logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

सगरमाथा साहित्य प्रतिष्ठानले वार्षिकोत्सव मनाउने

प्रभातफेरी अनलाइन४७० पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार(१ साल अघि)
सगरमाथा साहित्य प्रतिष्ठानले वार्षिकोत्सव मनाउने

काठमाडौं । वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवद्र्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ स्थापना दिवस एक भव्य समारोह बिच काठमाडौंमा मनाउने भएको छ ।
संस्थाका प्रवक्ता राजेशराज गड्तौलाका अनुसार सो अवसरमा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री, चितवनकी यमुना गौतम तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई सम्मान गर्नुका साथै संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन एवं ’सगरमाथा वर्ष पुरस्कार’ को समेत वितरण हुने कार्यक्रम रहेको छ ।
आगामी चैत्र २ गते शनिबार काठमाण्डौको अनामनगरमा रहेको डालो रेष्टुरेण्टमा उक्त कार्यक्रम हुने जानकारी समेत प्रवक्ता गड्तौलाले दिएका छन् । ज्ञात रहोस्, सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रीय कार्यालय हाल युएईमा रहेको छ भने यसको स्थापना सो समयमा त्यहाँ कार्यरत नेपाली साहित्यलाई माया गर्ने युवाहरूबाट भएको हो ।