Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वडाध्यक्षदेखि मन्त्रीसम्मको यात्रामा रेडक्रसको भूमिका उल्लेखनीय छः रेडक्रसकर्मी एवं स्वास्थ्य मन्त्री थापा

प्रभातफेरी अनलाइन २०९ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २१, बुधबार (१ साल अघि)
वडाध्यक्षदेखि मन्त्रीसम्मको यात्रामा रेडक्रसको भूमिका उल्लेखनीय छः रेडक्रसकर्मी एवं स्वास्थ्य मन्त्री थापा

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाद्वारा स्वास्थ्यमन्त्री किरण थापाको सम्मानमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष हुँदादेखि आफू आज जुन स्थानसम्म (स्वास्थ्य मन्त्री) पुगेको छु, त्यसको पछाडि रेडक्रसको उल्लेखनीय भूमिका रहेको छ । किनकी उपशाखा हुँदै जिल्ला सभापतिसम्मको जिम्मेवारी सम्हाल्दै आजसम्म पनि आफूलाई रेडक्रसकर्मी भन्दा गर्व लाग्छ भन्दै जीवन्त रेडक्रसको क्षेत्रमा समर्पित रहने प्रतिबद्धता समेत मन्त्री थापाले सम्बोधनका क्रममा व्यक्त गर्नुभएको छ । रेडक्रसको इतिहासलाई मानवीय हिसाबमा कसैले प्रश्न उठाउन सक्ने अवस्था नभएको समेत बताउनुभएको छ ।
बिहीबार बनेपामा आयोजित कार्यक्रममा मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटी पीडितको दुःखमा सधैं साथमा रहेको र आगामी दिनमा पनि सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री थापाले गत असोज १० देखि १२ गतेसम्मको बाढीपहिरोले पीडितहरुसम्म हातेमालो गर्न स्वयं घटनास्थलमा खटेको स्मरण गर्नुहुँदै पिडित नागरिकहरुका प्रदेशले छिट्टै राहत र पुनर्निर्माणका काम शुरु गर्ने जानकारी सोही कार्यक्रममा दिनुभएको छ । मन्त्री थापाले भौतिक मन्त्रालयसँग समन्वय गरेर विपदबाट धेरै क्षति भएका जिल्लामा खानेपानी, कृषि लगायतका क्षेत्रमा काम शुरु भइसकेको स्मरण गराउनुभएको छ ।
सम्बोधनकै क्रममा मन्त्री थापाले रेडक्रसकर्मीहरु निर्वाचनबाट चुनिएर आएका भए पनि अब भने सबैको साझा रहेकाले सबैका समस्यालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिँदै काम गर्दा केही समस्या आए प्रदेशसँग समन्वय गर्न सल्लाह दिनुभएको छ । कार्यक्रममा रेडक्रस काभ्रेका सभापति देवेन्द्र भैलले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले हालसम्म गरेका मानवीय सेवाका गतिविधिका बारेमा मन्त्री थापालाई जानकारी गराउँदै आफू नेतृत्वमा आएपछि रेडक्रसको सिद्धान्त अनुरुप कसैलाई पनि भेदभाव नगरि काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर दिइरहने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा रेडक्रस कार्यसमितिका पदाधिकारी, पूर्व सभापतिहरु, मन्त्री र सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन रेडक्रस काभ्रेका मन्त्री राजु सिग्देलले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0