logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

सहकारी दिवसले सहकार्यलाई प्रगाढ बनाउन अपेक्षा राखेका छौंः अध्यक्ष पोते श्रेष्ठ

सन्दर्भः ६८औं राष्ट्रिय सहकारी दिवस

प्रभातफेरी अनलाइन४९३ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १९, मंगलबार(१ साल अघि)
सहकारी दिवसले सहकार्यलाई प्रगाढ बनाउन अपेक्षा राखेका छौंः अध्यक्ष पोते श्रेष्ठ

बनेपा । “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नाराका साथ सुरु भएको ६८औं राष्ट्रिय सहकारी दिवस अन्तर्गत आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई सम्बोधन गर्ने क्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोते श्रेष्ठले सहकारी दिवसले सहकार्यलाई प्रगाढ बनाउने बताउनुभएको छ ।
अध्यक्ष श्रेष्ठले सहकारीको जुन उद्देश्य छ, त्यो उद्देश्यलाई अझ गहिराईमा पु¥याउनका लागि आयोजना गरिएका प्रतियोगिताहरु कोसेढुंगा सावित हुनेछन् । जसले भाइचारा संस्थाहरुलाई यो अन्तर सहकारीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु नै हो । जसको सांकेतिक सुरुवात फुटसलबाट भएको छ । सहकारीको इतिहासमा यो नै पहिलो कदम हो । जहाँ २८ वटा सहकारीहरुले एक आपसमा भावना साटेर मनोरञ्जन सँगसँगै भाइचारालाई प्रगाढ बनाउने थलोको रुपमा विकास गर्नेछ भन्ने उद्देश्यका साथ प्रतियोगितामा सहभागी हुनुभएको छ ।


जसले एक सहकारीले अर्काे सहकारीका बारेमा जान्ने, बुझ्ने अवसर पनि पाउनेछ । यस किसिमको मैत्रीपूर्ण गतिविधिहरु पछिल्लो समय हराउँदै गइरहेको अवस्थामा जिल्ला सहकारी संघले पहिलो प्रयासको थालनी गरेको छ । यसले सहकारीको क्षेत्रमा सकारात्मक सन्देश लैजान्छ भन्ने अपेक्षा हामी सहकारी प्रेमीहरुले लिएका छौं ।
६८औं राष्ट्रिय सहकारी दिवस अन्तर्गत १९ गते मैत्रीपूर्ण फुटसल, २० गते वृक्षारोपण, खुल्ला रक्तदान र प्रमाणपत्र वितरण गर्ने योजना सहित कार्यक्रममा सरिक भएको संस्थाका अध्यक्ष श्रेष्ठले भेटका क्रममा बताउनुभएको छ ।
जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटाको कथन छ– जिल्ला सहकारी संघले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गरी कार्यक्रमहरु गर्दै आएको छ । जसको निरन्तरताको अर्काे रुप मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई लिएका छौं । विगतमा सामाजिक दायित्व अन्तर्गत सहकारी संघ संस्थाहरुले आफूलाई समाजप्रति उत्तरदायित्व बनाउन नसकिरहेको अवस्थामा यो समितिले केही सकारात्मक सन्देश छोड्दै आएको छ । जहाँ जिल्ला सहकारी संघ र अन्य आबद्ध सहकारी बिचको आत्मीयतालाई यो अभियानले सामीप्यता कायम गर्छ भन्ने उद्देश्यका साथ हामी कार्यक्रममा सरिक भएका छौं ।


आज चैत २० गते सहकारीहरु देशभर विभिन्न कार्यक्रमहरु गरी मनाउँदै छन् । नेपालमा सहकारीको इतिहास हेर्ने हो भने २०१३ सालमा चितवनमा खोलिएको बखान सहकारी संस्था नै पहिलो सहकारी संस्था भएको तथ्यांकले पुष्टि गरेको छ । सोहि दिनको सम्झनामा सहकारी दिवस मनाउँदै आएको सहकारी अभियान्ता कमलप्रसाद कुईंकेलले बताउनुभएको छ ।
फुटसल प्रतियोगितामा जिल्लाका २८ वटा सहकारीहरुले आफ्नो सहभागिता जनाउँदै प्रतियोगितालाई उल्लासमय बनाइरहेका छन् । प्रतियोगितामा इन्द्रेश्वर साकोसलाई ३–२ ले हराउँदै ज्योति मिर्मिरे साकोस प्रथम भएको छ भने इन्द्रेश्वर साकोसले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । तेस्रो स्थानको लागि खेलमा रोशी साकोसले सामुदायिक साकोसलाई ५–१ को फराकिलो अन्तरमा पराजित गर्दै आफ्नो तेस्रो स्थान सुरक्षित गरेको छ ।