प्रभातफेरी अनलाइन३९८ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन १३, मंगलबार(१ साल अघि)
बनेपा, २०८१ माघ ०९÷२०२३ सालमा नेपालभाषाका कवितासङ्ग्रह ‘चुलिजाःगु स्वाँ’ प्रकाशित गराई साहित्यिक क्षेत्रमा देखापरेका दुवालका हालैमात्र ‘शब्दबिम्बमा पौरखीहरु–१’ र ‘शब्दबिम्बमा पौरखीहरु–२’ दुईटा व्यक्तिवृत्तसङ्ग्रह सार्वजनिक भएका छन् ।
खण्ड १ मा ४९ जना साहित्यकारहरु र खण्ड–२ मा समाजसेवक, शिक्षासेवी, राजनीतिज्ञ, कलाकार, साहित्यकार, पत्रकार, प्रकाशक, मानवअधिकारकर्मी, साहित्यिक पत्रकार, संस्कृतिविद् गरी ३६ जना विशिष्ट प्रतिभाहरु समाविष्ट गरिएका छन् । उक्त पुस्तकमध्ये खण्ड १ मा साहित्यकारहरु अग्निशिखा, कपिल अज्ञात, कृष्ण जोशी, कृष्ण धरावासी, कृष्णभक्त श्रेष्ठ, कृष्ण सेन ‘इच्छुक’, केदारनाथ खनाल, खगेन्द्र संग्रौला, डा. गणेशकुमार पौडेल, गणेशराम लाछी, गोपाल अश्क, गोपाल पराजुली, गोपीकृष्ण शर्मा, गोविन्दबहादुर मल्ल ‘गोठाले’, चट्याङ माष्टर, चन्द्रकला नेवार, डा. चुन्दा बज्राचार्य, डा. जीवेन्द्रदेव गिरी, तेजेश्वरबाबु ग्वंगः, दामोदर पुडासैनी ‘किशोर’, दिनेशराज पन्त, देवीप्रसाद वनवासी, ध.च. गोतामे, पुण्य कार्की, डा. पुष्करराज भट्ट, बद्री पलिखे, बालकृष्ण पोखरेल, विन्द्या सुब्बा, बूँद राना, भद्रकुमारी घले, भुवन ढुङ्गाना, मञ्जु काँचुली, मातृका पोखरेल, मोदनाथ प्रश्रित, मोहन दुखुन, रविकिरण निर्जीव, रामप्रकाश गुरुङ समथिङ, डा. रामप्रसाद दाहाल, रामप्रसाद पन्त, रोचक घिमिरे, लक्ष्मीदेवी राजभण्डारी, वासुदेव भाइसाब, विश्व शाक्य, श्रेष्ठ प्रिया पत्थर, सनत रेग्मी, सरुभक्त, हरिदेवी कोइराला, हरिप्रसाद पाण्डेय्, हरिहर खनाल समाविष्ट छन् ।
खण्ड–२ मा साहित्यकारहरु अरुण मिश्र, केशरी बज्राचार्य, खिलबहादुर भावुक, धनमान श्रेष्ठ, पूर्णविराम, मोहनबहादुर कायस्थ, वी.के. पाल्पाली, शिव प्रधान, राजनीतिज्ञहरुमा कमलराज रेग्मी, जनकमान श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, देवेन्द्रलाल श्रेष्ठ, नारायणमान बिजुक्छेँ, निर्मल लामा, बैकुण्ठहरि श्रेष्ठ, मोहनविक्रम सिंह, शिक्षासेवीहरुमा कृष्णराम श्रेष्ठ, गम्भीरमान मास्के, पत्रकारहरुमा कोशराज रेग्मी, कौशल पाण्डे, गोपालप्रसाद थपलिया, गोविन्द वियोगी, पुष्करलाल श्रेष्ठ, समाजसेवीहरुमा डा. गणेश योञ्जन, गोविन्दबहादुर श्रेष्ठ, भीमबहादुर अधिकारी, मिठाईदेवी विश्वकर्मा, शिवबहादुर खड्का, प्रकाशकमा गोविन्दप्रसाद श्रेष्ठ, इतिहासकार÷ संस्कृतिविद्हरुमा डा. तुलसीराम वैद्य, हरिराम जोशी, मानवअधिकारर्मीमा पद्मरत्न तुलाधर, कलाकारहरुमा लय मैनाली, सुन्दर श्रेष्ठ र साहित्यिक पत्रकारमा सिद्धिश्वरमान श्रेष्ठ समावेश गरिएका छन् ।
देशभरका कर्मशील पौरखीहरुलाई पुस्तकमा समेट्दै आएका दुवालका कविता, निबन्ध÷ प्रबन्ध, समालोचना÷ आलोचना, सम्पादकीय, अन्तर्वार्ता, नियात्रा, बालकविता, व्यक्तिवृत्तका गरी यसअघि पनि ३२ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् । यसमध्ये तीनवटा पुस्तक आफ्नै मातृभाषा नेपालभाषामा प्रकाशित छन् ।