बनेपा । साहित्यिक क्षेत्रमा जुन किसिमको योगदान जनमत वाङ्मय प्रतिष्ठानले पु¥याएको छ, त्यसको जति नै चर्चा गरेपनि अपुग हुने सहभागी मुर्धन्य व्यक्तित्वहरुबाट सार्वजनिक भएको छ ।
कार्यक्रममा दीपा जनमतबाट आकाश अधिकारी तनहुँलाई सम्मान गरिएको छ । त्यस्तै गणेश खिलकुमारी दुवाल जनमत सम्मानबाट किशोर पहाडी, हृदयचन्द्र बरिष्ठ जनमत साधक सम्मानबाट प्राडा बासुदेव त्रिपाठी, तनहुँ, जनमत जनक प्रधान सेवा सम्मानबाट विनोदराज शर्मा भक्तपुर सम्मानित हुनुभएको छ ।
त्यस्तै अन्य सम्मानित हुनेमा केवलपुरे जनमत सम्मानबाट मोमिला जोशी धनकुटा, जनमत महेन्द्रलाल कलाकार सम्मानबाट कालु कुमाले ललितपुर, जनमत राजभाई सहयात्री सम्मानबाट देवीचरण भण्डारी, झापा रहेका छन् । भारती जनमत साहित्यिक पत्रकारिता सम्मानबाट चेतनाथ धमला, ओखलढुंङ्गा, जनमत केदार सुदर्शना बालसाहित्य सम्मानबाट डा ध्रुव घिमिरे, नुवाकोट, जनमत मित्र अनुवाद राष्ट्रिय सम्मानबाट मधुसुदन पाण्डेय, दाङ, जनमत सिचि धर्म, संस्कृति सम्मानबाट ब्रम्हकुमारी लक्ष्मी दिदी बनेपा, जनमत दीपक बैद्य स्वास्थ्य सम्मानबाट डा प्रकाशराज रेग्मी पाल्पा सम्मानित हुनुभएको छ ।
जनमत ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानबाट फूलमान बल, काभ्रे, जनमत पूर्णमाया लुचि समाजसेवा सम्मानबाट पूर्णबहादुर गुरुङ, सुनसरी र कमला सैंजु जनमत सम्मानबाट इल्या भट्टराई काठमाडौं सम्मानित हुनुभएका छन् । यसैगरि कदरपत्रसहित तीन वटा क्षेत्रमा योगदान दिनेहरुलाई पनि सम्मान गरिएको थियो । जसमा शिक्षणसेवातर्फ गोविन्दलाल प्रधानाङ्ग, पत्रकारितातर्फ प्रल्हाद शर्मा हुमागाईं र समाजसेवातर्फ त्रिरत्न रञ्जितकार रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्कृत शिरोमणि तथा लेखक हरिराम जोशी, संस्थाका अध्यक्ष मोहन दुवाललगायतले सम्मान गर्नुभएको छ ।
प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालको सभापतित्वमा शनिबार प्रतिष्ठानले आफ्नो ४१ औ बार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रमबाट यस वर्ष १५ जना ब्यक्तित्वहरुलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दुवालद्वारा सम्बोधनका क्रममा सार्वजनिक गर्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |