Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भाईले खाँदा दाई अथवा बहिनीले खाँदा दिदीले टुलुटुलु हेरिबस्नुपर्ने अवस्था आउन दिनौँः अभियान्ता थापा

प्रभातफेरी अनलाइन ४४३ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
भाईले खाँदा दाई अथवा बहिनीले खाँदा दिदीले टुलुटुलु हेरिबस्नुपर्ने अवस्था आउन दिनौँः अभियान्ता थापा

मण्डनदेउपुर । मानिसको अनुहार हेरेर उसको यथार्थ पहिचान गर्न सकिँदैन । ऊभित्र मौलाएको सामाजिक भाव उसले व्यक्त गर्ने गतिविधिमा निर्भर हुन्छ । हो, यस्तै सामाजिक पात्रका रुपमा एउटा शालिन अभियान्ता बनेर सेवामा समर्पित योद्धाको नाम हो कृष्ण देव थापा ।
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका –८ मा रहेको डेडीथुम्का माध्यमिक विद्यालयमा अध्ययरत बालबालिकालाई दिवा खाजाको ब्यवस्थापन गरेका छन् । अभियान्ता थापाले नेपाल सरकारले हाल कक्षा ५ सम्मका बालबालिकालाई मात्रै दिवा खाजा दिँदै आएकोमा कक्षा १० सम्म पढ्ने सबै बालबालिकालाई खाजाका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘भाईले खाँदा दाई अथवा बहिनीले खाँदा दिदीले टुलुटुलु हेरिबस्नुपर्ने’ अहिलेको अवस्थालाई हटाउन कक्षा १० सम्मकै बालबालिकालाई खाजा खर्च उपलब्ध गराउन लागिएको अभियान्ता थापाले बताउनुभएको छ । बनेपा नगरपालिका– १२ मा जन्म लिएका थापा अहिले जर्मनमा होटल ब्यवसाय गर्दै आएका छन् । यसभन्दा अघि आउँदा सोही विद्यालयका बालबालिकालाई पोसाक वितरण गर्नुभएको थियो ।
दिवा खाजाको लागि मात्र होइन अभियान्ता थापाकै सहयोगमा बालबालिकालाई खाजा खाना सहज बनाउने उद्देश्यले पक्की ट्रष्ट समेत निर्माण गरिएको छ । झण्डै २ लाख लगानीमा तयार भएको ट्रष्टको जर्मन नागरिक योहानेस र अभियान्ता थापाले सोही अवसरमा संयुक्त रुपमा उदघाटन गर्दै अति आवश्यक परेका बालबालिकाका लागि ५० जोर जुत्ता समेत प्रदान गर्नुभएको छ ।
ट्रष्ट उदघाटन तथा दिवा खाजा घोषणा कार्यक्रम वडाअध्यक्ष निरञ्जन विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्टले यो सहयोगले बालबालिकाको मुहारमा खुशी छाएको बताउनुभएको छ । उहाँले सहयोग प्रदान गरेका थापालाई विशेष धन्यवाद दिँदै अगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको बताउनुभएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले समाजसेवी कृष्ण देव थापाले प्रदान गरेको आर्थिक सहयोगबाट आगामी शैक्षिक सत्र २०८२ को बैशाख महिनादेखि सबै बालबालिकाका लागि दिवा खाजा खुवाउन सुरु गरिने जानकारी दिनुभएको छ । उहाँले डेडीथुम्का माविलाई नगरपालिकाभित्र मात्रै नभई जिल्लाकै नमुना विद्यालय निर्माण गर्न तर्फ आफ्नो ध्यान केन्द्रीत रहेको भन्दै यसमा साथ दिन अभिभावकहरुलाई आग्रह समेत गर्नुभएको छ ।
जर्मन नागरिक योहानेसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरण सुधार गर्न आवश्यक सहयोग गर्ने वचनबद्धता ब्यक्त गर्दै जर्मन र यो विद्यालयबीच पुलको काम गर्ने उल्लेख गर्नुभएको छ । कार्यक्रममा जर्मन नागरिकहरुले क्यानटिनका लागि प्लेट, चम्चा प्रदान गर्नुका साथै कप खरिदका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । उहाँहरुले बालबालिकालाई विभिन्न खेलौना सामग्री प्रदान गरेका थिए । विद्यालयका विद्यार्थीहरुले सो अवसरमा अतिथिहरुलाई नृत्य तथा साँस्कृतिक प्रस्तुतीले स्वागत गरेका थिए । कार्यक्रममा शिक्षाको क्षेत्रमा काम गर्दै आएका विभिन्न ब्यक्तित्व, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0