Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड्न मन्त्रीको जोड

प्रभातफेरी अनलाइन ४२३ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार (११ महिना अघि)
एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण अघि बढाउछौँ : मन्त्री थापा

धुलिखेल/ बागमती प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री किरण थापाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा एक जिल्ला एक पालिका स्वस्थ सहरको अवधारण आगाडि सारिने बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेद्वारा आयोजित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत हरूको लागि आयोजित सबै नीतिमा स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विकराल समस्याको रुपमा रहेको मानवीय मृत्युदरलाई नियन्त्रण गर्नका लागि तीनै तहकार सरकार लागि पर्नुपर्ने बताउनु हुँदै अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने ७० प्रतिशन नसर्ने र ३० सर्ने रोगका कारण मनवको मृत्यु भएको छ । यो नेपालको लागि चूनौतीका विषय हो ।

प्रदेश सरकार यस किसिमका चूनौतीहरूको कटिबद्ध रहेको चर्चा गर्नुहुँदै सामुदायिक विद्यालयलाई स्वास्थ्य सम्बन्धी समस्याहरूबाट उन्मुक्ती दिनका लागि गत भाद्र १ गतेबाट तीन सय छयत्तर जना नर्सहरूलाई विद्यायमा पठाएको जानकारी दिनु भएको छ । यसका लागि वडा तहका जनप्रतिनिधिहरूले अनुगमन गर्नुहुनेछ भन्ने अपेक्षा प्रदेश सरकारले लिएको स्पष्ट पार्दै संघीय संरचना अनुसार जतनालाई दिनुपर्ने सेवा सुविधाहरूका लागि पालिका स्तरीर बजेटले सम्बोधन गर्न नसकिने क्षेत्रमा स्वास्थ्य र शिक्षा पर्ने हुँदा यसतर्फ तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुपर्ने खुलासा गर्नुभएको छ ।

गत असोज १० देखि १३ सम्मको अविरल वर्षाका कारण भएको क्षेतीले काभ्रे जिल्ला अत्यन्तै प्रभावित जिल्लाको रुपमा सूचिकृत भएको छ । जहाँ भौतिक र मानविय रुपमा भएको क्षेती राज्य र आम समुदायको पनि कल्पना बाहिर पुगेको छ । उदाहरणकै रुपमा लिने हो भने बिपि राजमार्ग अन्र्तगत भएको क्षेतीको अनुमानीत अर्थ मन्त्रालयले पेश गरेको बजेटलाई लिने हो भने पनि क्षेती कति भएछ भन्ने आँकलन गर्न सक्ने अवस्था छैन । स्वास्थय संस्थाहरूको अवस्था अझै कहालीलाग्दो छ । जनशक्तिमा त्यस्तै समस्या छ । त्यसैले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जुन विषयवस्तु समेटेर अन्तरक्रियाको आयोजना गरेको छ यो स्थानीय तहका लागि अनुकरणिय पाठका रुपमा लिन आवश्यक छ । काभ्रेका १३ वटै स्थानीय तहले सबै नीतिमा स्वास्थ्यलाई जोडेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु हुनेछ भन्ने अपेक्ष प्रदेश सरकारले लिएको मन्त्री थापाले सम्बोधनका क्रममा बताउनुभएको छ ।

कार्यक्रममा जनप्रतीनिधिहरूको तर्फबाट मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले सक्षम व्यक्तिको हातमा क्षमता अनुसारको जिम्मेवार पुग्यो भने असम्भव भन्ने कुनै कुराहरू हुँदैनन् भन्ने उदाहरणका रुपमा आजका प्रमुख अतिथिबाट हामी जनप्रतिनिधिहरूले सिक्नु पर्ने उद्घोष गर्दै हिजो वडा जनप्रतिनिधि हुँदा आफुले जुन कुशलता पूर्वक जिम्मेवारी पूरा गरेर स्थापित हुनुभएको थियो आज त्यहि दायित्व मन्त्रीका रुपमा पाउनुनै कुशल नेतृत्वको पहिचान भएको चर्चा गर्नुहुँदै मन्त्री थापालाई जसरी वडा अध्यक्ष हुँदा प्रत्येक नागरिकको मन मस्तिष्कमा बस्न सफल हुनुभएको थियो त्यो विरासतमा घुनपुतली नलागोस् भन्ने सुभकामना दिनुहँुदै मन्त्री नेतृत्वकालमा काभ्रेली जनताले स्वास्थ्य र शिक्षाको क्षेत्रमा नयाँ अनुभुती र अनुशरण गर्न लायक कामहरु हुनेछन् भन्ने अपेक्षा राख्नुहुँदै १ सय ३५ वटा वडामा जनताको पहुँच पुग्ने किसिमका स्वास्थ्य संस्थाहरू र दक्ष जनशक्तिको व्यवस्थापन हुनेछ भन्ने अपेक्षा सबै जनप्रतिनिधिहरूले राखेको बताउनुभएको छ । जसरी पूर्वी एसियामा धुलिखेल नगरपालिकाले आफ्नो पहिचान दिन सफल भयो, त्यसैगरी अन्य पालिकाहरूमा पनि त्यस किसिमको आकर्षण भित्रिनका लागि प्रदेश सरकारले महत्वपूर्ण भुमिका निर्वाह गरोस् यहि शुभकामना व्यक्त गर्दछु भन्नुभयो ।

सम्बोधनका क्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राघिनी कक्षपतीले स्वास्थ्य कार्यालयले असोज महिनामा आएको विपत्क क्रममा भएको क्षेती त्यहाँ स्वास्थ्यकर्मीहरूले खेलेको भूमिका र त्यो अवस्थामा महत्वपूर्ण योगदान गर्ने सहयोगी हातहरूका बारेमा मुक्तकण्ठले सम्मान व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि यस किसिमका सहयोगहरू निरन्तर रुपमा प्राप्त हुने अपेक्षा राख्नुभएको छ । त्यसैगरी धुलिखेल नगरका स्वास्थ्य प्रमुख सन्दिप के.सी.ले नगरको स्वास्थ्य अवस्थाका बारेमा बृत्तचित्र सहित दुई वर्षभित्र मधुमेह रोगको विना औषधी उपचार सम्भव छ भन्ने अनुसन्धानका लागि लागि परेको दीर्घकालिन योजना सहित धुलिखेल नगरबाट निस्किएको फोहोरका कारण छिमेकी पालिकाहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै दीर्घकासलन समाधानका लागि भएका गतिविधिका बारेमा सहभागिहरूलाई जानकारी समेत गराइएको छ ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं स्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले काभ्रे जिल्ला लगायत बागमती प्रदेशको स्वास्थ्यको अवस्था चूनौती र समाधानका बारेमा बृत्तिचित्र सहित सहभागिहरुबाट उठाइएका स्वास्थ्य सम्बन्धी जिज्ञासाहरुलाई सम्बोधन गर्दै विषयवस्तु लाई पस्कनु भएको थियो । त्यसको केहि अंश प्रस्तुत गरेका छौं ।

बैठकका विषयवस्तु

— “सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” कार्यान्वयन बारे छलफल गर्ने ।
— “सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०” ले निर्दिष्ट गरेका नीतिगत तथा कार्यक्रमगत व्यवस्थाहरु विषयगत मन्त्रालयहरु तथा स्थानीय तहहरुको स्वीकृत वार्षिक कार्यक्रममा समावेश भए नभएको बारेमा छलफल गर्ने ।
बागमती प्रदेशको स्वास्थ्यको अवस्था
— राष्ट्रिय जनगणना २०७८ मा गरिएको मातृ मृत्यु सर्वेक्षणअनुसार हाल नेपालमा मातृ मुत्युको अनुपात १५१ र बागमती प्रदेशमा ९८ प्रति लाख जीवित जन्म रहेको छ । जसलाई घटाइ दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा ७० प्रति लाख जीवित जन्ममा र्पुयाउने लक्ष्य लिइएको छ ।
— नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार बागमती प्रदेशमा ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युदर २४ प्रति हजार र जन्मेको २८ दिनभित्रका नवशिशुको मृत्युदर १८ प्रति हजार जीवित जन्म रहेकोमा यसलाई घटाई सन् २०३० सम्ममा क्रमशः २५ र १२ प्रति हजार जीवित जन्म र्पुयाउने लक्ष्य लिइएको छ ।
— नेपालमा हाससम्म पनि बालविवाह उच्च रहेको छ । सोही सर्वेक्षणका अनुसार नेपालमा ८ प्रतिशत किशोरीहरुको १५–१९ वर्षको उमेरमा विवाह हुने गरेको छ ।
— बागमती प्रदेशमा १५–१९ वर्षका किशोरीहरुद्वारा हुने जन्म ७८ प्रति हजार रहेको छ । जसलाई सन् २०३० सम्म ३० प्रति हजारसम्म घटाउने लक्ष्य लिइएको छ ।
— यस प्रदेशमा १७.६ प्रतिशत बालबालिकाहरूको उमेर अनुसारको उचाइ र १०.५ प्रतिशत बालबालिकाहरूको उमेरअनुसारको तौल कम रहेको पाइएको छ भने ६–५९ महिनाका बालबालिकाहरूमा रक्त अल्पताको समस्या ४२.५ प्रतिशत रहेको छ ।
— १५–४९ वर्षका प्रजनन् उमेरका २३ प्रतिशत महिलाहरुमा रक्त अल्पताको समस्या रहेको छ ।
— १५–४९ वर्षका प्रजनन् उमेरका २० प्रतिशत महिलाहरुले लैङ्गिक हिंसाको सामना गरिरहेका छन् । जसलाई सन् २०३० सम्म ५ प्रतिशतमा र्पुयाउने लक्ष्य लिइएको छ ।
— ८१ प्रतिशत मानिसहरुमा मात्र खानेपानीको पहुँच पुगेको छ । पाँच वर्ष मुनिका १३० प्रति हजार बालबालिकाहरु झाडापखालाबाट प्रभावित हुने गरेका छन् ।
— नेपालमा १५–४९ वर्षका मानिसहरुमा एच. आई. भी. को संक्रमण दर ०.१२ प्रतिशत रहेको छ भने बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक प्रतिवेदन २०८०÷८१ अनुसार यस प्रदेशमा ६७६९ जना व्यक्तिहरु एच. आई. भी. संक्रमित छन् । सोही प्रतिवेदन अनुसार क्षयरोगका नयाँ बिरामीहरुको दर १५१ प्रति लाख रहेको छ ।
— सन् २०३० सम्म कुष्ठरोग, कालाजार, डेङ्गु रोगको संक्रमण दरलाई शुन्यमा झार्ने लक्ष्य लिइएको छ ।
— ८१ प्रतिशत मानिसहरुमा मात्र खानेपानीको पहुँच पुगेको छ । पाँच वर्ष मुनिका १३० प्रति हजार बालबालिकाहरु झाडापखालाबाट प्रभावित हुने गरेका छन् ।
— नेपाल प्रहरीको स्रोत अनुसार नेपालमा आ. व. २०७९÷८० मा ६९९३ र आ. व. २०८०÷८१ मा ७२२३ व्यक्तिहरुले आत्महत्या गरेका थिए । सोही समयमा बागमती प्रदेशमा १८६५ र १५१० जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जहाँ हामीले प्रत्येक दिन क्रमशः ५ र ४ जना गुमायौं ।
— यस प्रदेशमा सडक दुर्घटनाका कारण आ. व. २०७९÷८० मा यस प्रदेशमा ४९१ जनाको मृत्यु भएको थियो भने आ. व. २०८०÷८१ मा काठमाण्डौं उपत्यका बाहेक २९३ जनाको मृत्यु भएको थियो ।
— समयमा नै रोकथामका उपायहरू अपनाउन सकेको खण्डमा त्यस्ता मृत्युहरूलाई बचाउन सकिन्थ्यो ।
— बाढी, पहिरो तथा महामारीका कारण धेरै मानिसहरु घाइते तथा मृत्यू भएको छ ।
— यी समस्याहरू समाधान गर्न स्वास्थ्यक्षेत्र मात्रैले सक्दैन र अन्य विषयगत क्षेत्रहरूको सहयोग आवश्यक पर्दछ । यसका लागि सम्बन्धित क्षेत्रको नीतिमा नै समावेश गरेमा सामुहिक प्रयासबाट अपेक्षाकृत नतिजाहरू प्राप्त गर्न सकिन्छ ।
— सबै क्षेत्रले आ–आफ्नो नीतिमा स्वास्थ्य पक्ष समावेश गरी कार्यान्वयन गर्नु आवश्यक रहेको देखिन्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0