सन्दर्भः लायन्स क्लब इन्टरनेशनल ३२५ आइ र के को तेस्रो महाअधिवेशन
कास्की । लायन्स इन्टरनेशनल ३२५ आइ नेपालको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पोखरा आइपुगेका नेपाल सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राजावादीहरुको आन्दोलनप्रति इंकित गर्दै सामन्तवादबाट जन्मेको लोकतन्त्र फेरि सामन्तवादमा फर्कँदैन । आजको युवाहरुले बुझ्न जरुरी छ भन्नुभएको छ ।
नेपालको राजनीतिक प्रणालीमा देखिएका आरोह, अवरोहप्रति मन्त्री गुरुङले लायनहरुले सामाजिक रुपमा देखाएको उत्कृष्ट योगदान र नेतृत्वप्रति राजनीतिककर्मीले अनुशरण गर्न जरुरी रहेको बताउनुभएको छ । नेपालमा जे–जति घटनाक्रम अगाडि बढेका छन्, त्यसको पछाडि विचलित मानसिकता र संकीर्ण सोच नै प्रमुख कारक हुन् । धराशयी अवस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई लयमा फर्काउने कार्यमा यो सरकार लागिपरेको जिकीर गर्दै मन्त्री गुरुङ थप्नुहुन्छ, “अहिले सरकार लयमा फर्किएको छ । कुनै त्यस्तो जादुको छडी छैन, जसलाई प्रयोग गर्ने बितिकै कल्पनाअनुसारका उपलब्धीहरु देखाउन सकिने । त्यसैले पछिल्लो समय सामाजिक सञ्जालप्रति प्रयोग हुने शब्दहरु आफैंमा विवादास्पद छन् । सरकारले त्यस किसिमको उदण्ड गतिविधिलाई नियन्त्रण गर्ने प्रयास अनुरुप जुन विधेयक आएको छ, त्यसले विकृति, विसंगतिहरुलाई निरुत्साहित गर्नमा सरकार आशावादी छ ।
त्यसैगरी सरकारले ल्याएका अन्य विधेयकहरुको बारेमा प्रष्ट्याउँदै संसदबाट आउनुपर्नेमा किन विधेयकका रुपमा आयो भन्ने सवालमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विधेयकको औचित्यमाथि प्रष्ट्याउँदै नेपाली जनताले परिवर्तनको अनुभूति छिटोभन्दा छिटो प्राप्त गर्न सकुन् भन्ने ध्येयका साथ ल्याएको ठोकुवा गर्नुभएको छ । झण्डै ६० वटा भन्दा बढी कानूनका रुपमा आएका ति विधेयकहरु नेपाली जनताका लागि सरल र सहज बाटोबाट कानून निर्माण हुने जसले नेपाली जनतालाई आइपर्ने विभिन्न अड्चनहरुको समाधान र निरुपणमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभएको छ ।
विधेयकका बारेमा विरोध गर्नु अर्थहिन भएको टिप्पणी गर्दै विधेयक आफैंमा एउटा परिवर्तनको पक्षधरको साधन भएको पनि मन्त्री गुरुङले स्पष्ट पार्दै प्रत्येक नागरिकहरुले यि र यस्ता विधिका बारेमा जानकार राख्नुपर्ने बताउनुभएको छ ।
सम्बोधनकै क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं मन्त्री गुरुङले लायन्स क्लब मार्फत् नेपालको सामाजिक क्षेत्रमा भएका उल्लेखनीय सामाजिक कार्य र सेवाका बारेमा जति नै चर्चा गरेपनि अपुग रहने बताउनुहुँदै लायन्स इन्टरनेशनलमार्फत् नेपाल भित्रिने जुनसुकै सहयोगका लागि सहजीकरण गर्न नेपाल सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।
पोखरा । मार्च ८ अर्थात् फागुन २४ गते काभ्रेली माटोका लागि अविस्मरणीय गौरवको दिनको रुपमा प्राप्त हुन पुगेको छ । सामाजिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त लायन्स इन्टरनेशनल डिष्ट्रिक्टको यात्रामा काभ्रेली माटोले २ जना होनहार युवाहरुलाई गर्भनरको रुपमा पाएको छ ।
लायन्स इन्टरनेशनल ३२५ आइ नेपालको गभर्नरमा काभ्रेली चेली पार्वती खरेल पाण्डे सय प्रतिशत एस भोटका साथ निर्वाचित हुनुभएको छ । आधा आकाश र आधा धर्तीका रुपमा विश्लेषण हुँदै आइरहेको नेपाली समाजमा यो उपलब्धीले पक्कै पनि अविस्मरणीय र दूरगामी महत्व राख्छ भन्ने सिंगो काभ्रेलीहरुले अपेक्षा राखेका छन् ।
त्यसैगरी काभ्रे जिल्लामा जन्मनुभई कास्की जिल्लामा कर्मथलो बनाउनुभएका काभ्रेली युवा लायन दुर्गा प्रसाद हुमागाईं लायन्स इन्टरनेशनल ३२५ के नेपालको डिष्ट्रिक्ट गभर्नरको रुपमा वहाँ पनि सय प्रतिशत एस मतका साथ निर्वाचित हुनुभएको छ । यसले लायनवादको यात्रामा काभ्रेली भूमिको योगदानको जति नै चर्चा गरेपनि अपुग रहने लायन अभियान्ताहरुले बताएका छन् । जुन किसिमको नेतृत्व लायन्समा भएको छ, त्यसले समाज रुपान्तरणमा काभ्रेली भूमिलाई अब्बलता सावित गराउँछ भन्ने अपेक्षा लायनवादका अनुयायीहरुले राखेका छन् ।
एउटै शहर, एकै समय र एकै मितिमा भएका अधिवेशनबाट एउटै जिल्लाका दुई युवाहरु गभर्नरमा निर्वाचित हुनुले पनि लायनवादको यात्रा काभ्रेका लागि चुनौती पनि थपिएको छ । यो विरासतलाई स्थायित्व दिन संघर्षका दिनहरु सुरु भएको पनि निर्वाचित गभर्नरहरुले व्यक्त गरेका छन् । सगरमाथा चढ्न त सजिलो हुन्छ तर त्यो विरासत जीवन्त राख्न कठिन र गहिरो संकल्पको आवश्यकता पर्दछ । आज जुन जिम्मेवारी प्राप्त भएको छ, त्यसलाई जीवन्त दिन र कुनै कोणबाट पनि प्रश्न उठ्न नदिनका लागि हाम्रा दिन गन्तीहरु सुरु भएका छन् । यि उपलब्धीहरुलाई स्वर्णिम अक्षरले सजाउनका लागि हामी कुनै पनि अवस्थामा चुक्न दिनेछैनांै भन्ने प्रतिबद्धता समेत निर्वाचित गभर्नरहरुले व्यक्त गर्नुभएको छ ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट लायन पार्वती खरेल पाण्डे डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनुभएको छ । लायन पाण्डे लायन वर्ष २०२५–२०२६ का लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन सूर्य कुमार केसी तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन शैलेन्द्र मोहन भट्टराई निर्वाचित हुनुभएको छ । निर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन पाण्डेले क्याविनेट सेक्रेटरीमा लायन राम बहादुर श्रेष्ठ, क्याबिनेट ट्रेजररमा लायन महेन्द्र कुमार राठी, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन बिष्णु प्रसाद भण्डारी, पि.आर.ओ. इन चिफ लायन ऋषि गिरी, डिष्ट्रिक्ट चिफ काउन्सेलरमा लायन महेश पाण्डे, लायन अमृत शोभा खत्री, चिफ एड्मिनिस्ट्रेटर लायन जनार्दन फुयाँल, लायन हरिराज पन्त र लायन शान्ता देवि थापा भण्डारी, चिफ एम्बेसडर अफ गभर्नरमा लायन सुवासचन्द्र जोशी, डिष्ट्रिक्ट एडमिनिष्ट्रेटरमा क्रमशः लायन सूर्यनारायण बराल, लायन सन्तोष रावल, लायन अमृतप्रसाद तिवारी, लायन पवित्रराज तिवारी, लायन विनय अग्रवाल, लायन राजु चालिसे, लायन विना थापा, लायन सुरेन्द्रमान सिंह भण्डारी, लायन शिवराम गौतम, लायन विन्दु घिमिरे, लायन टंकराज अधिकारी, लायन युवराज खनाल र लायन सन्दीप क्षेत्री मनोनित हुनुभएको छ । अधिवेशनले डिष्ट्रिक्टका तर्फबाट शत प्रतिशत मत ले क्ष्म् भ्लमयचकभभ लायन राजन लम्साललाई चयन गरेको छ ।
त्यसैगरी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट लायन दुर्गा प्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनुभएको छ । लायन हुमागाईं लायन वर्ष २०२५–२०२६ का लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित हुनुभएको हो । डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन लिडर हुमागाईं १९ वर्षदेखि लायन्समा सक्रिय रहँदै आउनुभएको छ । यसैगरी लायन वर्ष २०२५–२६ का लागि प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन् ।
निर्वाचित डिष्ट्रिक्ट गभर्नर हुमागाईंले लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिष्ट्रिक्ट कोषाध्यक्षमा रामकुमार लामिछाने, डिष्ट्रिक्ट चिफ एडभाइजरमा टीकाराम सापकोटा, डिष्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटरमा हसन कुमार गोपाली मनोनित गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |