प्रभातफेरी अनलाइन ३१७ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलबार (१० महिना अघि)
काभ्रे/ साहित्यकार सूर्य लाकोजू नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहियिक कृति का सर्जक हुन । उनले कथा, कविता सिर्जना गरेका छन । मुक्तक , गीत, गजल कोरेका छन । नियात्रा र हाइकुमा रमेका रमेका छन । त्यसो त सांस्कृतिक निबन्ध लेखनमा पनि उनको कलम नदिजस्तै बगिरहेकै छ । हालै साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ , पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी तथा पनौती नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा गरेका थिए ।

सोही कार्यक्रममा पुस्तक लेखनका क्रममा सूचना प्रदान गर्नुहुने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्राडा पुरूषाेत्तमलाेचन श्रेष्ठले संस्कृति नै पहिचान भएकाले त्यसलाई विभिन्न किसिमले संरक्षण गर्नुपर्नेमा जाेड दिए । उनले नेपाल मण्डलकाे इतिहास र संस्कृतिमा पनाैति क्षेत्रकाे विशेष स्थान रहेका बताए । कार्यक्रमका अर्का विशिष्ट अतिथि नगरप्रमुख भण्डारीले पनाैतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि यस्ता पुस्तक उपयोगी हुने र लेखकहरूलाई पनाैतिबारे तथ्यपरक इतिहास लेखनका लागि अनुराेध समेत गरे । कार्यक्रममा निवर्तमान न्याैपानेले पनौतीमा रहेका संस्कृतिलाई जाेगाउनु पर्ने, हराएका संस्कृतिकाे खाेजी गर्नुपर्नेमा जाेड दिँदै पनाैतिकाे सम्पदा जगेर्नाका लागि स्थानीय सरकार साथमा हुनुपर्ने बताए पुस्तकबारे टिप्पणीकार तुयुकाजी ताम्राकारले पुस्तकमा समावेश भएका सम्पदाहरूबारे गहन अध्ययन गरिएको जनाउँदै उक्त पुस्तक पनौतीका लागि स्वस्थानी जतिकै अमूल्य रहेको बताए । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख गीता बन्जाराले पनौतीको चिनारी प्रवर्द्धनमा पनौतीकै स्थानीयकाे सहयाेग जरुरी रहेकाे बताए । पनाैति नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरूषाेत्तम अधिकारीले पनाैतिलाई चिनाउन संस्कृतिकर्मी लाकाेजूले याेगदान पुर्याइ रहेकाे बताए ।
कार्यक्रममा पनाैति नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सविन ताम्राकारले इतिहास र संस्कृतिकाे केन्द्रकाे रूपमा पनाैति रहेकाे उल्लेख गरे । उनले विभिन्न कारणले पनाैति ओझेलमा परेकाे जनाउँदै त्यसकाे उजागरका लागि पुस्तक उपयुक्त रहेकाे बताए । उनले लाकाेजू लिखित उक्त पुस्तक नयाँ पुस्ताका लागि मार्गदर्शक र संस्कृतिलाई जीवन्त बनाउन सहयाेगी हुने जनाउँदै पनाैतिकाे इतिहाससम्बन्धि पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिवद्दता जनाए ।
अक्षरमार्गले प्रकाशन गरेको सो पुस्तक प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाईने जात्रा तथा चाडवादका विषयमा तयार पारिएको छ । पुस्तकलाई विषयवस्तु अनुसार पाँच खण्डमा विभाजन गरिएको जानकारी प्राप्त भएको छ । पनौती नगरको परिचय, इतिहास, जार्त्रा, पर्वहरू, मकुण्डो नाच आदि विषय पुस्तकमा समेटिएका छन । पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रध्दा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभयो । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनु भयो । पुस्तकमा पनौतीको इतिहास , यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |