Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बचतकर्ताले ध्यान नपुर्याएकै कारण पनि सहकारीमा यस्तो समस्या आएको होः मन्त्री अधिकारी

सन्दर्भः ज्योति मिर्मिरेको रजत वर्ष

प्रभातफेरी अनलाइन २२३ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार (१ साल अघि)
बचतकर्ताले ध्यान नपुर्याएकै कारण पनि सहकारीमा यस्तो समस्या आएको होः मन्त्री अधिकारी

पनौती । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को रजत वर्ष २०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका बारेमा जुन किसिमका समस्याहरु आएका छन्, त्यसमा सहकारी सञ्चालक मात्र नभई बचतकर्ताको पनि ध्यान नपुगेको कारण नै आज यो समस्या आएको बताउनुभएको छ । पछिल्लो समय सहकारीहरुप्रति आएको अड्चनका बारेमा आफू प्रष्ट रहेको र त्यही अनुसार सहकारी नीतिलाई अगाडि बढाएको बताउनुभएको छ ।
उद्घाटन कार्यक्रममा रजत वर्ष स्मारिकाको विमोचन गर्दै ज्योति मिर्मिले साकोसले सदस्यहरुको आर्थिक उन्नतीमा साथ दिई २५ औं वर्ष प्रवेश गरेकोमा बधाई सहित प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ज्योति मिर्मिरे सामूहिक साकोस जस्ता संस्थाहरुले विधि र पद्धतिलाई नमिचेकै कारण आज बचतकर्ताहरुमा स्थापित छन् । जो विधि पद्धतिभन्दा बाहिर भए तिनीहरुले समस्या भोगिरहेका छन् । त्यसैले बचतकर्ताको पनि सहकारीप्रति दायित्व रहन्छ । संस्थामा पैसा मात्र जम्मा गरेर दायित्व पूरा हुँदैन, आफूले जम्मा गरेको रकमको प्रयोग कहाँ, के, कसरी भइरहेको छ, त्यसको निगरानी राख्ने दायित्व बचतकर्ताको हो । आज जति पनि समस्याग्रस्त सहकारीहरु छन्, उनीहरुका पछाडि बचतकर्ताहरुले सीमाभन्दा बढी विश्वासको परिणाम हो । त्यसैले आज ज्योति मिर्मिरेले जुन उचाइ प्राप्त गरेको छ, त्यसका पछाडि बचतकर्ताहरुको महत्वपूर्ण भूमिका रहेको मन्त्री अधिकारीले खुलासा गर्नुभएको छ ।
समारोहलाई सम्बोधन गर्दै सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागितामा उपलब्ध स्रोत साधानको अधिकतम परिचालन गरी तिब्र आर्थिक वृद्धि हाँसिल गर्न र विकास र समृद्धि ल्याउन नयाँ अध्यादेश सरकारले ल्याएको र संसदबाट पास गर्ने मन्त्री अधिकारीले उल्लेख गर्नुभएको छ ।


कार्यक्रममा संस्थाका प्रबन्धक गोपाल तिमल्सिनाको कथन छ– कमी कमजोरी नगर्दा पनि आलोचनाको सिकार हुनुपर्ने अवस्था आउँदो रहेछ । सहकारीहरुमा पछिल्लो समय देखिएको अस्वभाविक प्रतिस्पर्धाको परिणाम आजको समस्या भएको आफूले मनन् गरेको सम्बोधनका क्रममा बताउनुभएको छ । आज ज्योति मिर्मिरे सामूहिक साकोसप्रति कसैले औंला उठाउन नसक्नुको कारण संस्था सञ्चालनमा विधि, पद्धतिभित्र रहनु नै हो भने सञ्चालक समितिले समय सापेक्षित रुपमा संस्थालाई अगाडि बढाउनका लागि अनुकरणीय भूमिका निर्वाह गरेकै परिणाम स्वरुप आज प्रत्येक बचतकर्ताको मन मष्तिष्कमा बस्न सफल भएको बताउनुभएको छ ।
संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न समारोहमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेत, प्रोस्कुनका वरिष्ठ उपाध्यक्ष जीवराज खड्का, बागमती प्रदेश सहकारी संघ लिका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, नेप्सकुनका संचालक खेम सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगरका सभापति विवेक भट्टराई, सम्मानितको तर्फबाट शिक्षासेवी रामप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको छ । संस्थामा ५ सय ७२ जेष्ठ सदस्य मध्ये २ सय जनालाई सो अवसरमा सम्मान गरी पौष्टिक आहार वितरण गरिएको छ । ७५ वर्ष माथिकालाई प्रतिव्यक्ति वार्षिक १ हजार दुई सय भत्ता र ७० देखि ७४ वर्ष उमेरकालाई सम्मान गरिएको छ ।
कार्यक्रममा शिक्षा सेवी रामप्रसाद अधिकारी, पूर्व सञ्चालकहरु एक सय जना, पूर्व कर्मचारी १० जना, विशिष्ट सदस्य केशव थापा, उत्कृष्ट सदस्य जयराम तिमल्सिना, १८ वर्ष माथि सेवा गर्ने कर्मचारी सुनिता तिमल्सिना, साधुराम थापा, संस्थापक सदस्य २८ जना, एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान, उत्कृष्ट कारोवार गर्ने २२ जनालाई सम्मान गरेको छ । २८ हजारबाट संस्था सञ्चालन गरेको संस्थाको सम्पत्ती १ अर्व ३० करोड रहेको छ । २२ हजार शेयर सदस्यहरुको आर्थिक उन्नतीमा सहयोग पु¥याएको संस्थाले जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0