Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोभान पुल निर्माण कार्य चाँडो सम्पन्न गर्न मुख्यमन्त्री लामाको निर्देशन

प्रभातफेरी अनलाइन १४२ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २२, बिहिबार (१ साल अघि)
दोभान पुल निर्माण कार्य चाँडो सम्पन्न गर्न मुख्यमन्त्री लामाको निर्देशन

काभ्रे । बागमती प्रदेशको काभ्रे र मकवानपुरको तीन पालिका जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राख्ने बागमती प्रदेशका मूख्य मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ ।
महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले दुर्गम पालिका जोड्ने बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
८ वर्ष अगाडि नै जिल्ला विकास समिति मकवानपुरबाट महाविर÷शिखर÷तामाकोशी जेभीले ठेक्का पाएको बागमती नदीको सिक्रे दोभान पुल ठेक्का भए पनि हालसम्म निर्माण पूरा नभई अलपत्र परेको भन्दै ध्यानाकर्षण गराउन पुगेका जनप्रतिनिधिहरूलाई यस पुललाई चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई निर्देशन दिनुहुँदै विपदका कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको समेत निर्माणमा तदारुकता दिने बताउनुभएको छ ।
कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री मास्केले आफुले प्रदेशका रूग्ण योजना पहिचान गरि निमार्णमा गति दिने काम गरिरहेको बताउँदै बागमती नदीको सिक्रे दोभान पुलको कामलाई पनि अघि बढाउने बताउनुभएको छ । उहाँले ग्ण योजनामध्ये २९ वटालाई गति दिएको र ३ वटा सम्पन्न भएको उदाहरण प्रस्तुत गर्दै बागमती नदीको सिक्रे दोभान पुलको निरीक्षणका लागि आफैं फिल्डमा पुग्ने र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहित जनप्रतिनिधिहरूले गत असोज ११ र १२ गतेको बाढिका कारण रोशी र महाभारत जोड्ने एकमात्र थान्सिङबेसी पुल बगाई क्षति पुगेकाले निर्माणका लागि यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै, बागमती प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन जनमुक्ति मार्ग अन्तरगत हात्तिसार सिक्रे दोभान खण्ड (७ सय मिटर) गत असोज ११ र १२ गतेको बाढिले क्षतिग्रस्त भएकाले पुर्ननिर्माणका लागि अनुरोध गर्दै तिनखुट्टे देवीटार (८.७ किमि) खण्ड २०७७ सालमा ठेक्का सम्झौता भई समयावधी पटक पटक थप गर्दा समेत ६० प्रतिशत पनि कार्य प्रगति नहुनुका साथै खानी खोला र पार्वती खोला पुलमा समेत सोही समस्या रहेकाले उक्त आयोजनाहरु यथाशिघ्र सम्पन्न गर्नका लागि समेत मूख्यमन्त्री र भौतिक मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0