काभ्रे । उग्रचण्डी बोर्डिङ स्कूल नालामा बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविर नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको आयोजना र नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला इकाइ, उग्रचण्डी बोर्डिङ स्कूल, नाला, रोटरी क्लब अफ धुलिखेल, च्ऋऋ पिपलचउर, च्ऋऋ कुशादेवी, धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, बनेपा, किवानिस क्लब अफ काभ्रे हरुको सहआयोजनामा बाथ मुटुरोगको स्क्रिनिङ्ग शिविर सम्पन्न भएको छ ।
शुक्रबार नालामा भएको उक्त शिविरमा उग्रचण्डी बोर्डिङ स्कूल मा.बि.का ६ बर्ष देखि १६ बर्ष सम्मका ५ सय ५९ बिद्यार्थीहरुको बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण, ४७ जना विद्यार्थीहरुको इको परीक्षण धुलिखेल अस्पतालका बाल मुटुरोग विशेषज्ञ डा.अनिश जोशी र वहाँको नेतृत्वमा आउनु भएका चिकित्सकहरु डा.अनिलकुमार सिँह, डा. सहस्रा जोशी, डा.सार्थक गौतमले परीक्षण कार्य गर्नुभएको थियो । उक्त एकदिने बाथ मुटुरोगको स्क्रिनिङ परीक्षण शिविरमा आवश्यक परामर्श दिनुका साथ साथै ५ जना विद्यार्थीहरुलाइ धुलिखेल अस्पतालमा रिफर गर्नुभएको थियो ।
कार्यक्रममा सभापति टीकाभक्त भोछिभोया, उपसभापति सिद्धिबहादुर कर्माचार्य, सचिव हरिशरण श्रेष्ठ, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, सदस्य निर्मला श्रेष्ठ, देवीटारको समाजसेवी पञ्चलाल घिसिङ, सँगठन उपसमितिका सदस्य मोदनाथ दाहालको सहभागिता रहेको शिविरमा सहभागीहरुलाईस्वागत गर्नुभएको थियो भने उग्रचण्डी बोर्डिङ स्कूलका प्रिन्सिपल बोधि केशले स्वागत मन्तब्य राख्नुभएको थियो । उक्त शिविर सञ्चालन स्थानीय रुपमा सशक्त र प्रभावकारी भूमिका नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला इकाइका सँयोजक लक्ष्मीनारायण श्रेष्ठ, उप संयोजक मोहनमाया श्रेष्ठ, सचिव प्रबिण श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ, सदस्यहरु दिलकुमार श्रेष्ठ, रमनकाजी सुवाल, उग्रचण्डी बोर्डिङ स्कूलका प्रिन्सिपल बोधिकेश, शिक्षक शिक्षिकाहरु सानु रोक्का केसी, अष्मिता श्रेष्ठ, सुबिना केसी, सम्रिता श्रेष्ठ, पुष्पा महत, अनुपा थापा बिनिशा सापकोटा, रञ्जना सञ्जेलले गर्नु भएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |