Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मेरो बोली अमेरिकन भएपनि मन मष्तिष्क नेपाली होः डा. सेरी

सन्दर्भः मेमोग्राम हस्तान्तरण कार्यक्रम

प्रभातफेरी अनलाइन ९४० पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलबार (१२ महिना अघि)
मेरो बोली अमेरिकन भएपनि मन मष्तिष्क नेपाली होः डा. सेरी

हामी जहाँसुकै चर्न पुगेपनि जन्मभूमि र जन्म दिने आमालाई भुल्नु हुन्नः डा. तौजले

दाताको सहयोगबिना मानवीय सेवामा सन्तुष्टि मिल्दैनः डा. हेक्टर

बनेपा । शीर मेमोरियल अस्पताल बनेपामा स्तन क्यान्सर परिक्षणका लागि अत्याधुनिक मेमोग्राम मेशिन उपकरण जडान व्यवस्थापन सहितको सेवा शुभारम्भ गर्न बनेपा आइपुगेका डा. प्रकाश तौजले श्रेष्ठ, डा. सेरी र डा. गायरस हेक्टरले स्तन क्यान्सको पहिचानको क्षेत्रमा यो सहयोग कोसेढुंगा सावित हुने बताउनुभएको छ ।
आफ्नो किशोरावस्थाको स्मरण गर्दै उच्च शिक्षापछि यो अस्पतालमा आएर सेवा पु¥याउन पाउँदा गौरवान्वित महसुस गर्नुको साथै तत्कालिन अवस्थामा नेपाली आमा, दिदीबहिनीहरुको दर्दनाक पिडाले आज यहाँ ल्याइपु¥याएको बताउनुहुँदै मेरो बोली अमेरिकन भएपनि मन मष्तिष्कमा नेपाली हुन पाएकोमा आफूलाई भाग्यमानी ठानेको छु भन्नुभएको छ । आशा छ, यो मेसिनको प्रयोगले यस भेगका आमा, दिदीबहिनीहरुले राहत महसुस गर्नेछन् भन्ने अपेक्षा पनि राखेको बताउनुभएको छ ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै डा. प्रकाश तौजले श्रेष्ठले आफू जति नै टाढा पुगेपनि आफु जन्मेको ठाउँ र जन्म दिने आमा भुल्न सकिँदैन । साथै मेरो उच्च शिक्षापछिको कार्यक्षेत्र पनि यही अस्पताल भएको हुँदा अतीतका ति दिनहरुले आफूलाई डोहो¥याइरहेको र डा. सेरीले पनि केही मानवीय सेवा गर्ने हो भने पहिलो रोजाइ उनकै कर्मभूमिको रुपमा स्थापित बनेपा नै सम्झिएकोले आज यहाँ आइपुगेको र सेवा पु¥याउने अवसर मिलेको स्मरण गराउनुभएको छ ।
त्यसैगरी बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले शीर मेमोरियल अस्पतालले नागरिकहरुको स्वास्थ्य सेवा स्तरमा वृद्धि गर्दै लगेकोमा खुसी व्यक्त गर्नुहुँदै बनेपा नगरवासीले बीमा सुविधा लिन धुलिखेल धाउनुपर्ने र सेवा लिन अप्ठ्यारो भएकोले सोको लागि आवश्यक पहल कदमी गर्न स्थानीय सरकारको सहयोग सदैव रहने प्रतिबद्धता जाहेर गर्नुभएको छ । सम्बोधनकै क्रममा बनेपाका महिलाहरुले ब्रेस्ट क्यान्सर परीक्षणका लागि गर्नुपर्ने सहयोग १० लाख नगद उपलब्ध गराउने वचनबद्धता समेत व्यक्त गर्नुभएको छ ।


मेमोग्राम प्रविधिको मेसिन शुभारम्भ कार्यक्रममा सरिक सम्पूर्ण अतिथि एवं दाताहरुप्रति कृतज्ञता ज्ञापन गर्दै जुन सहयोग प्राप्त भएको छ यसले स्तन क्यान्सरको क्षेत्रमा अनुकरणीय योगदान पु¥याउनेमा आफू आशावादी भएको खुलासा गर्दै यो सहयोगले पछिल्लो तथ्यांक अनुसार नेपाली महिलाहरुको प्रथम स्थानमा रहेको स्तन क्यान्सरको समयमै पहिचान हुनुको साथै हजारौं नेपाली आमा, दिदीबहिनीहरुको अकाल मृत्युवरण हुने जुन पिडा थियो, त्यसका लागि मलमपट्टि सावित हुनेमा अस्पताल परिवारले विश्वास गरेको छ । आशा छ, यस किसिमका सहयोगहरु निरन्तर रुपमा प्राप्त भइरहेमा स्वस्थ समाज निर्माणका लागि महत्वपूर्ण योगदानका रुपमा अस्पताल परिवार लालायित हुनेछ । निकट भविष्यमै जडान हुने डायलासिस मेसिनबाट विकराल रुपमा स्थापित मृगौला पिडितहरुलाई पनि शीर मेमोरियल अस्पताल सञ्जीवनी सावित हुने विश्वास डा. हेक्टरले लिनुभएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख बसुन्धरा खड्का, बनेपा नगपालिका वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, नेपाल अबुर्द रोग निवारण संस्था काभ्रेको अध्यक्ष नेपाल सुधार भैल र सरोकालवालाहरुको सहभगिता रहेको थियो भने अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जेला बस्नेतले महिलाहरुमा हुने स्तन क्यान्सरको परिक्षण हरेक मंगलबार र विहिवार सर्वसुलभ ढंगवाट गरिने र सेवा शुल्क बापत २ हजार बुझाउनुपर्ने बताउनुभएको छ । यो सुविधामा तत्कालका लागि २५ प्रतिशत छुट प्राप्त गर्न सकिने डा. बस्नेतले जानकारी गराउनुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0