बनेपा । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसर पारेर बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले अब ८२औं राष्ट्रिय सहकारी दिवस भाद्र १ मा मनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
सम्बोधनकै क्रममा प्रमुख शाक्यले सहकारीको शुरुवात बनेपाबाट भएका तथ्याहरु पुष्टि भइसकेकाले आगामी वर्ष ०८२ साल भदौ १ गते बनेपा नगरपालिकाको अगुवाइमा ८२ औं सहकारी दिवस मनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले इतिहासका कयौं दस्तावेज र संसदीय छानविन समितिको प्रतिवेदनमा समेत बनेपामा बिसं. २००० साल भदौमा सहकारी स्थापना भएको दस्तावेज फेला परेकाले सोही अनुसार भदौ १ गते ८२ औं स्थापना दिवस मनाउने बताउनुभयो । बनेपामा रहेका सहकारीमा पनि समस्या देखा परेपछि यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर समन्वय गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले जिल्ला सहकारी संघले नेतृत्वदायी भूमिकामार्फत सहकारीको बृद्धि विकासमा काम गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, सहकारी संघका पूर्व अध्यक्ष दिलीप शर्मा, बागमती प्रदेश सहकारीका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, सहकारी संघ काभ्रेका उपाध्यक्ष शान्ति लामा, सचिव प्रकाश बञ्जाराले सहकारीका बारेमा आफ्नो मन्तव्य राखेका छन् ।
सहकारी दिवसकै अवसर पारी जिल्ला सहकारी संघ काभ्रेको कार्यालय बनेपामा राष्ट्रिय झण्डा र सहकारीको झण्डोत्तोलन, बृक्षारोपण, खुल्ला रक्तदान र फुटसल प्रतियोगिता गर्दै संघले सहकारी दिवस मनाएको हो ।
त्यसैगरी पनौती नगरपालिकाले आफ्नो नगरभित्र रहेका सहकारीहरुलाई गोलबन्द गर्दै शोभा ¥याली सहित कोणसभा गरेको छ । मर्यादित सहकारी, समुन्नत समाज भन्ने नाराका साथ पनौती नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले सहकारीले सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै केहि सहकारीले बदमासी गर्दैमा सबै सहकारीलाई एकै दृष्टिकोणले हेर्न नमिल्ने भनाइ राख्नुभएको छ । बाढी पहिरो लगायतका विपत्तिको समयमा सहकारीले ठूलो सहयोग गरेको समेत सोही कार्यक्रममा बताउनुभएको छ ।
वित्तिय अनुशासन पालना नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय सरकारको तर्फबाट कानुन अनुसार भूमिका खेल्ने प्रमुख भण्डारीले प्रतिवद्धता जनाएका छन् । सहकारी दिवसको अवसरमा जिल्लास्तरीय फुटसल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सहकारीलाई पुरस्कृत गरिएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे साकोस प्रथम, इन्द्रेश्वर साकोस द्वितीय, रोशी साकोस तृतीय र सामुदायिक साकोसले सान्त्वना स्थान हासिल गरेका सहकारीहरुलाई सम्मान गरेको छ । त्यसैगरी सहकारी अभियान्ताको रुपमा उत्कृष्ट योगदान पु¥याएबापत सामुदायिक साकोसका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जारालाई नगद सहित सम्मान गरिएको छ ।
सहकारी स्थापना दिवसकै अवसरमा पशुपंक्षी बिमा बापतको रकमसमेत हस्तान्तरण गरिएको छ भने नगरपालिकाभित्रका विभिन्न सहकारीलाई विधागत रुपमा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा शोभा ¥यालीमा उत्कृष्ट हुने ३ वटा सहकारीलाई समेत पुरस्कृत गरिएको थियो । जसमा विन्धवासिनी साकोस प्रथम भएको छ भने ज्योति मिर्मिरे दोस्रो भएको छ । पनौती–५ को लक्ष्मी महिला साकोस तेस्रो भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, कार्यपालिका सदस्य र वडा अध्यक्षहरु, स्तरीकरणका सञ्चालक समिति सदस्य शान्तकुमार श्रेष्ठ, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्वव सापकोटा, जिल्ला सहकारी संघ काभ्रेका सचिव प्रकाश बञ्जारा, म्यानेजर्स क्लवका अध्यक्ष मदन बस्नेत लगायतका सहकारीका व्यवस्थापक, कर्मचारी सहित सहकारी अभियान्ताको उपस्थिती रहेको थियो ।
आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जाराको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रतिनिधि महेश्वर जंगमले गर्नुभएको हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |