बनेपा । जनता समाजवादी पार्टी काभ्रेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण एक समारोहबीच शुभारम्भ भएको छ ।
कार्यक्रम पार्टी केन्द्रको कार्यकारीणी समिति सदस्य माननिय राजेन्द्र श्रेष्ठको प्रमुख आथिथ्यता, पार्टी केन्द्रको कार्यकारीणी समिति सदस्यहरू गंगा नारायण श्रेष्ठको विषेश आथिथ्यता तथा पार्टीका केन्द्रिय सदस्य एवं तामसालिङ राष्ट्रिय परिषदका इन्चार्ज रविन्द्र थिङ, पार्टीका केन्द्रिय सदस्य एवं ३ नं प्रदेशका सह इन्चार्ज तथा काभ्रे जिल्लाका अभियान संयोजक अकल बहादुर थीङ, ३ नं प्रदेशका सह इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य बन्दना सुवेदी, पार्टीका केन्द्रिय सदस्य होमकुमारी दोङ,पार्टीका केन्द्रिय निकाय सदस्य इन्द्र बहादुर गोले तामाङको साथै काभ्रेबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रिय परिषद सदस्यहरूको आथिथ्यता तथा जिल्ला संयोजन समिति काभ्रेका अध्यक्ष कृष्ण भण्डारी (शिशिर) को अध्यक्षतामा बनेपामा सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व सममजवादी पार्टीको ९९ जना, पूर्व राजपा तर्फबाट ५० जना, एकिकृत माक्सवादी पार्टीबाट १३ जना नेपाली कांग्रेसबाट आएका ४ जना र अन्य जनमुक्ति लोकतान्त्रिकपार्टी र नेपाल लोकतान्त्रिक पार्टीका समेत गरी १ सय ९९ जनाको जिल्ला समन्वय समिति बनाएको छ । जसको अध्यक्ष शिशिर भण्डारी अध्यक्ष रहेका छन् ।
कार्यक्रममा जिल्लाका १३ वटै पालिकाका पालिका कमिटीको अध्यक्षको संयोजकत्वमा ४ महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान संचालन गर्ने निर्णय गरेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |