Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृति लोकार्पण तथा गजल वाचन समारोह सम्पन्न

प्रभातफेरी अनलाइन ६३७ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
कृति लोकार्पण तथा गजल वाचन समारोह सम्पन्न

काठमाडौँ । काव्य प्रेमी समूहको आयोजनामा २०८१ चैत २ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा कृति लोकार्पण तथा गजल वाचन समारोह सम्पन्न भएको छ ।
नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठज्यूको अध्यक्षतामा र गजलकार रवि प्राञ्जलको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि करुण थापा, डा.प्रदिपकुमार मैनाली, शंकर कोइराला, भुवन निस्तेज, घनेन्द्र ओझा, राधा कणेल,विष्णु प्रसाद आचार्य, बिनोद बिम्बित, गुमनाम मुसाफिर, भोजराज घिमिरे लगायत सयौँ गजलकार एवं गजल अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोजक संस्थाको तर्फबाट गजलकार दिपेन्द्र सुनामीले स्वागत मन्तव्य तथा विशेष अतिथि करुण थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गजलकार प्रमोद थापाको गजल कृति “अन्दाज “, अनजान यात्रीको “आगोको होली “ र आँचलकुमार शर्माको “रुद्राक्ष“ गरी तीनओटा गजल सङ्ग्रहको लोकार्पण भएका थिए । कृति विमोचन कार्यक्रममा समीक्षक भुवन निस्तेजले तीनैओटै कृतिमाथि समीक्षा प्रस्तुत गर्नु भएको थियो । दुई चरणमा विभाजन गरिएको उक्त समारोहको दोस्रो चरणमा तीनै कृतिका गजलकारहरूले पालैपालो चार चार गजल वाचन गरेका थिए।
भाउ सोधी भावको गर्न सक्छ दिल्लगी
रूपको बजारमा मनको के कुरा गरूँ
उसको हिम्मतलाई सलाम ठोक्यो आँधीले
जसले उसको बाटो छेक्यो बत्ती बालेर 
गजलकार प्रमोद थापाका यिनै शेरहरूबाट सुरु भएको वाचन कार्यक्रमको मध्यमा अनजान यात्रीले आफ्ना शेरहरू सुनाउनुभयो ।
आऊ तिमी डढेलो भै मेरो जिन्दगीमा
आगोको होली खेल्ने सपना पूरा हुनेछ 
चुरा बज्नथाल्दा छिमेकीको घरमा
यता युद्ध चल्छ सिरानी र मेरो
लगत्तै गजलकार आँचलकुमार शर्माले आफ्ना गजलहरू सुनाउनुभयो ।
सुटुक्क आयौ मुसुक्क हाँसेर सुम्सुम्यायौ
मिठा मिठा तर्कनाहरू अंकमाल गर्छन् 
हालीमुहाली देख्दा लोटाहरूको धेरै
गग्रेटोमाथि गाग्री चुपचाप बस्नेगर्छ ।
दीप श्री क्रिएटिभ मिडियाका प्रबन्ध सञ्चालक तथा साहित्यकार दिपक लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रम निरन्तर वाह ! वाह ! र तालीको गडगडाहटका बिच सम्पन्न भएको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0