढ्दै साझा संस्थाको रुपमा स्थापित गर्दै चौतारी नामकरण गरिएको हो । जव नेपालमा प्रेसको सुरुवात भयो सो समयमा विकुल फुक्नेको लागि समेत चौतारो आवश्यक हन्थ्यो सोही अनुसार पे्रस चौतारी नेपाल नामकरण गरियो । हामिले विज्ञापनको लागि कानुन बनाएर समानुपातिक ढङ्गबाट विज्ञापन उपलब्ध गराउनु पर्दछ भन्ने विषयमा प्रयास गरियो र गर्दै छौं । समानुपातिक ढङ्गको विज्ञापन लागू गर्न सकियो भने मिडियाहरू बच्छन् र निष्पक्ष समाचार लेख्छन् । बाँस्कोटाले भन्नुभयो ।
मसँग भएको अनुभवको आधारमा करिव करिव ६ अर्वको सरकारी विज्ञापन रहेको छ तर समानुपातिक ढङ्गबाट वितरण भएको छैन । एउटै मिडियाले एक अर्ब ५० करोड सम्मको विज्ञापन पाएका छन् । कुनैले एकले एक अरबको हाराहारीमा, अर्कोले ५८ करोड, कसैकसैले १० ÷२० करोड पाएको भने कतिपयले सुकासातआना समेत पाएको छैन । ठुलो माछाले मासुमाछा खान्छ भनेझैँ ठूला मिडियाले सानालाई निलेका छन् । यस्तो समस्यालाई अध्ययन गर्दै गर्दा श्रमजीवी कानुन बनाउन जरुरी छ । लोकतन्त्रमा जबसम्म आर्थिक स्वतन्त्रता हुदैन तबसम्म नेपाली पे्रस स्वतन्त्रता हुदैन । बाँस्कोटाले बताउनुभयो ।
पे्रस चौतारी नेपाल काभे्रे शाखाका अध्यक्ष भुवन रायमाझीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारी नेपालका केन्द्रिय पूर्व उपाध्यक्ष बिस्वमणी सुवेडी, प्रेश चौतारी नेपाल बागमती प्रदेश इन्चार्ज बिस्नु तारुखे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं पत्रकार महासङ्घ वागमती प्रदेश उपाध्यक्ष हरि हुमागाइ, प्रेस चौतारी नेपाल काभे्र शाखाका इञ्चार्ज श्याम सापकोटा, प्रेस युनियन काभे्रका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर नेपाल काभे्रका अध्यक्ष राम प्रसाद ढकाल लगायतका बक्कताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पे्रस चौतारी नेपाललाई सहयोग गर्ने बिभिन्न संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी हालै सम्पन्न नेपाल पत्रकार महासंघ काभे्र शाखाको निर्वाचनमा निर्वाचित हुनेहरुलाई समेत सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0