च्याल्टी । जितबहादुर वाइबा, सुनीमाया गोले र सानुकान्छा तामाङ वाइबाको घरबाट २४ गते बिहान अन्दाजी ६ः४५ बजेको समयमा विद्युत् सट भई लागेको आगोले भौतिक संरचनाअन्तर्गत २ तले घर ध्वस्त भएको छ ।
बेथानचोक वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाइबाका अनुसार स्थानीयहरुको सुझबुझ र सावधानीका कारण आगलागीको घटनाले उग्र रुप लिन नपाएको बताउनुहुँदै स्थानीयहरुको अथक प्रयासपछि आगोलाई नियन्त्रणमा लिएपनि घर भने पूर्ण रुपमा ध्वस्त हुन पुगेको जानकारी गराउँदै आगलागी पिडितलाई मानवीय संघसंस्था, व्यक्तिबाट सहयोगको याचना समेत गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित जितबहादुर वाइबा, सुनीमाया गोले र सानुकान्छा तामाङ वाइबाको परिवार बसोबास गर्दै आएको २ तले घरको बुइगलमा वायरिङ्ग तार सट भई आगलागी हुँदा घर पूर्ण रुपमा क्षति भएको र घरभित्र रहेको लत्ताकपडा, भाडाकुँडा, अन्नपात र नगद रु. ८० हजार, डेढ तोला सुन, घरको अन्दाजी मूल्य १५ लाख ८० हजार गरी बराबरको क्षति भएको उल्लेख गरेको छ । सम्पूर्ण कागज स–प्रमाणहरु आगजनीमा परी क्षति भएको समेत जानकारी दिँदै सो आगलागीमा मानवीय क्षति भने नभएको प्रहरी चौकी च्याम्राङ्गबेसीले जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |