विराटनगर, माघ १६ गते शनिबार/चेतना संरक्षण प्रतिष्ठान नेपाल, विराटनगरले २० सौं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा एक साहित्यिक समारोहका बीच विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।
प्रतिष्ठानले रु.१ लाख ५१ हजार नगद राशीको ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्यिक चेतना पुरस्कार’ यस वर्ष साहित्यकार तथा भाषाविद् प्रा.डा. चूडामणि बन्धुलाई, यस वर्षदेखि सम्मान गर्न सुरु गरिएको रु.१ लाख १ हजार राशीको ‘जगतवन्धु अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार’ महाकाव्यकार सोमराज अभयलाई प्रदान गरिएको छ । यसैगरी रु.५१,०००।– राशीको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार सन्तोष पन्त (काठमाडौं), ‘योगमाया÷भवानीशङ्कर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार’ डा. रामजीराम (रौतहट), ‘बालकिशन÷ नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म संस्कृति चेतना पुरस्कार’ भानुभक्त जोशी (बझाङ), ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ उपसभामुख इन्दिरा राना मगर (झापा) र ‘केदारनाथ÷मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार’ बालप्रतिभा आभास ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेदीको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि प्रा.डा. बाबुराम तिम्सिना र विशेष अतिथिका रुपमा साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल रहनुभएको उक्त भव्य समारोहमा मानार्थ संरक्षकका रुपमा मोहन दुवाललाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । उद्घोषण अञ्जला कटेलले गर्नुभएको उक्त कार्यक्रममा पुरस्कारका संस्थापकहरु दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनी कटेल, गोपाल मुन्दडा, अञ्जु सुवेदी, सरला चापागाईं लगायतको उपस्थित थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |