logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

उज्यालो नेपालका नायकलाई हत्याएर सरकारले आफ्नो चरित्र उदांगो पा¥यो

प्रभातफेरी अनलाइन६२१ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलबार(१ साल अघि)
Post Thumbnail

बनेपा । बिजुलीको अरबौं बक्यौता उठाएर सरकारको ढुकुटीमा ल्याउन खोजेकै कारण दुई तिहाइको नालायक सरकारले उज्यालो नेपालका नायक कुलमान घिसिङलाई हटाएर आफ्नो असली रुप देखाएको छ ।
सोमबार बसेको नेपाल सरकारको मन्त्री परिषद्को बैठकबाट नायक घिसिङलाई पदच्युत गरेको हो । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्री परिषद्ले सो निर्णय गर्दै घिसिङलाई हटाउने निर्णय गरेको हो । घिसिङको आगामी श्रावण २४ गते स्वतः अवधि सकिने भएता पनि मन्त्री खड्काको चरम दबाबका कारण मन्त्री परिषद्ले यो निर्णय गरेर नेपाली जनतामाथि आफ्नो लाचारीपन देखाएको छ ।
सरकारको यो निर्णयका विरुद्ध देशमा आन्दोलनका ज्वारभाटाहरु उठेका छन् । यो निर्णय सरकारले नसच्याएमा जनआन्दोलनका रुपमा सरकारले घुँडा नटेकेसम्म आन्दोलन जारी रहने सामाजिक अभियान्ताहरुले सार्वजनिक रुपमा आन्दोलनकारिलाई सम्बोधन गर्दै बताइरहेका छन् ।