Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे माओवादीद्वारा केसीको निधनमा शोक व्यक्त

प्रभातफेरी अनलाइन २१२ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (१ साल अघि)
काभ्रे माओवादीद्वारा केसीको निधनमा शोक व्यक्त

काभ्रे । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले पार्टी वागमती प्रदेश परिषाद् सदस्य हरिबहादुर केसी घिमिरेको निधन प्रति नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला संयोजक भोलाप्रसाद अर्यालले एक शोक वक्तव्य जारी गर्दै शोक व्यक्त गर्नुभएको छ ।
केसीको (माघ १९ गते) उपचारको क्रममा निधन भएको थियो । केसी १ वर्ष अगाडिदेखी बोनम्यारो क्यान्सरबाट पिडीत हुनुहुन्थ्यो । केसीको निधनले पार्टीमा अपुरणीय क्षति भएको शोक वक्तव्यमा उल्लेख भएको छ ।
‘हाम्रो महान् एवं गौरवशाली पाटी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश परिषद्को सदस्य तथा काभ्रे जिल्लाको कम्युनिष्ट आन्दोलनको एक पुरानो स्थापित बौद्धिक, निष्ठावन, सालिन र अग्रज अथक योद्धा नेता बेथानचोक गाउँपालिका–२ निवासी कमरेड हरि बहादुर के.सी. घिमिरेको करिब १ वर्ष अगाडिदेखि बोनम्यारो क्यानसर जस्तो प्राणघातक रोगबाट पीडित हुनुभएको कारण पाटन अस्पतालमा उपचारको क्रममा हिजो भएको दुःखद् निधनले पार्टीमा अपूरणीय क्षति भएको छ ।’ वक्तव्यमा भनिएको छ, । ‘उहाँ २०३४ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँले २०३६ सालको आन्दोलन, २०४६ सालको जन आन्दोलन र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
२०५४ सालबाट २०६३ सालसम्म तत्कालीन नेकपा एकता केन्द्र मसालको काभ्रे जिल्लाको सेक्रेटरीको भूमिकामा रहनु भएर पार्टीको नेतृत्व गर्नुभएको थियो । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालबाट उम्मेदवार हुनुभई काभ्रे जिल्लाको ३ नं. निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । २०६५ सालमा तत्कालीन नेकपा (माओवादी) र नेकपा एकता केन्द्र मसालको बीचमा पाटी एकता भएपछि राज्य समिति सदस्य हुनु भई काम गर्नु भयो ।
२०७३ सालबाट पाटी राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुनु भयो र २०७८ साल मंसिर सम्पन्न पाटीको बागमती प्रदेशको पहिलो सम्मेलनबाट प्रदेश परिषद् सदस्य हुनु भई पाटीको सांगठनिक काम गर्दै आउनु भयो । २०७८ सालबाट राष्ट्रिय भूमि आयोग काभ्रे जिल्लाको अध्यक्ष हुनु भई भूमि हिन गरिब किसानहरूको पक्षमा र भूमि सम्बन्धि समस्या व्योहोरी रहेका काभ्रेली जनताको पक्षमा धेरै महत्वपूर्ण काम गर्नु भएको थियो ।’
केसीको असामयिक निधनले पार्टीले जनतामा सधैं क्रान्तिकारी माक्र्सवादी विचार प्रवाह गर्दै हिड्नु हुने एक अनुभवी असल, इमानदार, सरल, निष्ठावान, आदर्शवान र वैचारिक नेतालाई गुमाएको वक्तव्यमा उल्लेख गर्दै संयोजक अर्यालले यस दुःखद् घडीमा दिवगत के. सी. प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनहरू प्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0